×

NMB BANK
NIC ASIA

इमेज सहकारी ठगी प्रकरण

ढोरपाटनका मेयरविरुद्ध डिफ्युजन नोटिस; भारत, बैंकक वा सिंगापुरमा रहेको आशंका

काठमाडाैं | माघ १०, २०८०

NTC
Premier Steels

सहकारी ठगी प्रकरणमा नौ महिनादेखि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएको छ ।

Muktinath Bank

नेपाल प्रहरीले १९५ देशका प्रहरीमार्फत खोजीका लागि भन्दै डिफ्युजन नोटिस जारी गराएको इन्टरपोल नेपाल शाखाका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार मेयर नेपालीका श्रीमान् श्रीमतीविरुद्ध नै डिफ्युजन नोटिस जारी भएको छ  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले उनी भारत, बैंकक (थाइल्यान्ड) वा सिंगापुरमा रहेको आशंका गरेको छ । त्यसैका आधारमा उनको खोजी भइरहेको एक उच्च प्रहरी अधिकृतले लोकान्तरलाई बताए  ।


Advertisment
Nabil box
Kumari

‘भारत, सिंगापुर वा थाइल्यान्डमा रहेको आशंका छ, त्यसैअनुसार खोजी गरिरहेका छौं,’ ती अधिकारीले लोकान्तरसँग भने ।

Vianet communication

२ महिना अगाडि फेसबूक लाइभमा आएर उनले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति बेचेर बचत फिर्ता गर्ने बताएका थिए । तर, उनी अहिलेसम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख एसपी योगेन्द्रकुमार खड्काले लोकान्तरलाई जानकारी दिए । 

त्यति मात्र होइन नगरपालिकामा पनि उनले कसैसँग सम्पर्क नगरेको उपप्रमुख धनबहादुर कायतले बताए । ‘उहाँ अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन,’ कायतले लोकान्तरसँग भने । 

मेयर नेपाली कहाँबाट लाइभ बसेका थिए भन्ने विषयमा बुझ्न सीआईबीले साइबर ब्यूरोलाई अनुरोध गरेको थियो । साइबर ब्यूरोले फेसबूकसँग लाइभ बसेको लोकेसनको विषयमा आधिकारिक जानकारी पनि माग गर्‍यो, तर फेसबूकले व्यक्तिगत विषय भएकाले दिन नमिल्ने भन्दै जवाफ फर्काएको साइबर ब्यूरोका एक अधिकारीले लोकान्तरलाई बताए ।

‘हामीले फेसबूकलाई कारण खुलाएर लोकेसन माग गरेका थियौं, तर व्यक्तिगत विषय भएको भन्दै जवाफ दिएन,’ ती अधिकारीले भने । 

इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक नेपाली १ अर्ब ३१ करोड २८ लाख रूपैयाँ ठगेर फरार भएका थिए । ढोरपाटन नगरपालिकाको मेयर समेत रहेका उनी कार्यालयको कामलाई अस्तव्यस्त पारेर ९ महिनादेखि फरार रहेका हुन् ।

२०८० जेठ ५ गते लामो समयका लागि भन्दै बिदा लिएका उनले उपप्रमुखलाई कार्यबाहक दिएका थिए । ‘केही समयका लागि बाहिर जानुपर्ने भएकाले फर्की नआउँदासम्मका लागि कार्यबाहक सुम्पिएको छु’ भन्ने व्याहोराको उपप्रमुखलाई थमाइएको थियो ।

बचतकर्ताहरू अझै पनि रकम फिर्ता हुने आशामा छन् ।

‘मेयरसाब फरार भएपछि बचतकर्ताहरूले साधरण सभा नै बोलाएर पैसा फिर्ता गर्ने भन्दै लाग्नुभएको छ,’ उपप्रमुख कायतले लोकान्तरसँग भने, ‘उहाँहरूले थप के–के गर्नुभयो भन्ने जानकारी छैन ।’

मेयर नेपालीमाथि १ हजार ५४३ जनाको १ अर्ब ३१ करोड २८ लाख ४९ हजार ४३८ रूपैयाँ ठगी गरेको आरोप छ । प्रहरीले सञ्चालक समितिका सदस्य चित्रबहादुर भण्डारी, सहकारीको मुख्य कार्यालय बागलुङका लेखा प्रमुख लालमणि रोका र प्रबन्ध निर्देशक शक्ति किसानलाई जेठ ३२ गते पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको छ । 

देवकुमार नेपालीले विनाधितो मौखिक आधारमा नै ऋण दिने गरेका थिए । प्रहरीले पक्राउ गरेपछि लेखा प्रमुख रोकाले विनाधितो ऋण प्रवाह गर्ने गरेको बताएका छन् । 

‘संस्थाका अध्यक्ष देवकुमार नेपालीको मौखिक आदेशमा कुनै घितो नराखी ऋण प्रवाह गर्दै आइरहेको छु,’ रोकाले बयानमा भनेका छन् । 

उनले बयानमा १० लाखभन्दा माथिका बचतकर्ताको विवरण सिस्टममा नराखेर सहकारीको खातामा टिपोट गर्ने गरेको बताएका छन् । १० लाखभन्दा माथिको रकमलाई खराब कर्जासँग मिलाएर देखाउने गरेको उनको बयान छ । ठूलो रकमलाई सिस्टममा नदेखाएर ठगी गर्ने गरेको पाइएको प्रहरी अधिकारीहरू बताउँछन् । प्रबन्ध निर्देशक शक्ति किसानले पनि १० लाखभन्दा माथिको रकमलाई सिस्टम नदेखाउने गरेको बयानका क्रममा स्वीकारेका छन् ।

रोकाले बयानमा ३० करोडको जमिन भएको झुटो विवरण वासलातमा देखाएको बताएका छन् । आफ्नो सहकारीमा समस्या आएपछि जेठ २ गते राति सवा २ बजे देवकुमार नेपाली, ओमकुमार नेपाली र डोरबहादुर परियारले ३ वटा ब्यागमा फाइल बोकेर फरार भएको लेखा प्रमुखको बयान छ ।

प्रबन्ध निर्देशक किसानले ३० करोडको सम्पत्ति भनेर देखाएको भवन संस्थाको नाममा नरहेको बयान दिएका छन् । उनले पनि देवकुमार नेपालीको मौखिक आदेशमा विनाधितो ऋण प्रवाह गर्दै आएको बताएका छन् । 

सहकारी ऐनमा सञ्चालकले आफ्ना सदस्यहरूलाई मात्रै ऋण प्रवाह गर्न र बचत गर्न पाउने कानूनी व्यवस्था छ । तर, इमेज बचत तथा ऋण सहकारीले ७८ करोड ६९ लाख ५८ हजार बचतमध्ये ७० करोड ५० लाख ५० हजार रूपैयाँ गैरसदस्यबाट बचत असुल गरको जिल्ला प्रहरी कार्यालय बागलुङको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

जिल्ला अदालतमा बुझाएको प्रतिवेदनअनुसार १० लाखभन्दा माथिको बचत रकमलाई कृत्रिम खाता बनाएर बचतकर्तालाई देखाउने गरेका थिए । 

उनीहरूले ‘जनरल इमेज ००८०७९’ खाता नम्बर राखेर कारोबार गर्ने गरेका थिए । त्यसलाई आफ्नै समितिका सचिव सुनिल नेपालीको नाममा ल्याएर अपचलन गर्ने गरेको अदालतमा पेस गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

उनीहरूले कृत्रिम बचत खातामा ६५ करोड २७ लाख ५० हजार रूपैयाँ हिनामिना गरेको देखिन्छ । उनीहरूले १० लाखभन्दा माथि बचत गर्ने व्यक्तिलाई १६ प्रतिशत व्याजको प्रलोभन दिने गरेका थिए । 

प्रतिवेदनमा १ करोड ९२ लाख ७६ हजार राजस्व छलि गरेका छन् । ३ करोड ३९ लाख ५६ रूपैयाँ सदस्यहरूको पैसा ऋणात्मक देखाएर ठगी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

सहकारी बैंकबाट लिएको ऋणमा दायित्व कम देखाएर १ करोड ११ लाख ६९ हजार, कृत्रिम रूपमा व्याजबापत बढाएको रकम १ करोड ९२ लाख ७६ हजार, समष्टिगत वित्तीय नगद खातामा हुनुपर्ने ४ करोड ८१ लाख ५४ हजार, बैंक मौज्दात वासलातमा देखाएको तर वास्तविक खातामा नभएको ४ करोड ९९ लाख ८० हजारलगायत विभिन्न किसिमबाट ठगी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

सरकारी वकिलको कार्यालयले अदालतमा दर्ताको अभियोजनमा जनप्रतिनिधिले अकुत र अवैधरूपमा सम्पत्ति आर्जन गरेकाले सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत र अख्तियारलाई कारबाही गर्न समेत सिफारिश गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x