×

NMB BANK
NIC ASIA

बाँसबारी छाला जुत्ताको जग्गा हिनामिना प्रकरण

प्रहरी पुगेपछि फोन घुमाउन थाले अरुण चौधरी, नुहाउन र पूजा गर्न भन्दै कुराए

काठमाडाैं | माघ १८, २०८०

NTC
Premier Steels

काठमाडौंको बाँसबारीस्थित छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ गर्न सीआईबी टोली लाजिम्पाटस्थित निवासमा पुग्दा व्यवसायी अरुण चौधरी आराम गरेर बसिरहेका थिए ।

Muktinath Bank

करिब मध्याह्न १२ बजे पुगेको प्रहरी टोलीले पक्राउ गर्न आएको बताएपछि उनी सँगै जान आनाकानी गर्न थाले । आफू कतै नजाने भन्दै यताउती फोन घुमाउन खोजे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको गतिविधि देखेर डीएसपी धर्म भण्डारी कड्किए । 'तपाईं यत्तिकै जान मान्नुहुन्न भने हामीसँग अरू तरिका पनि छन् ।'


Advertisment
Nabil box
Kumari

यति भन्दा भन्दै उनले २/३ ठाउँमा फोन लगाउन भ्यए । 'उनले २/३ पटक फोनमा कुरा गरे, अर्को २/३ ठाउँबाट फोन उठेन,' स्रोतले भन्यो ।

Vianet communication

त्यसपछि चौधरीले आफूलाई नुहाउन दिन आग्रह गरे । सीआईबीको टोली नुहाउन मञ्जुरी दियो ।

नुहाएर आएपछि पूजापाठ गर्न थाले । सीआईबी टोलीको नेतृत्व गरेका भण्डारीले छिटो गर्न आग्रह गरे । त्यसपछि परिवारका अर्का एक सदस्यले 'पूजा गर्न दिनुहोस्' भनेको प्रहरी स्रोतले लोकान्तरसँग बतायो ।

चौधरीले पूजा सके । उनले सीआईबीको टोलीलाई करिब ४५ मिनेट कुराएका थिए । पूजा सकेपछि उनले आफ्नै गाडीमा जाने अड्डी लिन थाले ।

केहीबेरको भनाभनपछि डीएसपी भण्डारी चौधरीलाई उनकै गाडीमा लैजान तयार भए ।

बिहीवार चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख समेत रहेका व्यापारिक साझेदार अजितनारायण सिंह थापा पक्राउ परेका हुन् ।

सीआईबीले प्रहरीले बत्तिसपुतलीबाट बिहीवारै पक्राउ गरेको हो ।

पक्राउ परेका अरुण चौधरी ग्रुपका सदस्य हुन् । चौधरीलगायतको समूहले बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हडपेर आफ्नो नाममा ल्याएका थिए ।

प्रहरीले यस विषयमा छानबिन शुरू गरेको थाहा पाएपछि उनी विदेश बस्दै आएका थिए ।

उनीहरूलाई अहिले सीआईबीको हिरासतमा राखिएको छ ।

चौधरीको समूहले कागजात मिलाएर बाँसबारीको १० रोपनी जग्गा हडपेका थिए ।

पक्राउबाट जोगाउन चौधरी ग्रुपले राजनीतिक दबाब समेत सिर्जना गरेको स्रोतको दाबी छ ।

तर, सरकारी जग्गा हडप्नेलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने भन्दै गृहमन्त्री श्रेष्ठले चौधरीलाई पक्राउ गर्न निर्देशन दिएको स्रोतले बतायो ।

‘सरकारी जग्गा हडप्नेलाई जहाँबाट भए पनि पक्राउ गर्नू भन्ने गृहमन्त्रीको निर्देशनपछि चौधरीलाई पक्राउ गरिएको हो,’ प्रहरी स्रोतले भन्यो ।

राजतन्त्रको समयमा दरबारसँग निकट चौधरी समूहले राजनीतिक दल र सरकारी कर्मचारीसँगको मिलेमतोमा सरकारी जग्गा हडप्दै आएको थियो ।

यस क्षेत्रमा विनोद चौधरीले समेत २ हजार कित्ता जग्गा हडपेको खुलासा भएको छ । सीआईबीले उनलाई समेत खोजिरहेको प्रहरी उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x