×

NMB BANK
NIC ASIA

उपभोक्ता अधिकारका लागि विभागको सक्रियताः विद्यार्थीसँग सचेतना कार्यक्रमदेखि संघसंस्थासँग अन्तरक्रियासम्म

काठमाडाैं | फागुन ३०, २०८०

NTC
Premier Steels

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता अधिकार दिवस, २०८० का अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम गरिरहेको छ । 

Muktinath Bank

उपभोक्ताको अधिकार संरक्षण तथा प्रचलन गरी स्वच्छ र प्रतिस्पर्धी बजार कायम गर्ने मूल उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको विभागले बुधवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘स्वच्छ र प्रतिस्पर्धी बजारः उपभोक्ताको सार्वभौम अधिकार’ नारासहित गरिएको उक्त कार्यक्रमका सफल बनाउन विभागले यसअघि मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरेको थियो । 


Advertisment
Nabil box
Kumari

विभागबाट तयार गरिएको कार्यक्रम तथा योजनाअनुसार प्रदेश र स्थानीय सरकारहरूलाई अनुगमनकारी निकायसँग समन्वय र सरोकारवाला निकायसँग सहकार्य गरी कार्यक्रम मनाउन पत्राचार गरिएको थियो । जसअन्तर्गत १०० वटा उच्च मावि तथा क्याम्पसका विद्यार्थीसँग उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न गरिएको थियो ।

Vianet communication

‘यस्तै उपभोक्ता संरक्षणवादी संघसंस्था, सञ्चारकर्मी र वस्तुगत संघसंस्थासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने तथा सञ्चारमाध्यममा बहस पैरवी तथा टक सो रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसैगरी उपभोक्ता अधिकार दिवस मार्च १५ (चैत्र २) का दिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको उपस्थितिमा उद्योग वाणिज्य संघका छाता संघ, उपभोक्ता संरक्षणवादी संघसंस्थालगायत सम्पूर्ण सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी दिवस भव्यताका साथ मनाउन लागिएको छ ।’

यसअघि उपभोक्तावादी संघसंस्था र सञ्चारकर्मीसंँग उपभोक्ता अधिकार दिवसका सन्दर्भमा मंगलवार विभागको सभाहलमा अन्तरक्रिया सम्पन्न भएको थियो । जहाँ स्वच्छ र प्रतिस्पर्धात्मक बजार कसरी बनाउने, उपभोक्तावादी संस्था तथा र सञ्चारकर्मीको भूमिका कस्तो हुनेजस्ता विषयमा अन्तरक्रिया भएको थियो ।

त्यस्तै उपभोक्ता अधिकार कार्यान्वयनमा स्वयं उपभोक्ता सचेत, जागरुक र संवेदनशील हुनुपर्नेजस्ता विषयमा पनि अन्तरक्रिया भएको विज्ञप्तिमा उल्लेख छ ।

हेरौं विभागले जारी गरेको विज्ञप्तिः 

null
nullnull

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x