×

NMB BANK
NIC ASIA

दुई न्यायाधीशलाई बर्खास्त गर्न न्याय परिषद्‌को सिफारिश

काठमाडाैं | फागुन १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

न्याय परिषद्‌ले दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिश गरेको छ ।

Muktinath Bank

आइतवार बसेको न्याय परिषद बैठकले उच्च अदालत जुम्लाका न्यायाधीश डा. नवराज थपलिया र काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिश गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसै गरी घुस अडियो प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराइएको छ ।


Advertisment
Nabil box
Kumari

त्यसै गरी धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईले दिएको राजीनामा स्वीकृत भएकाले त्यस विषयमा थप छानबिन गर्न नपर्ने समेत निर्णय भएको न्याय परिषद् सचिवालय स्रोतले जानकारी दियो ।

Vianet communication
Laxmi Bank

न्यायाधीश निरौलाको इजलासले आठ महिनादेखि थुनामा रहेका सोलेकुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई अर्कै व्यक्ति भन्दै २०७८ असोजमा सफाइ दिएको थियो । निरौलाविरुद्ध अन्य कतिपय मुद्दामा समेत प्रभावित भएर न्याय सम्पादन गरेको उजुरी परिषद्‌मा परेको थियो ।

उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत रहँदा न्यायाधीश थपलियाको सम्बन्धमा गम्भीर उजुरी परेपछि उजुरीमाथिको प्रारम्भिक छानबिनले विस्तृत छानबिनका लागि सिफारिश गरेको थियो ।

न्यायाधीश थपलियाले झगडियासँग कुराकानी गरेको, रकमको मोलाहिजा गरेको र फैसला प्रभावित बनाएको भन्दै उजुरी परेको थियो ।

न्यायाधीश कोइराला भने घुस लेनदेनको विषयमा तानिएका थिए ।

सिभिल सहकारी घोटालामा जोडिएका इच्छाराज तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता भएको ठगीको मुद्दामा १० करोड धरौटीमा छाड्ने सम्बन्धमा कानून व्यवसायीसँग कुराकानी गरेको अडियो बाहिरिएसँगै न्यायाधीश कोइराला छानबिनमा तानिएका थिए ।

कानून व्यवसायी रुद्रप्रसाद पोखरेलसँग धरौटीमा छाड्ने र त्यसबापत घुस लेनदेन गर्ने सम्बन्धमा कोइरालाले कुराकानी गरेको अडियो बाहिरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x