×

NMB BANK
NIC ASIA

घैंटेको सहयोगी रहिसकेका ‘सानुभाइ’ले राजधानीमै मच्चाए आतंक, किन देख्दैन प्रहरी ? [भिडियो]

काठमाडाैं | माघ ९, २०८०

NTC
Premier Steels

काठमाडौंमा फेरि गुण्डागर्दी मौलाएको छ, तर प्रहरीले भने नदेखेझैँ गरिरहेको छ । नुवाकोटको ककनी गाउँपालिका–५ का सानुभाइ भनिने युवराज गुरुङले गुण्डागर्दी मच्चाउन थालेका हुन् ।

Muktinath Bank

माघ ५ गते शुक्रवार राति ३ बजेर ३६ मिनेटमा गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङले छायाँ सेन्टरमा रहेको प्ले ब्वाइ क्लबमा एक व्यक्तिलाई मरणासन्न हुने गरी कुटिपट गरेका छन् । तर, प्रहरी त्यसमा मौन छ ।  सार्वजनिक स्थानमा भएको हातपातमा सेक्युरिटी गार्डहरू पनि मौन देखिन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकान्तरलाई प्राप्त भिडियोमा राति पार्किङ स्थलमा सानुभाइसहित ७/८ जनाको समूहले कुटपिट गर्दा त्यहाँ भएका सेक्युरिटी गार्डहरू मौन देखिएका छन् ।


Advertisment
Nabil box
Kumari

प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैँटेका मुख्य सहयोगीका रूपमा रहँदै आएका गुण्डा नाइके सानुभाइले पछिल्लो केही महिनामा ४/५ ठाउँमा आफ्नो गुण्डागर्दी मच्चाएका छन् । उनले असार महिनामा ठमेलको ओम्निया क्लबका सञ्चालकमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । 

Vianet communication

प्रहरी स्रोतलाई मान्ने हो भने अहिले सानुभाइले प्रहरीकै संरक्षणमा गुण्डाराज चलाइरहेका छन् । उनलाई प्रहरीकै केही अधिकारीले आफ्नो गाडीमा राखेर हिँडाउने गरेको आरोप लागेको छ ।

‘अहिले उपत्यकामा केही प्रहरी अधिकारीहरूको सरुवा भएर आएपछि फेरि उसको गुण्डागर्दी अलि बढि भएको छ । अहिले दैनिकजसो ठमेल दरबारमार्गलगायत क्षेत्रका क्लबमा उनीहरूले गुण्डाराज मच्चाउँदै आएका छन्,’ प्रहरीकै एक अधिकारीले लोकान्तरसँग भने ।

२०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई गोली प्रहार गरेको आरोप सानुभाइमाथि छ । उनलाई त्यतिबेला महानगरीय प्रहरी वृत्त महाराजगञ्जले ज्यान मार्ने उद्योगमा पक्राउ गरेको थियो । त्यसबाट छुटिसकेका पछि उनी दरबारमार्ग वृत्तबाट बैकिङ कसूरमा पक्राउ परेका थिए ।

पछि २०७२ सालमा प्रहरीले उनलाई बुलेटप्रुफ ज्याकेटसहित हिँडिरहेको अवस्थामा पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले लोड गरिएको पेस्तोल समेत बरामद गरेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटले हातहतियार तथा खरखजनामा ०७२ पुस २५ गते मुद्दा दायर गरेको थियो । 

उपत्यकाको सुरक्षा हेर्नका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं प्रहरी परिसर र १४ वटा वृत्त हुँदा पनि ५ गते राति भएको घटना बाहिर नआउनुले प्रहरी अधिकारीहरूको संरक्षण पुष्टि हुने एक प्रहरी अधिकारीले बताए ।

‘तपाईं आफैं भन्नुस्, उपत्यका मेट्रो, किलो हुँदै वृत्तहरू हुँदा पनि सार्वजनिक ठाउँमा भएको घटना बाहिर नआउने हुन्छ त ?’ ती अधिकारीले लोकान्तरसँग भने । 

तर, काठमाडौं प्रहरीले भने आफूहरूले कुनै पनि खालका गुण्डागर्दी गर्नेलाई शिर ठाडो पार्न नदिने दाबी गर्दै आएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय (मेट्रो)को कमान्ड सम्हाल्दै गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले कुनै पनि खालका गुन्डाहरूलाई चहलपहल गर्न नदिने बताएका थिए ।

मेट्रोका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीले उपत्यकामा कुनै खालका गुण्डागर्दी  गर्नेलाई नछाड्ने दाबी गरे  । ‘हामीले कुनै पनि खालका गुण्डा नाइकेहरूको शिर ठाडो पार्न दिँदैनौं, त्यस्ता खालको कुनै आएका छन् भने कानूनी दायरामा आउँछन्,’ एसएसपी मैनालीले लोकान्तरसँग भने । उनले माघ ५ गते छायाँ सेन्टरको प्ले ब्वाइ क्लबमा भएको घटनाको विशेष सूचना नभएको बताए । 

तर, काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले छायाँ सेन्टरको प्ले ब्वाइ क्लबमा भएको घटनाको बारेमा जानकारी भएको र अहिले कुटपिट गर्ने समूहको खोजी भइरहेको बताए । ‘हामीलाई जानकारी छ, यसभन्दा अगाडि पनि प्रहरीले पक्राउ गरेको हो, अहिले फरार छ, हामीले खोजी गरेका छौं,’ एसएसपी खत्रीले लोकान्तरसँग भने ।

हेर्नुहोस्, कुटपिटको भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x