×

NMB BANK
NIC ASIA

होस्टेल छोड्छौँ भन्दा थप पैसा माग्दै छात्रालाई कुटपिट गर्ने सञ्चालिका पक्राउ

विराटनगर | फागुन ३०, २०८०

NTC
Premier Steels
Marvel

विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत तीनजना छात्रामाथि कुटपिट गरेको आरोपमा होस्टेलकी सञ्चालिका पक्राउ परेकी छिन् । 

Muktinath Bank

विराटनगर महानगरपालिका-८ मधुमारास्थित मुनलाइट गल्र्स होस्टेलकी सञ्चालिका मधु रेग्मी पक्राउ परेकी हुन् ।  मंगलवार साँझ होस्टेलको कोठाभित्रै छात्राहरूलाई हातपात गरेकी उनलाई बुधवार दिउँसो पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रेग्मीले छात्रामाथि गरेको दुव्र्यवहारका भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । पीडित छात्राले उजुरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । पक्राउ परेकी रेग्मीलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्ने तयारी पनि प्रहरीले गरेको छ । 


Advertisment
Nabil box
Kumari

होस्टेलमा बसिरहेका विद्यार्थीले अग्रिम रकम दिन नमानेपछि रेग्मीले उनीहरूका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपात गरेको भिडियोमा देखिएको छ । दुव्र्यवहारमा परेका विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कञ्चनपुरका छात्रा रहेको क्याम्पस प्रशासनले जनाएको छ । 

Vianet communication
Laxmi Bank

उनीहरू उक्त होस्टेलमा फागुन ३ गतेदेखि बसिरहेका थिए । उनीहरू एक महिनाको अग्रिम भुक्तानी आठ हजार रुपैयाँ बुझाएर होस्टेलमा बसेको क्याम्पस प्रशासनले जनाएको छ  

‘बुधवारदेखि कलेजकै होस्टेलमा बस्ने तयारी गरेका थिए । होस्टेल छोड्ने भएपछि सञ्चालिकाले तीन हजार माग्नु भएको रहेछ,’ विराटनगर नर्सिङ कलेजकी प्रमुख मेनुका भण्डारीले भनिन्, ‘हामी अनावश्यक पैसा तिर्दैनौं भनेपछि हाम्रा विद्यार्थीमाथि हातपात भएको हो ।’ पैसा तिरिसकेको अवस्थामा पनि कलेजको होस्टेलमा जाने भनेपछि सञ्चालिका रेग्मीले थप पैसा मागेको भण्डारीले बताइन् । 

रेग्मीले हातपात गरेपछि आत्तिएका विद्यार्थीलाई मंगलवार राति नै कलेज प्रशासनले आफ्नै होस्टेलमा सारेको छ  । नर्सिङ क्याम्पसकी प्रमुख भण्डारीले छात्राहरूमाथि अमानवीय व्यवहार भएकाले सञ्चालिका रेग्मीविरुद्ध कानूनी उपचारमा गइएको स्पष्ट पारिन् ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x