कात्तिक १७, २०८०
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
बेलबारी–विराटनगरमा जारी कोशी प्रदेश टी–२० च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।
आर्मीले रु पाँच लाखसहित ट्रफी हात पारेको हो । त्यसैगरी उपविजेता कर्णाली प्रदेशले रु तीन लाखमा चित्त बुझाएको छ । शनिवार भएको खेलमा आर्मी क्लबले कर्णाली प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । जारी सिजनमा तेस्रो पटक फाइनलमा प्रवेश गरेको आर्मीले पहिलो उपाधि चुमेको हो । यसअघि आर्मी क्लब प्रधानमन्त्री कपमा नेपाल पुलिस र केपी ओली कपमा मधेश प्रदेशसँग पराजित भएको थियो ।
कोशी प्रदेश ट्रफीको पहिलो संस्करणको उपाधि हात पार्ने क्रममा टस हारेर आर्मीले फिल्डिङको निम्तो पाएको थियो । यस क्रममा कर्णाली प्रदेशले २० ओभरमा अल आउट हुँदै एक सय १० रनको योगफल तयार पारेको थियो । आक्रमक सुरूआत गरेको कर्णालीका लागि विपिन रावलले २७ र क्याप्टेन रवीन्द्र शाहीले २१ रन बनाए । पहिलो विकेटमा कर्णालीले ३३ रनको साझेदारी गरेको थियो । दिनेश अधिकारीले १२ रन बनाए । कर्णालीलाई धरासायी बनाउने क्रममा आर्मीका त्रितराज दास, वसिर अहमद, सहाव आलम र सुमित श्रेष्ठले समान दुई–दुई विकेट लिए ।
आर्मीले निर्धारित लक्ष्य १२ दशमलव दुई ओभरमा एक विकेटको नोक्सानीमा पूरा गरेको थियो । लक्ष्य पछ्याउने क्रममा आर्मीका ओपनर सन्तोष कार्की र इमरान शेखले २५ रनको साझेदारी गरेका थिए । सन्तोष २१ रनमा क्याच भएपछि मैदानमा प्रवेश गरेका त्रितराज दासले आक्रमक शैलीमा जीत सुनिश्चित गरे ।
आर्मीको जितमा शेखले ३० बलमा अविजित ३८ र त्रितराजले ३३ बलमा ५० रन बनाए । च्याम्पियनसिपमा पहिलो अर्धशतक बनाएका दासले दुई छक्का र पाँच चौका प्रहार गरेका थिए । च्याम्पियनसिपमा ‘प्लेयर अफ दि टुर्नामेन्ट’ र ‘प्लेयर अफ द फाइनल’को पुरस्कार आर्मीका दासले हासिल गरे ।
विजेता टोलीलाई कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुरस्कार वितरण गरेका थिए । गत फागुन २२ गतेबाट सुरू भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेशको सहभागिता रहेको आयोजक नेपाल क्रिकेट सङ्घ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीले जानकारी दिए ।–––
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...