मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
काठमाडाैं | पुस २७, २०८०
पुस १९ गते भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपाल भ्रमणमा आएकै दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्नपूर्ण पोस्टलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए–
'सत्तामा फर्किने मेरो वैयक्तिक रुचि छैन, किनभने फेरि म टिक्ने खेल, उनीहरूले हटाउने खेल चल्ला । उनीहरूका यहाँ खटाइएका आन्तरिक प्रतिनिधिहरू सक्रिय भइरहलान् । तिनीहरूसँग मैले पञ्जा लडाउने खेल चलिरहला । मभन्दा पछि पनि यो देश बचाउनुपर्छ ।'
कुनै देशको नाम उच्चारण नगरी ओलीले ‘यहाँ खटाइएका प्रतिनिधिहरू’ भनेर भारततर्फ इंगित गरेको बुझ्न कठिन छैन ।
सोही साँझ जयशंकरसँग ओलीको एक ‘औपचारिक’ भेटवार्ता भएको थियो, काठमाडौंको द्वारिकाज होटलमा । पूर्वप्रधानमन्त्रीलाई भेट्ने क्रममा जयशंकरले संसद्को प्रमुख प्रतिपक्षी दलका नेतालाई भेटे । संसद्मा २१ सीटको रास्वपा सभापतिलाई नभेटेका जयशंकरले १० सीट रहेको नेकपा एसका अध्यक्ष माधव नेपाललाई भेटे ।
नेपालको सत्ता राजनीतिमा ओलीले गरेको विश्लेषण नै सही सावित हुने देखिएको छ, तत्कालका लागि ।
एमालेहरूले यो बुझेर नै ‘मिसन २०८४’को कुरा गरेका छन्, कसैले हटाउन नसक्ने गरी एकल बहुमतको सरकार बनाउने भनेर ।
केबल औपचारिकताका लागि भएको त्यो भेट ‘सकारात्मक’ नभएको चर्चा एमाले वृत्तमा छ । ओली–जयशंकरबीच विगतमा तिक्ततापूर्ण भेटवार्ता भएको थियो । २०७२ असोज १ गते भारतीय प्रधानमन्त्रीको विशेष दूत बनेर संविधान जारी गर्ने मिति सार्ने प्रस्ताव गर्न आएका जयशंकरको प्रस्ताव ओलीले सिधै अस्विकार गरेका थिए । त्यतिबेला विदेश सचिव रहेका जयशंकर अहिले भारतको विदेशमन्त्रीको रूपमा मोदीको दाहिने हात हुन् ।
भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नक्सा जारी गर्ने कामको नेतृत्व गरेपछि ओलीसँग भारतको सम्बन्ध सुमधुर छैन । उत्तरतिर नाका खोल्ने काम गरेको र ‘चुच्चे नक्सा’ जारी गरेकै कारण आफूलाई हटाइएको दाबी ओलीले गर्दै आएका छन् । चुच्चे नक्साले समेटेको नेपाली भूमि फिर्ताका लागि ओलीले संसददेखि बाहिर पनि कुरा उठाइरहेका छन् ।
सरकारबाट बाहिर हटेपछि ओलीले राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको कुरा चर्को स्वरमा गरिरहेका छन् । लिपुलेक, लिम्पियाधुरा लगायत भारतले अतिक्रमण गरेको जमिन फिर्ता गर्न भनेर ओलीले उठाइरहेको विषयलाई भारतले सहज रूपमा लिएको देखिन्न ।
२०७९ फागुन १५ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार छाडेपछि नेकपा एमालेले सत्तामा फर्किने प्रयास नगरेको होइन, तर सफल भएको छैन । पछिल्लोपटक राष्ट्रिय सभा निर्वाचनमा पनि माओवादीसँग मिल्न एमालेले प्रयास गरेको थियो तर, सम्भव भएन ।
भारतलाई कम्फरटेबल अहिलेकै गठबन्धन
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले सन् २०२४ को पहिलो विदेश भ्रमणको रूपमा नेपाल रोजे । छोटो नेपाल बसाइका क्रममा राष्ट्रपति–प्रधानमन्त्रीसँगको भेटवार्तादेखि क्रिकेटरसँगको अन्तक्रिया र पशुपतिनाथको दर्शनसम्म गर्न भ्याए ।
भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणका दौरान नेपाल–भारतबीच चारवटा सम्झौता भए । १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्न सक्नेगरी भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौतालाई भारतले उपलब्धि ठानेको छ । प्रचण्ड सरकारमार्फत आफ्ना स्वार्थ पूरा भएको भारतीय पक्षको बुझाइ रहेको ती स्रोतहरू दाबी गर्छन् ।
‘देवनागरी लिपी’मा नमस्ते काठमाडौं लेखेर नेपालमा पाइला टेकेका जयशंकरले नेपाली क्रिकेट टीमका सदस्यसँग भेटेर भारतमा अभ्यास म्याचको निम्तो दिए ।
नोयडामा आफू नै स्वागत गर्न आउने वचन समेत दिन भ्याए । ‘ट्र्याक टु’ कूटनीतिमार्फत जयशंकरले नेपालसँग भारतको सम्बन्ध सुमधुर रहेको संकेत दिन खोजेको कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन् ।
जयशंकरसँग भेट गरेका नेता र विभिन्न राजनीतिक स्रोतसँगको कुराकानीमा वर्तमान सत्ता गठबन्धनलाई भारतले ‘कम्फरटेबल’ महसुस गरेको निष्कर्ष उनीहरूले सुनाए । नेकपा विवाद उत्कर्षमा पुगेका बेला २०७७ फागुमा प्रचण्डले चीन र भारत दुवैलाई ‘कम्फरटेबल’ हुने सरकार आवश्यक रहेको बताएका थिए ।
सत्ता राजनीतिमा प्रचण्डले चर्चामा ल्याएको ‘कम्फरटेबल’ शब्दावली अहिलेसम्म सेलाएको छैन । नेकपा एमालेका नेताहरूले कांग्रेस र माओवादी सम्मिलित गठबन्धनलाई ‘कम्फरटेबल’ भन्दै कटाक्ष गरिरहेका छन् ।
फकाएर काम लिने भारतीय रणनीति
दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओड्ने कुरा तथा दिल्लीलाई नेपाली राजनीतिको मक्का मदिनाको विम्ब नेपालकै नेताले प्रयोग गरेका हुन् ।
नेपालको राजनीतिमा भारतको प्रत्यक्ष चासो र प्रभाव रहने बुझाइ आमनेपालीको छ । बीपी कोइरालाको पालादेखि अहिलेसम्म विभिन्न स्वरूपमा भारतले नेपालको राजनीतिमा हस्तक्षेप गरेको कुरा सुन्ने गरिन्छ ।
तर, भुक्तभोगी राजनीतिज्ञहरूको अनुभवमा २०७२ पछि भारतीय कूटनीतिज्ञले ठाडो हस्तक्षेप छाडेका छन् ।
२०६५ पछि २०७२ सालको कालखण्डमा भारतीय कूटनीतिज्ञहरू चप्पल लगाएरै प्रधानमन्त्रीसँगको औपचारिक भेटमा जाने गरेको भनेर आलोचना भएको थियो । ‘पहिला–पहिला बेडरूममै पस्ने कूटनीतिज्ञहरू अहिले ढोकाबाट नियाल्छन्, कोठाभित्र पस्न हिच्किचाउँछन्,’ राजनीतिक दलका एक शीर्ष नेताले राष्ट्रपति निर्वाचनको बेला पंक्तिकारसँग भनेका थिए ।
विगतमा आफू प्रतिकूल सरकार बने त्यो सरकारलाई अप्ठ्यारोमा पार्ने र हटाउनेसम्म भारतको रणनीति हुन्थ्यो । तर, त्यो रणनीतिमा फेरबदल आएको भारतलाई नजिकबाट नियालेका जानकारहरू बताउँछन् । प्रत्यक्ष हस्तक्षेप गर्ने आफ्नो गलत नीतिका कारण छिमेकी देशहरू चिढिन थालेपछि भारतले फकाउने रणनीति लिएको बुझ्न सकिन्छ ।
भारतीय संस्थापनसँग पहुँच राख्ने पत्रकार प्रशान्त झाले मंगलबार (९ जनवरी)मा एउटा विश्लेषण लेखेका छन्–
दक्षिण एसिया क्षेत्रमा मोदी(अजित डोभाल(एस जयशंकरको त्रिकोणीय दृष्टिकोणले मिश्रित परिणाम दिएको छ । यसले भारतको उपस्थितिलाई बलियो बनाएको छ, परियोजना कार्यान्वयन र हस्तान्तरणमा सुधार गरेको छ, कनेक्टिभीटीको नेतृत्व गरेको छ र भारतले नयाँ लाभ प्राप्त गरेको छ । यसले नेपालको घरेलु राजनीतिमा दिल्लीको भूमिकाबाट ध्यान हटाएर थप ठोस द्विपक्षीय सहयोगको भूमिकामाथि प्रकाश पारेको छ ।
भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणपछि लेखिएको त्यो विश्लेषणमा झाले भारत र अमेरिकाको दबाबका कारण प्रचण्डले ओलीसँगको गठबन्धन तोडेर कांग्रेस सभापति शेरबहादुर देउवासँग गठबन्धन जोडेको भन्ने चर्चाको विषयलाई पनि उल्लेख गरेका छन् ।
भारतमा झन्डै एक दशकदेखि एकछत्र शासन चलाइरहेको भारतीय जनता पार्टीले यसबीचमा नेपालको सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादीका नेतालाई भ्रमणमा बोलाएर पार्टी–पार्टी बीचको सम्बन्ध कायम गर्न खोजेजस्तो देखिएको थियो ।
प्रचण्डले सरकारको नेतृत्व सम्हालेपछि माओवादी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको माओवादी प्रतिनिधिमण्डल भाजपाको कार्यालयमा पुगेको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री रहेको समयमा प्रकाशशरण महत नेतृत्वको कांग्रेस टोली भाजपाको निम्तोमा दिल्ली पुगेको थियो ।
प्रचण्ड स्वयं पनि २०७९ असारमा भाजपाको निमन्त्रणामा दिल्लीमा गएर फर्किएका थिए । समग्र घटनाक्रमले नेपालमा वर्तमान गठबन्धनको निरन्तरता नै भारतको चाहना भएको देखाउँछन् ।
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...