मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
नेपाली जनप्रगतिशील मञ्च युरोपको अध्यक्षमा बेल्जियम निवासी चित्र सुवेदी चयन भएका छन्।
स्पेनको बार्सिलोनामा सम्पन्न ५औं अधिवेशनमार्फत सुवेदी अध्यक्षमा चयन भएका हुन् ।
दुई दिनसम्म चलेको अधिवेशन कार्यक्रम बन्द शत्रमा प्रवेश गरेपछि निर्वाचन आयुक्त सुरेन्द्र कुमार श्रेष्ठले अध्यक्षका चारजना दाबेदारको नाम पढेर सुनाएका थिए।
अध्यक्षका लागि मञ्च विघटन हुनु अगाडिका कार्यबाहक अध्यक्ष रणबहादुर खाती क्षेत्री, संगठन विभाग प्रमुख उदयराज गौतम, बेल्जियमका पूर्व अध्यक्ष चित्र सुवेदी, अष्ट्रियका अध्यक्ष धर्मराज खतिवडा लगायतको दाबी थियो।
अध्यक्षका दाबेदारहरूबीच छलफलपश्चात मञ्चको अध्यक्षका लागि चित्र सुवेदीका नाममा सहमति जुटेको थियो भने धर्मराज खतिवडा महासचिव बन्न राजी भएका थिए ।
आफूले अध्यक्षको दाबेदारी फिर्ता लिएपछि वरिष्ठ नेता उदयराज गौतमले 'संगठनको आवश्यकता र समयको मागअनुसार आफूले पदलाई गौण ठानेको बताए।
आफ्नो योगदानअनुसार अध्यक्षका निम्ति एकपटक प्रयास गर्न खोजेको तर नेतृत्वमा पुग्नका लागि निर्वाचनमा सहभागी हुन मन नलागेको उनको भनाइ थियो ।
नेतृत्वमा जो गए पनि सबै वर्ग, समुदायका निम्ति त्यसले हित गर्ने उनले बताए ।
त्यसैगरी रणबहादुर खाती क्षेत्रीले आफू यस अगाडि संगठनको आवश्यकताका लागि कार्यबाहक अध्यक्ष बनेका कारण यसपटक आफू स्वत: अध्यक्ष बन्नुपर्ने बताएका थिए। तर, निर्वाचनमा जाने कुराले कसैलाई फाइदा नगर्ने भन्दै उनी पछाडि हटेका थिए ।
नवनिर्वाचित महासचिव धर्मराज खतिवडाले आफ्नो केमेस्ट्री अध्यक्षसँग मिल्ने भएकाले अब संगठन रकेटको गतिमा अगाडि बढ्ने बताए ।
महाधिवेशनले कार्यसमितिका अन्य पदहरू सहमतिका आधारमा परिपूर्ति गर्दै जाने नवनिर्वाचित अध्यक्ष चित्र सुवेदीले बताएका छन् ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...