×

NMB BANK
NIC ASIA

विधान सम्मेलनको तयारीमा माओवादी

सत्ताको नेतृत्वकर्ता माओवादीमा उकुसमुकुस– जनार्दनको प्रस्तावले नयाँ तरंग

काठमाडाैं | माघ ४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

विधान सम्मेलन नजिकिँदै जाँदा सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रमा नयाँ तरंग उत्पन्न भएको छ ।

Muktinath Bank

विधान मस्यौदा समितिमा रहेका उपमहासचिव जनार्दन शर्माले विधानमै चुनावबाट नेतृत्व चयन, पार्टीका सबै तहका पदाधिकारीको उमेर र कार्यकाल तोक्नुपर्नेसहितको प्रस्ताव गरेपछि माओवादीभित्र तरंग आएको नेताहरू बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘२०६३ सालबाट मन्त्री हुन थालेको, २० वर्ष भइसक्यो, अझै उपप्रधानमन्त्रीमा समेत उक्लिन सकिएको छैन भन्नेमा धेरै नेता पुगेका छन्, किनकि पार्टीबाट मन्त्री बन्नेको संख्या नै एक सय नाघिसक्यो,’ माओवादीका एक नेताले लोकान्तरसँग भने, ‘त्यसैले नेतृत्वमा पुग्न कति प्रतीक्षा गर्ने भन्ने आभास नेताहरूलाई हुन थालेको देखिन्छ ।’ 


Advertisment
Nabil box
Kumari

विधान मस्यौदा कार्यदलमा रहेका नेता शर्माले पूरक प्रस्ताव नै पेस गरेका छन् । शर्माले सबैका निम्ति ढोका खुला गर्नुपर्ने मत अघि सारेर नेतृत्वमाथि दबाब अगाडि बढाएको एक नेता बताउँछन् । 

Vianet communication
Laxmi Bank

साथै पार्टीको तल्लो तहदेखि केन्द्रसम्मै पदाधिकारी बन्न उमेर र कार्यकाल तोक्नुपर्ने, जनवर्गीय संगठनलाई प्रभावकारी बनाउनुपर्ने, पार्टीले टिकट बाँड्दा तलकै कमिटीलाई सक्रिय बनाउनुपर्नेसहितका सुझाव शर्माले पूरक प्रस्तावमा गरेको एक नेताले जानकारी दिए । 

माओवादीका एक नेता अब सधैं प्रचण्ड नै भइरहनुपर्छ भन्ने धङधङीबाट नेताहरू मुक्त हुन थालेको बताउँछन् । ‘नेतृत्वको चुनाव गर, नयाँलाई अवसर देऊ, उमेरको सीमा तोक भनेर प्रचण्डको मात्रै विरोध गरेको होइन,’ ती नेताले भने, ‘यो भनेको नेताहरूले आफ्नो ठाउँ खोजे भन्ने हो । यो भन्नुको मतलब सधैं प्रचण्ड भइरहनुपर्छ भन्ने होइन, अवसर नपाएका र परीक्षण हुन बाँकीलाई खरो उत्रिन देऊ भन्ने हो ।’ 

नेता गणेश साहले विशेष रूपान्तरणको भावना नै अब माओवादी पुरानो ढर्रामा चल्दैन भन्ने रहेको बताए ।

‘हामी विस्तारै राजनीतिक संक्रमण पार गरेर साँच्चै काम गर्ने दिशातिर उन्मुख भइरहेका छौं । पार्टीले पनि नागरिकका अपेक्षा र आशा के छन् र के गर्न सकिन्छ भनेर बुझ्न विशेष रुपान्तरण अभियान नै गर्‍यो,’ साहले लोकान्तरसँग भने, ‘अब विधान सम्मेलन गरेर पार्टी नयाँ दिशामा हिँड्नुपर्छ । विशेष महाधिवेशनबाट अब नयाँलाई पार्टीमा ल्याउनुपर्छ, अब बुढाखाडालाई विस्तारै हटाउँदै जानुपर्छ भन्ने मत बढी छ ।’

विस्तारै पार्टीको लोकतान्त्रिकरण शुरू नगरे नयाँ दलको चुनौती फेस गर्न कठिनाइ हुने उनको भनाइ छ ।

चारमहिने विशेष रुपान्तरण अभियानपछि सत्ताको नेतृत्व गर्ने माओवादीभित्र सैद्धान्तिक रटान होइन, व्यावहारिक बनेर अगाडि बढ्नुपर्ने दबाब सिर्जना भएको छ । 

अध्यक्ष प्रचण्डले देव गुरुङलाई महासचिव चयन गरेदेखि नै उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुन दुवै असन्तुष्ट रहेका छन् ।

महासचिवका लागि यी दुवै दाबेदार रहेपछि विकल्पमा प्रचण्डले गुरुङलाई रोजेका थिए । तर गुरुङ रोजाइमा परेपछि शर्मा अध्यक्ष प्रचण्डसँग असन्तुष्ट बन्दै आएको नेताहरू बताउँछन् । 

‘जीवन्त पार्टीमा निर्वाचन हुनुपर्छ । नयाँलाई अवसर दिनुपर्छ भन्ने शर्माको मतप्रति धेरैको सहमति छ,’ माओवादीका अर्का एक नेताले भने, ‘एउटै नेता वर्षौंसम्म नेतृत्वमा छाइरहने हो भने हामीले चाहेर पनि नयाँ पार्टीको चुनौती सामना गर्न सक्दैनौं ।’

पार्टी टुटफुटको क्रम र एकीकरणको अभ्यासपछि माओवादीमा  प्रचण्ड नै वर्षौंदेखि अध्यक्षमा निरन्तर सक्रिय छन् । पार्टी प्रणालीमा निर्वाचनभन्दा तदर्थ (टीके) पद्धति निरन्तर चलेपछि माओवादीमा निर्वाचनको बहस बढेको छ । 

विधान सम्मेलनबाट १५३ सदस्यीय कमिटी र निर्वाचनको विषय मुख्य रूपमा उठ्ने माओवादीका एक नेता बताउँछन् । 

विधान सम्मेलन र विशेष महाधिवेशनमा जाने तयारीमा रहेको माओवादीमा नागरिकले प्रत्यक्ष बोध गर्ने गरी नीति र नेतृत्व व्यवहारिक भएर जानुपर्ने मत बलियो बनेको छ ।

अभियानका क्रममा पार्टीलाई सुधारका लागि धेरै सुझाव आएकाले अब विधान सम्मेलन र विशेष महाधिवेशनबाट पार्टीलाई जनतासँग जोड्ने गरी प्रभावकारी बन्नुपर्ने दबाब आएको प्रवक्ता अग्निप्रसाद सापकोटा बताउँछन् ।  

‘हामीले गत स्थायी कमिटीको बैठकबाट आगामी फागुन १ देखि ३ गतेसम्म काठमाडौंमा विधान सम्मेलन गर्ने निर्णय गरेका छौं । त्यसको केही महिनामा नै पार्टी विशेष महाधिवेशनमा जान्छ,’ सापकोटाले लोकान्तरसँग भने, ‘विधानलाई आधुनिकीकरण गरेर अग्रगमन र परिवर्तनका कुरालाई अब स्थापित गर्नुपर्छ भन्ने मत माओवादीमा बलियो बनेर आइरहेको छ ।’

‘हामीले गत स्थायी कमिटीको बैठकबाट आगामी फागुन १ देखि ३ गतेसम्म काठमाडौंमा विधान सम्मेलन गर्ने निर्णय गरेका छौं । त्यसको केही महिनामा नै पार्टी विशेष महाधिवेशनमा जान्छ,’ सापकोटाले लोकान्तरसँग भने, ‘विधानलाई आधुनिकीकरण गरेर अग्रगमन र परिवर्तनका कुरालाई अब स्थापित गर्नुपर्छ भन्ने मत माओवादीमा बलियो बनेर आइरहेको छ ।’

चारमहिने अभियानका क्रममा नागरिकदेखि पार्टी कार्यकर्तासम्मले संविधान र विधानका व्यवस्था साँच्चै कार्यान्वयन होस् भनेर धेरै सुझाव दिएको उनी बताउँछन् । 

‘हामीले संविधानको प्रस्तावनामा नै समाजवादउन्मुख शासन व्यवस्था भनेका छौं । संविधानलाई कार्यान्वयन गर्ने ठाउँमा पुगेका दलहरूको समग्र कार्यदिशा नै परिवर्तन हुनुपर्छ भन्ने मत छ,’ उनले भने । 

राजनीतिक कार्यदिशाअन्तर्गत शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयमा माओवादी अब प्रस्ट भएर अगाडि बढ्ने सापकोटा बताउँछन् । 

‘धेरै नागरिकको चासो शिक्षा, स्वास्थ्य र रोजगारीमा छ । अर्को भनेको न्यायिक सुधार पनि हो,’  सापकोटा भन्छन्, ‘समाजमा सबैलाई समान अवसर दिनुपर्छ । अब विकास समृद्धि दिएर नागरिकलाई आश्वस्त पार्नुपर्छ । यसमा अगाडि बढ्न माओवादीलाई प्रगतिशील र आधुनिक विधान बनाउनुपर्ने चुनौती छ ।’

विधान मस्यौदामा के–के गर्दैछ माओवादी ?

पम्फा भुसाल नेतृत्वको विधान मस्यौदा समितिले पेस गरेको प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरेर माओवादीले पुनः सुझावका लागि पार्टीको तलका कमिटीमा पठाइएको छ । 

मस्यौदामा तल्लो कमिटीको छलफलपछि आगामी माघ २६ देखि २९ गतेसम्म स्थायी कमिटी बैठक आह्वान भएको जानकारी प्रवक्ता सापकोटाले दिए । 

‘समितिले विधानको मस्यौदा बुझाएपछि यसमा हामीले स्थायी कमिटीको बैठकमा प्रारम्भिक छलफल गर्‍यौं । तल्लो कमिटीमा २१ दिनसम्म छलफल गरेपछि माघमा बस्ने स्थायी कमिटीले यसलाई अझै व्यापक बनाउँछ’ सापकोटाले भने, ‘त्यसपछि पार्टीलाई नीति, कार्यक्रम र कार्यदिशा दिन विधान सम्मेलनबाट झन् प्रभावकारी भएर अगाडि बढ्छौं ।’

अब विधान मस्यौदा समितिमा तलैसम्म सुझाव लिने पनि सापकोटाले बताए । 

‘मस्यौदा समितिले मस्यौदा सबैलाई बाँडेको छ । तलैसम्मको सुझाव लिन्छौं । जनताको समेत सुझाव लिएर आगामी स्थायी समितिमा छलफल गरिन्छ । अनि विधान सम्मेलनमा जान्छौं,’ सापकोटाले भने, ‘माओवादीले परिवर्तन र अग्रगमनको नेतृत्व गरेको छ । अब सिंगो राज्यलाई निर्देश गर्ने गरी अगाडि बढ्छौं । जनस्तरबाट छलफल गरेर विधान सम्मेलन गर्ने, नेपाली विशेषता र मौलिकताको विधान बनाएर अगाडि बढ्छौं ।’

माओवादीले जनताको सबै प्रकारका गुनासा र समस्याको सम्बोधन गर्ने, रोजगारी बढाउने,  गरिबी हटाउने, आधारभूत विषयलाई प्राथमिकता राख्ने तयारी गरेको सापकोटा बताउँछन् । 

कम्युनिस्टबीच एकताको कार्ड

गत शनिबार बसेको माओवादीको स्थायी कमिटी बैठकले पार्टी अध्यक्षको नेतृत्वमा एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको थियो । विचार मिल्नेसँग एकता गर्ने र पूर्व माओवादी घटकसँग जोड्ने हिसाबले समिति गठनको अवधारणा ल्याइएको प्रवक्ता सापकोटा बताउँछन् । 

‘जो–जोसँग विचार मिल्छ पार्टी एकीकरण गरेर जाने भन्ने हाम्रो नीति छ । त्यसैले अध्यक्षको नेतृत्वमा एकता संयोजन समिति बनाउने निर्णय भएको हो,’ सापकोटाले भने, ‘एकताका लागि छलफल प्रारम्भ भएको विषयलाई टुंगोमा पुर्‍याउने तयारी छ ।’

पार्टी एकीकरणका क्रममा माओवादी घटकका दल प्राथमिकतामा परे पनि विशेष महाधिवेशन अगाडि पार्टी एकीकरण हुने सम्भावना कम रहेको प्रवक्ता सापकोटा बताउँछन् । 

‘वामपन्थी एकीकरणलाई हामीले प्राथमिकता राखेका छौं,’ उनले भने, ‘तर यस्तो एकता माओवादी घटकका दलबाट शुरू भएर अन्य कम्युनिस्टसँग एकता गरेर टुंगिन सक्छ । तर विधान सम्मेलन र महाधिवेशन अगाडि हुँदैन । केही गरेर एकता भए एकताको महाधिवेशन पनि हुन सक्ने विकल्प छ ।’

एकता भन्दै आए पनि पूर्व घटकसँगै माओवादीले प्रभावकारी रूपमा तालमेलको अभियानलाई अगाडि बढाउन सकेको छैन । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि पटक-पटक प्रयास गर्दा एकतासम्म पुगेको छैन । विप्लव नेतृत्वको नेकपालाई समाजवादी मोर्चामा ल्याए पनि प्रचण्डले ‘विश्वास र अविश्वास’ दुवैको नीति लिएको नेताहरू बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x