×

NMB BANK
NIC ASIA

विराटनगरमा १०० शय्याको क्यान्सर अस्पताल सञ्चालन, डा. कोइरालाले गरे उद्‌घाटन

विराटनगर | माघ २१, २०८०

NTC
Premier Steels

विराट मेडिकल कलेज शिक्षण अस्पतालले चार सय करोडको लगानीमा क्यान्सर अस्पताल सञ्चालनमा ल्याएको हो ।

Muktinath Bank

क्यान्सर दिवसको अवसर पारेर नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उक्त क्यान्सर इन्स्टिच्युटको उद्घाटन गरेका हुन् । २५ बिगाहा क्षेत्रफलमा फैलिएको विराट मेडिकल कलेजमा १२ सय शय्या छन् । जस अन्तर्गत आइसीयु मात्र १ सय ५० रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१२ सय शय्या मध्ये १ सय शय्या क्यान्सर रोग विभागको लागि छुट्याएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

आवश्यकताअनुसार थप विस्तार गर्दै अगाडि बढाउने उनले बताए ।

Vianet communication

क्यान्सरको उपचार तथा शल्यक्रियामा सहयोग पुर्‍याउने उद्देश्यका साथ आधुनिक प्रविधिको रेडिएसन पद्धतिद्वारा क्यान्सर रोगको उपचार विधि शुरू गरिएको अस्पताल प्रशासनले जनाएको छ । 

क्यान्सर इन्स्टिच्युट कोशी प्रदेशसहित अन्य प्रदेश, भारतको बिहारदेखि पश्चिम बंगालसम्मका बिरामीलाई लक्षित गरेर अस्पताल सञ्चालानमा ल्याइएको हो ।​

null

रेडिएसन थेरापी, मेडिकल अंकोलोजी, किमो थेरापी टार्गेट थेरापी, इम्युनो थेरापी, हर्माेनल थेरापी, सर्किजल अंकोलोजी (महिला, पुरुष तथा बालबालिका), रेडियो–डाइग्नोसिस, इन्टरभेन्सनलरेडियोलोजी,स्टेरियोट्याक्टीक म्यामोग्राफी, प्रिभेन्टीभ अन्कोलोजी सेवा छन् ।​

यसैगरी, प्रिभेन्टीभ अंकोलोजी, प्यालिएटीभ केयर, प्याथोलोजी विभाग, आहार तथा पोषणविद्‌द्वारा परामर्श, मनोविद्‌द्वारा परामर्शलगायतका सेवा रहेका छन् ।

क्यान्सर उपचारका लागि नेपाल सरकारद्वारा उपलब्ध उपचार सुविधाबाट पनि अस्पतालमा उपचार हुनेछ ।

अस्पतालले क्यान्सरको उपचारको लागि एक सय करोड बढीको लेटेष्ट उपकरण मात्रै ल्याएको कार्कीले बताए । 

null

अस्पतालमा स्त्री क्यान्सर रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्की, डा. मोना प्रियदर्शी, मेडिकल अंकोलोजिष्ट डा. सुलभ सापकोटा, क्यान्सर शल्य चिकित्सक (अंको सर्जन) डा. शिवराम शर्मा, डा. धुव्र नारायण साह, डा. नरेन्द्र पण्डित, पेडियाट्रिक अंकोलोजिष्ट डा. सुवास मेहता, पेडियाट्रिक अंको सर्जन डा. हिरामणि पाठक, क्लिनिकल अंकोलोजिष्टद्वय डा. अस्मिता रायमाझी, डा. विवेक घोष,  अंको रेडियोलोजिष्ट डा. नेत्र विक्रम शाह, डा. भानु प्रताप शाहलगायतका चिकित्सकका टिमले सेवा प्रदान गर्दै आइरहेको छ । 

क्यान्सर विभागमा एक दर्जन दक्ष चिकित्सक रहेका छन् । टिममा सुपरस्पेसियालिटी हासिल गरेका चिकित्सकहरू समेत छन् ।

क्यान्सरको उपचार चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी मात्र एक सय जना कार्यरत रहने अस्पतालले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x