×

NMB BANK
NIC ASIA

कोशीमा सरकार फेरबदलको कसरतः गठबन्धनमा आबद्ध पार्टीका संसदीय दलका नेता छलफलमा

विराटनगर | चैत १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

केन्द्रमा सत्ता समीकरण फेरिएको तीन हप्तापछि कोशी प्रदेशमा सरकार फेरबदलको विषयले औपचारिक रुपमै प्रवेश पाएको छ ।

Muktinath Bank

नयाँ गठबन्धनका नेताहरूले बुधवारदेखि औपचारिक रुपमै छलफल थालेका हुन् ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारमा कसले नेतृत्व पाउने भन्ने विषय टुंगोमा पुगिनसकेको अवस्थामा बुधवार प्रदेशको राजधानी विराटनगरमा तीन दलका नेताले छलफल गर्ने जनाइएको छ । नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्र आङ्बो र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईबीच छलफल हुन लागेको हो । 


Advertisment
Nabil box
Kumari

विशेषगरी मुख्यमन्त्रीमा एमाले र माओवादी केन्द्रले दाबी गरिरहेका छन् । तथापि एमालेले नेतृत्व गर्ने सहमति भइसकेको सो दलका नेताहरूले दाबी गर्दै आइरहेका छन् । अर्कोतिर माओवादीले भने सहमति भइनसकेको जनाएको छ । 

Vianet communication
Laxmi Bank

एमाले संसदीय दलका नेता कार्की पनि विराटनगरमै रहेकाले बुधवार नै छलफल हुने एकीकृत समाजवादीका सचिवसमेत रहेका संसदीय दलका नेता राईले बताए । साँझसम्ममा तीनै जनाबीच छलफल हुने माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोले पनि पृष्टि गरे । 

राई बुधवार नै गृहजिल्ला भोजपुरबाट विराटनगरमा आएका हुन् भने आङ्बो पनि मंगलवार साँझ नै आएका हुन । कार्की पनि एमाले उदयपुरको जिल्ला अधिवेशन पछि विराटनगर नै आएका छन् । 

नयाँ समीकरणअनुसार अब कसरी अगाडि बढ्ने भनेर तीन नेताबीच छलफल हुने जनाइएको छ । गत फागुन २१ गते केन्द्रमा नयाँ गठबन्धन बनेपछि कोशीमा पनि त्यसको असर परेको छ । 

केदार कार्की गत असोज २७ गते एमालेको समर्थनमा कोशीको मुख्यमन्त्री बनेका थिए । उनले आफ्नो दल कांग्रेसबाट ८ सांसद लिएर विद्रोह गरेका थिए । अहिले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार एमालेले नै ढाल्न हतारो गरिरहेको छ । 

बुधवार तीन नेताबीच सरकारलाई दिएको समर्थन तथा सत्ता गठबन्धनमा रहेका दलहरूले मन्त्री फिर्ता बोलाउने विषयमा छलफल हुने एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए  । केन्द्रमा समीकरण फेरिँदासम्म अहिलेसम्म पनि  प्रदेश सरकारमा माओवादी र एकीकृत समाजवादी सहभागी छन् । मुख्यमन्त्री कार्कीले कात्तिक १६ गते माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमाले सरकारबाट बाहिरिएको थियो । माओवादीबाट तीन र एकीकृत समाजवादीबाट एक मन्त्री सरकारमा सामेल छन् । 

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले भने आफ्नो सरकारको विकल्प नरहेको जिकिर गर्दै आएका छन् । 

कोशीमा एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ६, एकीकृत समाजवादीको चार र जनता समाजवादी पार्टीका एक सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याएर सरकार गठन गर्न कम्तीमा ४७ सांसदको साथ आवश्यकता पर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x