×

NMB BANK
NIC ASIA

सुरभि साहित्य प्रतिष्ठानद्वारा स्रष्टाहरू सम्मानित

काठमाडाैं | माघ २०, २०८०

NTC
Premier Steels

साहित्यका विभिन्न विधामा विशिष्ट योगदान गरेका स्रष्टाहरूलाई अभिनन्दन, सम्मान तथा पुरस्कार अर्पण गरिएको छ । 

Muktinath Bank

शनिवार आयोजित एक कार्यक्रमका बिच सुरभि साहित्य प्रतिष्ठानले स्रष्टाहरूलाई अभिनन्दन, सम्मान तथा पुरस्कार अर्पण गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 प्रतिष्ठानका अध्यक्ष वरिष्ठ आख्यानकार बाजुराम पौडेलले सभापतित्व गरेको कार्यक्रममा नेपाली वाङ्मयमा योगदान पुर्‍याएबापत प्रा डा ऋषिराम पोखरेललाई अभिनन्दन गरिएको छ । 


Advertisment
Nabil box
Kumari

यस्तै नेपाली आख्यान शिरोमणि रमेश विकलमाथि अन्वेषण, विश्लेषण र समालोचना गरेकोमा वरिष्ठ साहित्यकार  गोपी मैनाली तथा हास्यसम्राट भैरव अर्यालका कृतिहरूको समग्र मूल्याङ्कन तथा विश्लेषणका लागि वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीलाई सम्मान अर्पण गरिएको छ । 

Vianet communication

null साथै विभिन्न विधामा विशिष्ट योगदान गर्ने स्रष्टाहरू वरिष्ठ कथाकार एवम् समालोचक प्रा डा गोविन्दराज भट्टराई, वरिष्ठ निबन्धकार प्रा डा माधव पोखरेल, वरिष्ठ कथाकार ध्रुव सापकोटा, वरिष्ठ कथाकार महेश प्रसाईँ, वरिष्ठ लघुकथाकार इन्द्रकुमार श्रेष्ठ सरित र  वरिष्ठ महिला हस्ताक्षर ललिता दोषी एवम् वरिष्ठ साहित्यकार लीलाराज दाहाललाई पुरस्कृत गरिएको छ । 

कार्यक्रममा अभिनन्दित, सम्मानित तथा पुरस्कृत व्यक्तिको व्यक्तित्व तथा कृतित्वमाथि वरिष्ठ समालोचक युवराज मैनालीले प्रकाश पार्दै विशिष्ट साधकलाई सम्मान गर्दा सम्मानित व्यक्तिहरूमाथि न्याय गरिनुको साथै सुरभि साहित्य प्रतिष्ठानको गरिमा पनि बढेको कुरा उल्लेख गरे । 

यससैगरी गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले रमेश विकल तथा भैरव अर्यालको साहित्य भूमिमा उदाहरणीय काम गर्दै आएको र आउने दिनहरुमा पनि नगरमा रहेका सात वटै प्रतिष्ठानहरूलाई साहित्य सेवाका लागि सहयोग गर्दै जाने बताए । उनले  छिटै राष्ट्रव्यापी साहित्य सम्मेलन गर्ने घोषणा पनि गरे । 

सुरभि साहित्य प्रतिष्ठानका संरक्षक वरिष्ठ साहित्यकार विजय चालिसेले सम्मानित एवम् पुरस्कृत स्रष्टाहरूको योगदानमाथि छोटो प्रकाश पार्दै आफूले वाङ्मय पुरस्कार स्थापनार्थ अक्षय कोष स्थापना गर्न आफ्ना तर्फबाट रु ७ लाख सुरभि साहित्य प्रतिष्ठानलाई प्रदान गरेको बताए । 

null

 कार्यक्रममा अभिनन्दित प्रा डा ऋषिराम पोखरेल, सम्मानित गोपी मैनाली, प्रा डा माधव पोखरेल, प्रतिष्ठानका संरक्षक गोविन्द घिमिरे बेदमणिले पनि आ–आफ्नो धारणा राखेका थिए । 

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले यस प्रकारको पवित्र सेवा गर्न पाएकोमा प्रतिष्ठान गौरव महसुस गर्छ भन्दै अभिनन्दित, सम्मानित र पुरस्कृत वरिष्ठ स्रष्टाहरूलाई शुभकामना दिए । 

प्रतिष्ठानका सचिव साहित्यकार अच्युत घिमिरेले सञ्चालन गर्नु भएको कार्यक्रममा वरिष्ठ साहित्यकारहरू नरेन्द्रराज पौडेल, कलानिधि दाहाल, हरिभक्त सिग्देल, वसन्त रिजाल, रामबहादुर पहाडी, मुना खनाल, रामकुमार पण्डित क्षेत्री, मेनुका पोखरेल, माधव दाहाल, रेशमबहावुर पाण्डे लगायत करिब दुई सय भन्दा बढी साहित्यकार र साहित्य प्रेमीको उपस्थिति थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x