×

NMB BANK
NIC ASIA

राजनीतिमा नयाँ-नयाँ दाउपेच

BREAKING : नयाँ सरकारमा बहुमत पुग्न नदिन गम्भीर प्रयासमा कांग्रेस, ओलीलाई प्रधानमन्त्री अफर !

काठमाडाैं | फागुन २३, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसले एमाले र माओवादीसहितको गठबन्धनमा बनेको नयाँ सरकारको पक्षमा बहुमत पुग्न नदिने गम्भीर कदम चालेको खुलासा भएको छ ।

Muktinath Bank

लोकान्तरको सम्पर्कमा आएका विश्वस्त स्रोतहरूका अनुसार कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको अफर गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देउवाले हिजो राति ओलीलाई प्रधानमन्त्रीको अफर गरेका हुन् भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग पनि निरन्तर वार्ता अगाडि बढाएका छन् ।


Advertisment
Nabil box
Kumari

स्रोतका अनुसार कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि नयाँ बनेको गठबन्धनमा हतारमा सहभागी नहुन सन्देश पठाइसकेको छ ।

Vianet communication

'एमालेका उच्च नेतालाई कांग्रेसको उच्च नेतृत्वले फोन गरेरै देशको राजनीतिक स्थायित्व र अर्थतन्त्र जोगाउन पनि दुई पार्टी मिल्नुको विकल्प नभएकाले ओलीजी नै प्रधानमन्त्री बन्नुस्, दुई पार्टी मिलेर सरकार चलाऊ भन्ने प्रस्ताव गरेको छ,' स्रोतले भन्यो, 'एमालेभित्र कांग्रेसको नयाँ प्रस्तावले तरंग ल्याएको छ ।'

देउवाले राष्ट्रिय सभा अध्यक्ष पनि एमालेलाई नै अफर गरेको स्रोतको दाबी छ । कस्तो कदम चाल्नेमा भने एमाले नेताहरू कुनै निष्कर्षमा पुगिसकेका छैनन् ।

यद्यपि एमाले र माओवादी दुवै पार्टीका नेताहरूले कांग्रेसको नयाँ कसरतबारे आफूहरूलाई कुनै जानकारी नरहेको लोकान्तरसँग बताए ।

स्रोतका अनुसार देउवाले लिङ्देन र नेपालसमक्ष प्रचण्ड गठबन्धनको सरकारमा सहभागी नहुन सन्देश पठाएका छन् ।

बुधवार बिहान देउवा पत्नी आरजु देउवासहित माधव नेपालको निवास कोटेश्वर पुगेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x