×

NMB BANK
NIC ASIA

वडाध्यक्षसहित ४ जनाविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचार मुद्दा

काठमाडाैं | फागुन २४, २०८०

NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कन्हैयालाल यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

Muktinath Bank

उनीहरूविरुद्ध बिहीवार विशेष अदालतमा गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडाध्यक्ष यादवले सडकबाटोले छोएको जग्गालाई कुनै पनि किसिमको बाटोले नछोएको खेतीयोग्य जमिन भनेर सिफारिस गराइ पुँजीगत लाभकर एवं रजिष्ट्रेसन शुल्कबापतको राजस्व सरकारलाई नबुझाएको आरोप अख्तियारले लगाएको छ ।


Advertisment
Nabil box
Kumari

‘कुनै पनि किसिमको बाटोले नछोएको खेतीयोग्य जमिन भनी गलत घरबाटो सिफारिस गरी–गराइ बिक्रीकर्ता र खरिदकर्ताले तिर्नुपर्ने पुँजीगत लाभकर एवं रजिस्ट्रेसन शुल्कबापतको राजस्व रकम ८ लाख ११ हजार ९५१ रुपैयाँ राजश्व हिनामिना भएको पाइएको छ,’ अभियोगपत्रमा उल्लेख छ ।

Vianet communication

जग्गा बिक्रीकर्ता विद्या यादव, जग्गा खरिदकर्ता बृजकिशोरप्रसाद यादव र अवधकिशोरप्रसाद यादवविरुद्ध पनि मुद्दा दायर भएको विज्ञप्तिमा जनाइएको छ ।

हेरौं विज्ञप्तिः 

प्रेस विज्ञप्ति         

श्री प्रधान सम्पादकज्यू / सम्पादकज्यू,

 

विषय :- आरोपपत्र दायर गरिएको ।

----------------------------------------

जिल्ला बारा, पचरौता नगरपालिका वडा नं. ४ (साबिक बेलदारी गा.वि.स. वडा नं.४) को कि.नं. १७३ क्षेत्रफल ०-९-५ जग्गामा कुनै पनि कच्ची वा पक्की सडक बाटो नभएको खेतीयोग्य जमिन रहेको भनी गलत सिफारिसको आधारमा राजस्व छली भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पचरौता नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कन्हैयालाल यादवलेजिल्ला बारा पचरौता नगरपालिका वडा नं. ४ साबिक बेलदारी गा.बि.स. वडा नं. ४ स्थित कि.नं. १७३ ज.बि. ०-९-५ को पक्की सडकबाटोले छोएको जग्गालाई कुनैपनि किसिमको बाटोले नछोएको खेतीयोग्य जामिन भनी गलत घरबाटो सिफारिस गरी गराई बिक्रीकर्ता र खरिदकर्ताले तिर्नुपर्ने पुँजीगत लाभकर एवं रजिष्ट्रेसन शुल्कबापतको राजस्व रकम रु.८,११,९५१।– नबुझाएको कारण नेपाल सरकारलाई हानिनोक्सानी पुग्न गएकोले निज कन्हैयालाल यादवलाई रु.८,११,९५१।–(आठ लाख एघार हजार नौ सय एकाउन्न रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ८ को उपदफा ३  तथा दफा ९ बमोजिमको कसुरमा ऐ.ऐ. ऐनको दफा ८ को उपदफा ३ तथा दफा ९ बमोजिम सजाय हुन मागदाबी लिइएको छ।

जग्गा बिक्रीकर्ता बिध्या यादवले जग्गा बिक्री गर्दा पुँजीगत लाभकर दाखिला गर्नुपर्नेमा निजले घरबाटो सिफारिस लिँदा उक्त जग्गालाई कुनैपनि किसिमको बाटोले नछोएको खेतीयोग्य जमिन रहेको भनी वडा कार्यालयमा निबेदन दिई गलत घरबाटो सिफारिस गरी गराई पुँजीगत लाभकर बापत रु.५,३४,१८७।– बराबरको राजश्व रकम कम तिर्ने मनसायले भूमिसुधार तथा मालपोत कार्यालय बाराले आ.व. 2०७९/०८० को लागि निर्धारित गरेको न्यूनतम मूल्याङ्‍कनसमेतको उल्लंघन गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको देखिँदा निजलाई बिगो रु.५,३४,१८७।–(पाँच लाख चौतीस हजार एक सय सतासी रुपयाँ रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को  उपदफा (४) बमोजिमको कसुरमा ऐ. ऐ. ऐनको दफा ८ को उपदफा (४) अनुसार सजाय गरी बिगो बमोजिम जरिवाना र बिगोसमेत जफत हुन मागदाबी लिइएको छ।

जग्गा खरिदकर्ता बृजकिशोर प्रसाद यादव र अवधकिशोर प्रसाद यादवलेजग्गा खरिद गर्दा जग्गा खरिद रजिष्टेसन दस्तुरबापतको राजश्व रकम कम तिर्ने मनसायले पक्की सडकले छोएको जग्गालाई बाटो नछोएको खेतीयोग्य जग्गा भन्ने सिफारिस गराई रजिष्टेसन दस्तुरबापत तिर्नुपर्ने रकम रु.२,७७,७६३।– बराबरको राजश्व रकम नोक्सानी गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएकोले निजहरुको हकमा जनही बिगो रु.२,७७,७६३।–(दुई लाख सतहत्तर हजार सात सय त्रिसट्ठी रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा ऐ. ऐ. ऐनको दफा ८ को उपदफा (४) अनुसार सजाय गरी बिगोबमोजिम जरिवाना र बिगोसमेत जफत हुन मागदावी लिई आज विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नरहरि घिमिरे


 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x