×

NMB BANK
NIC ASIA

संगीतमा जमेका साधक

सुदीप सागर: सुपरहिट गीतका संगीत संयोजक

'सकम्बरी'लाई करिअरको 'टर्निङ पोइन्ट' मान्छु

काठमाडाैं | माघ १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

९ महिनाअघि सार्वजनिक प्रकाश सपूतको गीत ‘सकम्बरी’ निकै चल्यो । चर्चाकै खातिर यसले वर्ष २०२३ मा युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतको ‘रेकर्ड’ बनायो । वर्षदिन नपुग्दै ५ करोड ६० लाख हेरिएको यो ‘ब्लकबस्टर’ गीतका संगीत संयोजक हुन् सुदीप सागर । मीठो, सुहाउँदो संगीत संयोजन गर्ने उनी ‘सकम्बरी’पछि प्रकाशका हरेक सिर्जनाका अभिन्न अंग बनिरहेका छन् । 

Muktinath Bank

‘दमाई महाराज’, ‘जाले रुमाल फाट्यो’देखि ‘मुटु कटक्कै’सम्मका गीतमा सुदीपकै संगीत–संयोजन छ । यी सबै गीतले युटयुबमा लोभलाग्दो भ्युज पाएका छन् । सुदीपले सांगीतिक क्षेत्रमा करिअर सुरु गरेको डेढ दशक भइसकेको छ । उनले १२ सय हाराहारी गीतमा काम गरिसकेका छन् । यसअघि पनि उनी जोडिएका थुप्रै गीतहरू रुचाइएका छन् । यद्यपि, उनको काम सांगीतिक क्षेत्रमा नोटिस भएको भने धेरै भएको छैन । उनी पछिल्लो वर्ष आफ्नो करिअरका लागि एकदमै राम्रो भएको समीक्षा गर्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘मेहनत त सधैं नै हुन्थ्यो । तर, मेहनतलाई धेरैमा चिनाउने काम ‘सकम्बरी’ले गर्‍यो । उक्त गीतलाई करिअरकै टर्निङ पोइन्ट भन्छु । त्यसपछिका प्रायः गीत राम्रो भए ।’ पछिल्लो वर्ष उनले प्रकाशसँग सहकार्य गरेका मात्र होइन, अन्य गीतले पनि मिलियन बढी भ्युज पाइरहेका छन् । ​​


Advertisment
Nabil box
Kumari

यतिबेला सांगीतिक क्षेत्रमा धेरैको नजरमा परेका सुदीपले यहाँसम्म आउन भने निकै संघर्ष गरेका छन् । अर्घाखाँचीमा जन्मिएका र हुर्किएका उनमा सानैदेखि संगीतप्रति रुचि थियो । 

Vianet communication
Laxmi Bank

कला क्षेत्रमा धेरैको चाहना पर्दाअगाडि आउने हुन्छ । गायक, गायिका, मोडल हुनुपर्छ भन्ने सपना बोक्नेहरू बढी हुन्छन् । उनलाई भने सानैदेखि गीतको संगीतले तान्थ्यो । गीतमा विभिन्न संगीतहरू कसरी बज्छन् होला भन्ने जिज्ञासा लाग्थ्यो । आफूलाई संगीतमा लाग्न अंकल बसन्त श्रीसागरको प्रेरणा रहेको उनी बताउँछन् । 

‘अंकलले लखनउमा क्यासिकल म्युजिक सिक्नुभएको थियो । गीत पनि पहिल्यै रेकर्डिङ गरिसक्नुभएको थियो । लखनउबाटै हार्मोनियम, किबोर्ड, गीतार, तबला ल्याउनुहुन्थ्यो । मैले सानैबाट ती बाजाहरू बजाउन सिकिसकेको थिएँ’ सुदीप बाल्यकालमा फर्किन्छन् । 

सांगीतिक क्षेत्रमै होमिने सोँचले उनी एसएसली सकेपछि काठमाडौं आएका थिए, डेढ दशकअघि । त्यतिबेला संगीत संयोजन सिक्न अहिलेजस्तो सहज थिएन । उनी संगीतकार बि.बि. अनुरागीको प्रिज्म रेकर्डिङ स्टुडियो पुगेर सल्लाह–सुझाव लिए । संगीत सिक्नुपर्ने रहेछ भन्ने महसुस गरे । ‘गुरु कैलाश राई र गुरुदेव कामतकोमा पुगेर ‘संगीत’ सिकेँ । सुरुवाती दिनमा उनलाई काम पाउनै गाह्रो भयो । कसैले अवसर दिए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । ‘सुरुमा विजय सुनामको गीत एरेन्ज गरेको थिए । त्यसपछि क्रमश केही गीतहरू एरेन्ज गरेँ । सुरुवाती चरणमा चलेको गीत चाहिँ कृष्ण रेउलेको ‘आज गाउँमा बिजुली’ भन्ने हो,’ उनले करिअरको सुरुवाती दिन सम्झिए । 

‘आज गाउँमा बिजुली’ गीत ७ वर्षअगाडि सार्वजनिक भएको थियो । त्यसयता उनले थुप्रै गीतको संगीत संयोजन गरेका छन् । पछिल्लो समय लोकदोहोरी गीतमा व्यस्त सुदीपले सुरुवाती दिनमा थुप्रै आधुनिक गीतमा काम गरेको बताउँछन् । उनले फिल्मी गीतमा समेत संगीत संयोजकको भूमिका निर्वाह गरिसकेका छन् । 

मेलिना राईको ‘ओए साइँली’ रामजी खाँण र विष्णु माझीको ‘पानको पत्ता’, राजु परियार र आयुष्मा गौतमलगायतको ‘फूली नाकैमा’, राजु परियार, अर्जुन सापकोटा र कमला घिमिरेलगायतको ‘फुल्यो गुराँस’ जस्ता गीतहरू सुदीपको संगीत संयोजन रहेका केही वर्ष अगाडिका हिट गीतहरू हुन् । 

पछिल्लो समय प्रकाशका सिर्जनाबाहेक बद्री पंगेनीको ‘दुई पाइला’, अर्जुन सापकोटाको ‘बैनैज्यु’ लगायतका गीतहरू पनि सुदीपको संगीत संयोजन रहेका चर्चित गीतमा पर्छन् । 

कुनै समय महिनामा २०/२५ वटा गीतको संगीत संयोजन गर्ने उनी पछिल्लो समय त्यो संख्या घटाएका छन् । हतार नगरी काम गर्ने र सबै गीतमा आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास रहने उनी सुनाउँछन् । 

उनी गीतको भाव बुझेर संगीत संयोजन गर्छन् । त्यसरी काम गर्दा यति उति समय लाग्छ भन्ने हुँदैन । ‘गीतको भाव बुझेर फिलमा काम गर्नुपर्ने हुँदा कति समय लाग्छ भन्ने कुरा मुडमा भर पर्छ । काम छिटो गरौं, सकिहालौं भन्ने हुँदैन,’ उनले भने, ‘बरु समय लागोस्, राम्रो काम आओस् भन्ने लाग्छ ।’ 

उनी आफूले संगीत संयोजन गरेका प्रायः गीतको रेकर्डिङमा समेत बस्ने गर्छन् । पछिल्लो समय आफूले गरेका कामबाट उनी एकदमै सन्तुष्ट छन् । आउँदा दिनमा पनि फरक खालका सिर्जनाहरूमा काम गर्ने चाहना उनमा छ । 

‘अहिले संगीत बजार सुस्ताएको छ । समग्रमा काम कम भएको छ । तर, मेरो सन्दर्भमा जति काम पाएको छु, एकदमै सन्तुष्ट छु,’ उनले भने । उनी अहिले पनि आफू संगीतको विद्यार्थी रहेको र आउँदा दिनमा अध्ययन गर्दै, सिक्दै अगाडि बढ्ने बताउँछन् ।

आफ्नो सानैदेखिको रहरको क्षेत्रमा आउँदै गर्दा उनलाई बुवाआमाले सधैँभरि साथ र हौसला दिए । अहिले आफ्नो कामबाट बुवाआमा खुशी रहेको सुदीप बताउँछन् । 

श्रीमती बिन्दु परियारको साथमा सुदीप ।

उनले एक दशकअघि गायिका बिन्दु परियारसँग विवाह गरे । बिन्दु नेपालकी चर्चित गायिका हुन्, जसका ‘पर्ख पर्ख मायालु’, ‘पहिलो नम्बरमा’, ‘घरबार’जस्ता गीतहरू निकै रुचाइएका छन् । सुदीप र बिन्दुको भेट एक रेकर्डिङ स्टुडियोमा भएको थियो । विस्तारै उनीहरू नजिक हुँदै गए । र, दुवैको पारिवारको सल्लाहमै विवाह गरे । अहिले यो जोडीको एक छोरा ५ वर्षका भइसकेका छन् । सुदीपले आफू यहाँसम्म आउनुमा श्रीमतीको पनि ठूलो साथ रहेको बताए । 

यी दुईले केही गीतमा सहकार्यसमेत गरेका छन् । अहिले पनि बिन्दुको रचना र स्वर, आफ्नो संगीत संयोजनमा एउटा गीतको काम भइरहेको सुदीपले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x