×

NMB BANK
NIC ASIA

पूर्वप्रधानमन्त्रीको साहित्यकारको हैसियतमा नागरिक अभिनन्दन

'साहित्यकार' चन्दको राजनीतिक यात्राः उपप्रधानपञ्चदेखि चारपटक प्रधानमन्त्रीसम्म

राजनीति र साहित्य सँगसँगै, व्यवसायमा पनि सफल

धनगढी | फागुन ५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

लोकेन्द्रबहादुर चन्दको जन्म राजधानी काठमाडौंदेखि धेरै टाढा भएको थियो । त्यो ठाउँ थियो बैतडीको सुर्नया गाउँपालिका वडा नंम्बर– २ कुरकुट्या । चन्द आजभन्दा करिब ८४ वर्षअघि अर्थात विसं १९९६ फागुन ३ गते (१५ फेब्रुअरी सन् १९४०)मा जन्मिएका थिए । त्यतिबेला राज्यले मूलधारबाट टाढा रहेको ठाउँमा जन्मिएका उनी चारपटक नेपालको प्रधानमन्त्री बन्न सफल भए । त्यो पनि पञ्चायतदेखि प्रजातन्त्रकालसम्म । उनी राजनीतिसँगै साहित्य पनि उनी जम्न सफल भए । चन्दका बुवा महावीर र आमा लक्ष्मी कृषि पेशामै आबद्ध थिए । उनन्ले भने राजनीतिको कठिन बाटो रोजेका हुन् ।  

Muktinath Bank

लामो समय राजनीति र साहित्यमा सक्रिय उनै चन्द अहिले भने आराम गरिरहेका छन् । उमेरले साढे आठ दशक पुग्न लागेपछि उनले सक्रिय जीवनबाट विश्रामको लिने आवश्यकता महसुस गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

बैतडी स्थायी घर भए पनि अहिले चन्द मध्यपुरठिमी–१ लोकन्थली, भक्तपुरमा बसोबास गर्छन् । उनका सुभद्रा र दिवेश्वरी गरी दुईवटी श्रीमती छन् । जसबाट चार छोरा र तीन छोरीको जन्म भयो । 

Vianet communication
Laxmi Bank

चन्दले घरमै प्राथमिक शिक्षा लिएपछि सन् १९५५ मा भारतको पिथौरागढबाट हाई स्कूल (माध्यमिक तह) उतीर्ण गरे । यसपछि सन् १९५९ मा काठमाडौंको त्रिचन्द्र कलेजबाट स्नातक तह (बीए) उत्तीर्ण गरेका थिए । 

यस्तै चन्दसँग सन् १९६३ मा भारतकै नैनीतालको डीएसबी कलेजबाट बीए तथा सन् १९६६ मा डीएभी कलेज देहरादुनबाट एलएलबी उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र पनि चन्दसँग छन् । विद्यालय र प्रारम्भिक कलेज अवधिमा विद्यार्थी सङ्घ र खेलकुदमा सक्रिय चन्दको रोजाइमा फूटबल, क्रिकेट र ब्याडमिन्टन पर्ने गर्दथे ।

‘साहित्यसँगै खेलकुदमा पनि मेरो रुचि थियो । फूटबल, क्रिकेट र ब्याडमिन्टन आदि मेरो रोजाइका खेल हुन्,’ उनले भने ।

श्री वासुदेव हाइ स्कूल, लिस्किटाका संस्थापक सदस्यसमेत रहेका चन्दले सन् २०६१ बाट स्वच्छिक रुपमा तीन वर्ष शिक्षकको रूपमा  समेत सेवा गरेका थिए ।

उनी सन् १९७० मा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको निर्वाचित सदस्य, सन् १९६७ मा सामाजिक संस्था महाकाली सेवा समाजका संस्थापक अध्यक्ष तथा सन् १९७० मा नेपालका लागि युनस्का प्रतिबद्ध सदस्यसमेत मनोनीत भएका थिए ।

null

उपप्रधानपञ्चदेखि चारपटक प्रधानमन्त्रीसम्म

पढाइ सकेपछि वकालत गर्दै समाजसेवामा लागेका चन्द विसं २०२३ सालदेखि राजनीतिमा सक्रिय भएर लागेका थिए । यसअघि उनी विसं २०१५ मा जिल्लासभा बैतडीका सदस्य थिए तर सक्रिय भने थिएनन् । राजनीतिमा सक्रिय रुपमा लागेको दुई वर्षमै २०२५ सालमा उनी तत्कालीन लिस्किटा गाउँ पञ्चायतको उपप्रधानपञ्च भए भने २०२७ मा बैतडी जिल्ला पञ्चायत अध्यक्ष बने । चन्दको यात्रा अघि बढ्दै गयो । उनी २०३० मा  क्षेत्रीय पञ्चायत अध्यक्ष, २०३१ मा राष्ट्रिय पञ्चायतका निर्वाचित सदस्य बन्न सफल भए । त्यसको एक वर्षपछि उनी २०३२ मा त्यसको निर्वाचित उपाध्यक्ष चुनिए । २०३४ मा उनी फेरि उपाध्यक्षमा निर्वाचित भए । २०३५ मा  कार्यवाहक अध्यक्षहुँदै उनी पुनः उपाध्यक्षमै रहेका थिए ।

चन्द विसं २०३७ मा भने राष्ट्रिय पञ्चायतको निर्वाचित अध्यक्ष बन्न सफल भएका थिए । सोही वर्ष भएको निर्वाचनमा उनी बैतडीबाट फेरि राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि भने चन्दको यात्रा प्रधानमन्त्रीतिर मोडियो । तत्कालीन राजा वीरेन्द्र शाहको विश्वासपात्रका नाताले उनी २०४० मा प्रधानमन्त्री बने । त्यो बखत उनी दुई वर्षभन्दा बढी प्रधानमन्त्री बनेका थिए । चन्दको कार्यकाल २०४० असारदेखि २०४२ चैत्रसम्म रह्यो । उनी २०४३ मा बैतडीबाट पुनः राष्ट्रिय पञ्चायतमा निर्वाचित भएका थिए । २०४४ मा चन्दले पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय पञ्चायतको सदस्यका  हैसियतले चीन भ्रमण गरेका थिए । 

चन्दलाई फेरि प्रधानमन्त्री बन्ने अवसर आयो । पञ्चायत ढल्नैलाग्दा राजाले उनै चन्दमाथि विश्वास गर्न पुगेका थिए । उनी २०४६ मा १३ दिन प्रधानमन्त्री बने । यसपछि पञ्चायती व्यवस्था ढल्यो । यसरी उनी पञ्चायती व्यवस्थामा अन्तिम प्रधानमन्त्री हुन पुगे ।

बहुदल आएपछि चन्दसहितका पूर्वपञ्चले नयाँ पार्टी गठन गरे । जसको नाम राखियो– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) । जसको अध्यक्ष उनी नै थिए । २०५१ को संसदीय निर्वाचनमा चन्द बैतडीका दुवै क्षेत्रबाट विजयी भए ।

null 

नयाँ व्यवस्थामा पनि चन्दले २०५३ मा फेरि प्रधानमन्त्री हुने मौका पाए । सूर्यबहादुर थापासँग पार्टी फुटाएका चन्दलाई नेकपा (एमाले)ले सहयोग गर्यो । चन्द तेस्रोपटक प्रधानमन्त्री बन्न पुगे । फागुन २६ मा शेरबहादुर देउवा नेतृत्वको सरकार ढलेपछि चन्दले फागुन २७ मा एमालेको समर्थनमा सरकार बनाएका थिए ।  उनी नेतृत्वको सरकारले २०५४ जेठ ४ र जेठ १३ गरी दुई चरणमा स्थानीय निकायको निर्वाचन र साउन ४ मा जिल्ला विकास समितिका पदाधिकारीको निर्वाचन गरेको थियो ।

राप्रपा संसदीय बोर्डमा निर्वाचित भएका चन्द २०५३ राप्रपा र राप्रपा (थापा)को एकतापछि पार्टीका नेता तथा संसदीय बोर्डका अध्यक्ष बनेका थिए ।

तर सरकारमै सहभागी भएका राप्रपाका कमल थापालगायत केही मन्त्रीले अविश्वासको प्रस्ताव ल्याएपछि चन्दले २०५४ असोज १८ मा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्यो । 

चन्द २०५९ मा पनि प्रधानमन्त्री बने । यो उनको चौथो कार्यकाल थियो । १८ असोजमा राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम घोषणा गरी प्रधानमन्त्री पदबाट बर्खास्त गरेपछि नेपालको संविधान २०४७ को धारा १२७ बमोजिम चन्द चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर उनी एक वर्ष पनि टिक्न सकेनन् । उनले १६ जेठ २०६० राजासमक्ष राजीनामा पत्र बुझाएका थिए ।

जे भएता पनि विभिन्न कालखण्डमा चारपटक प्रधानमन्त्री बन्ने सौभाग्य पाएका चन्द २०६५ मा संविधानसभा सदस्य निर्वाचित भएका थिए । यसपछि राप्रपा संसदीय बोर्डका नेता पनि भए उनी । त्यसयता भने उनी राजनीतिमा गुमनामजस्तै छन् । 

राजनीति र साहित्य सँगसँगै

राजनीतिमा मात्रै हैन साहित्य क्षेत्रमा पनि चन्दको बलियो उपस्थिति छ । निबन्ध, कथा संग्रह, नाटक, कविता र उपन्यास लगायतका दर्जनौँ कृति रचेका चन्द अहिले पनि साहित्यमै सक्रिय छन् । चन्दद्वारा लिखित व्यङ्ग्य निबन्ध ‘बहरौन खेलाडी’ नेपाल प्रज्ञा–प्रतिष्ठानले बजारमा ल्याएको छ । कथा संग्रहमा ‘हिउँको ठन्ना’ छोटा कथाहरूको संग्रह ‘विसर्जन’ प्रकाशनमा ल्याएसँगै चन्दले मदन पुरस्कार पाएका थिए । योबाहेक उनका व्यङ्ग्यात्मक एक अभिनय नाटक ‘नेताका साथी’ हिन्दी कविता संग्रह ‘इन्द्र धनुष’ पनि बजारमा ल्याएका छन् । जसबाट उनले डा कृष्णचन्द्र मिश्र हिन्दी सम्मान पुरस्कार पनि पाएका थिए ।

कविता संग्रहअन्तर्गत चन्दका अपरिचित, सन्ध्यावली, तिम्रो झलक, रात्रि झलक लगायतका प्रकाशनमा छन् । यस्तै व्यङ्ग्यात्मक निबन्ध ‘कुर्सी’ र छोटा कथाहरूको संग्रहमा ‘पाहुना घर’ छन् । यस्तै अंग्रेजी भाषाका कृतिमा ‘द लमिङ’, ‘द चेयर’, अंग्रजी कविताको एन्थोलोजी, नोबेल अपर्सिता र उपन्यास अपराजिता लगायतका कृति प्रकाशित भएका छन् । 

चन्दले भारत, चीन, संयुक्त राज्य अमेरिका, बेलायत, बङ्गलादेश, फ्रान्स, इटाली, जापान, दक्षिण कोरिया र थाइल्यान्डलगायत विभिन्न देशको भ्रमणसमेत गरेका छन् ।

null

व्यवसायमा पनि सफल 

चन्द राजनीति र साहित्यमा मात्र सक्रिय छैनन्, दर्जनभन्दा बढी व्यवसायमा पनि लगानी गरेका छन् । प्रोफेसर एमेरिट्स, देहरादुनको स्नातकोत्तर मानवअधिकार कलेज, शान्ति निकेतन र पश्चिम बङ्गाल लगायतका क्षेत्रमा चन्दको लगानी छ । जहाँबाट उनले व्यावसायिक सफलता पनि प्राप्त गरेका छन् ।  

चन्दले त्रिशक्ति पट्टा १ र २, गोर्खा दक्षिणबाहु २, कानाइट ग्रान्ड क्रस युके, राज्याभिषेक पदक, थ्रोन मेडलमा पहुँच, समाज सेवा पदक, प्रकोप प्रभावित पदक सेवा र वीरेन्द्र–ऐश्वर्य सेवाजस्ता पदक तथा पुरस्कार पाएका छन् । 

नागरिककाे अभिनन्दन

चन्दलाई यही फागुन ३ गते ८४ औँ जन्मदिन पारेर पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकारको हैसियतमा नागरिक अभिनन्दन गरिएको थियो ।

सुदूरपश्चिमका विभिन्न ४० भन्दा पनि बढी सङ्घ–संस्थाले अभिनन्दन पत्र र दोसल्लाले चन्दको अभिनन्दन गरे । 

सुदूरपश्चिममै जन्मेर नेपालको साहित्य क्षेत्रमा अतुलनीय योगदान पुर्याएकाले चन्दको अभिनन्दन गरिएको नागरिक अभिनन्दन समारोह समिति संयोजक माया प्रकाश भट्टले बताए । 

‘उहाँका थुप्रै कृति छन् । विसर्जन (कथा संग्रह) लेखेपछि २०५४ सालमा उहाँले मदन पुरस्कार पाउनुभएको थियो । चारपटक प्रधानमन्त्री भइसकेका चन्दले राजनीति र साहित्य क्षेत्रबाट दिएको योगदानको कदर गर्दै हामीले सम्मान गरेका हौँ,’ उनले भने । 

सो अवसरमा सम्मानित पूर्वप्रधानमन्त्री एंव वरिष्ठ साहित्यकार चन्दले समाज परिवर्तनका लागि राजनीति र साहित्य उस्तै विषय भएको बताए । 

‘मैले १०–११ वर्षको उमेरदेखि कविता लेख्न थालेको थिए । त्यसपछि नाटक, कथा लगायतका कृति पनि लेख्न थालेँ । धेरै प्रकाशन गरेको छैन । केही प्रकाशित पनि भएका छन् । राजनीतिबाट त विश्राम लिइसकेँ, साहित्य चाहिँ जति सकिन्छ लेख्छु,’ उनले भने । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x