×

NMB BANK
NIC ASIA

पेनड्राइभ’ र ‘मेराकी’ कवितासङ्ग्रह लोकार्पित

काठमाडाैं | फागुन २०, २०८०

NTC
Premier Steels

कवि तथा गीतकार ज्योति पौडेल र राजीव घिमिरेका कविता सङ्ग्रह क्रमशः ‘पेनड्राइभ’ र ‘मेराकी : आत्माले भिजेका कविताहरू’ आज लोकार्पण गरिएको छ ।

Muktinath Bank

‘पेनड्राइभ’ मा जन्मभूमि नेपाल र कर्मभूमि अमेरिकी परिवेशमा लेखिएका स्वदेश प्रेम, प्रकृति, प्रेम, सौन्दर्य, गामबेंसी, नारी अस्मिता, संवेदना विषयका ६३ गीत–कविता तथा ‘मेराकी’ (कामप्रतिको समर्पण भाव) मा मुक्तिको चाहना राखिएका ३७ कविता समाविष्ट छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रकवि माधव घिमिरेका सन्तान घिमिरे र पौडेलका कृतिको विमोचन आमा महाकालीसहितले विमोचन गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

पौडेलका यसअघि गीत, ‘गीति एल्बम, गजल, कथा, कविता, सम्पादन गरेर १२ कृति प्रकाशन भइसकेका छन् भने घिमिरेको यो पहिलो कृति हो । दुवै ‘आवरण  प्रकाशन’ द्वारा प्रकाशन भएका हुन् ।

Vianet communication

सो अवसरमा प्राडा. कृष्णहरि बरालले ‘पेनड्राइभ’ माथि समीक्षा गर्दै लयात्मक, ध्वन्यात्मक, व्यङ्ग्यात्मक र प्रतीकात्मक शैली तथा सरल अभिव्यक्तिबाट काव्यको शक्ति र ज्योति छर्न सकेको बताए ।

नियात्राकार प्रतीक ढकालले ‘मेराकी’ मा विषयवस्तुलाई हेर्ने दृष्टिकोण नै अनौठो रहेको जनाउँदै आफूले घिमिरेलाई आफूभित्र हेर्ने कविका रूपमा पाएको बताए ।

कवि पौडेलले कोरोना र अन्य समयमा समसामयिक विषयमा आफूले स्वदेशको मायामा र बालबालिकाका लागि पनि गीत–कविता कोरेको बताउनुभयो भने कवि घिमिरेले आफूले धेरै सोचेर र शब्द शब्द तौलेर कविता लेख्न प्रयास गरेको स्पष्ट गरिन् ।

दुवै समीक्षकले कृतिकारहरूलाई पिताको प्रभावबाट मुक्त हुन पनि सुझाव दिए । 

आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले तीन वर्षअघि स्थापित संस्थाले लोकार्पित कृति संस्थाको १५औं र १६औं कृति भएको र आफूले ७०० भन्दाबढी कृतिमा आवरण कोरेर सेवा गरेको बताए । 

यस्तै, आफ्नो प्रकाशनले स्रष्टाहरूको प्रतिलिपि अधिकार र प्रचारप्रसारका लागि पनि काम गरिरहेको उनले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x