×

NMB BANK
NIC ASIA

रूस-अमेरिकाबीच बढ्दो तनाव

मस्को हमला: रूसको औंला अमेरिकातिर, पश्चिमको इशारा कता ?

काठमाडाैं | चैत १५, २०८०

NTC
Sarbottam
तस्वीर : एसोसियटेड प्रेस
Premier Steels
Marvel

युक्रेनको द्वन्द्वलाई नियन्त्रणबाहिर जानबाट रोक्ने प्रयास गर्नुको सट्टा वास्तवमा त्यसलाई चर्काउन खोज्ने शक्तिहरू झन् अघि बढिरहेका छन् ।

Muktinath Bank

मस्कोको क्रोकस सिटी हलमा भएको भीषण आतंककारी हमलाले १ सय ३९ जनाको ज्यान लियो भने १ सय ८२ जना घाइते भए । यसले आगोमा तेल थपेको छ । रूस यो गम्भीर उत्तेजनाको प्रतिक्रिया दिन व्यस्त छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकाले सेप्टेम्बर ११, २००१ को आतंकवादी हमलापछि अफगानिस्तानविरुद्ध सैन्य कारबाही गर्‍यो, यद्यपि आतंकवादीहरू अफगानी नागरिक थिएनन् ।


Advertisment
Nabil box
Kumari

तत्कालीन राष्ट्रपति बुशले आतंकवादीसँग सम्बन्ध रहेको आधारमा इराकमा सन् २००३ मा आक्रमण गरे तर इराकको आतंकवादसँग सम्बन्ध रहेको विषय पछि पुष्टि हुन सकेन ।

Vianet communication
Laxmi Bank

रुसले आफूले भोगेको भयानक आतंककारी हमलाको प्रतिक्रियाबारे सोच्दा यी उदाहरणहरूलाई राम्रोसँग आफ्नो दिमागमा राखेको छ ।

राष्ट्रपति पुटिनले टकर कार्लसनसँगको भर्खरको अन्तर्वार्तामा रूसको काकेशसमा भएको इस्लामिक विद्रोहमा अमेरिकी जासुसी संस्था सीआईए संलग्न रहेको कुरा बताएका छन् ।

एक डकुमेन्ट्री फिल्म 'राष्ट्रपति' का लागि रोसिया-१ टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले २०१५ मा भएको दोस्रो चेचेन युद्धको बारेमा टिप्पणी गरेका थिए ।

उनले च्यानल होस्ट भ्लादिमिर सोलोभियोभसँग चेचेन युद्धबारे टिप्पणी गर्दै पश्चिमले आतंकवादीहरूलाई समर्थन गरेर रूसलाई टुक्राउन खोजिरहेको आरोप लगाएका थिए । उनको दाबी थियो, 'दोस्रो चेचेन युद्धमा अमेरिकी गुप्तचरहरू आतंकवादीसँग प्रत्यक्ष सम्पर्कमा थिए ।'

जब सोभियत संघले अफगानिस्तानमा आक्रमण गर्‍यो, अमेरिकाले साउदी अरबसँग मिलेर इस्लामिक चरमपन्थीहरूलाई पाकिस्तानी भूमिबाट सोभियत सेनाहरू विरुद्ध जिहाद सुरु गर्न परिचालन गर्‍यो ।

मुस्लिम जनसंख्या भएको मध्य एसियालाई सोभियत संघसँग नरम सम्बन्ध भएको क्षेत्रको रूपमा मानिन्थ्यो । पश्चिमाले त्यो क्षेत्रमा धार्मिक द्वन्द्व भड्काएर स्थिरीकरण गर्ने रणनीति बनाएका थिए ।

मध्य एसियाली देशहरू आज स्वतन्त्र हुँदा पनि उनीहरूलाई रुसमाथि आक्रमण गर्न अमेरिकाले स्प्रिङबोर्डको रूपमा प्रयोग गर्न खोजिरहेको छ । 

मस्को यो अवस्थाबारे पूर्ण रूपमा सतर्क छ । रुसमा धेरै मुस्लिम जनसंख्या छ र देशमा धार्मिक सद्भाव जोगाउनु आन्तरिक स्थायित्वको लागि महत्त्वपूर्ण हुने पुटिनले राम्रोसँग बुझेका छन् ।

आतंकवादी हमलापछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनमाथि औंला उठाएका छन् । आतंककारीहरू युक्रेनी सीमातिर गइरहेको उनले बताए । 

सोमबार राति एक कदम अघि बढ्दै आफ्नो दोस्रो सम्बोधनमा उनले भने, 'यो आक्रमण २०१४ देखि रूससँग लडिरहेकाहरूले नव-नाजी कीभ शासनलाई प्रयोग गर्ने प्रयासको एक अंग हो ।'

पुटिनले अहिलेसम्म पश्चिमामाथि लगाएको आरोपमध्ये यो निकै गम्भीर आरोप हो । 

तर अमेरिकाले अस्तिको आतंककारी आक्रमणमा युक्रेनको संलग्नताबाट विश्वको ध्यान हटाउन खोजिरहेको छ । मस्कोमा भएको आतंकवादी हमला लगत्तै ह्वाइट हाउसका प्रवक्ताले युक्रेन संलग्न नभएको बताएका थिए ।

यो सामान्य विषय होइन । घटनाको अनुसन्धान हुनु अघि नै अमेरिका युक्रेनको गैर-संलग्नताको बारेमा निष्कर्षमा पुगेको देखिन्छ ।

अमेरिका र बेलायतले मार्चको सुरुमा रूसमा आफ्ना नागरिकहरूलाई सामूहिक जमघट, कन्सर्ट आदिबाट बच्न चेतावनी दिएका थिए । प्रायः देशहरूले सावधानीका रूपमा त्यस्ता नोटिसहरू जारी गर्छन् । तर, ह्वाइट हाउसका प्रवक्ताले मस्कोमा भएको आक्रमणपछि तुरुन्तै युक्रेनी संलग्नतालाई अस्वीकार गर्नुले केही प्रश्नहरू खडा गरेको छ ।

यो स्पष्ट छैन कि मस्कोलाई लक्षित गर्न चाहने युक्रेनी चरमपन्थी तत्वहरूले आफ्नो योजनाहरू अमेरिकालाई चुहाइरहेका छन् ।

आतंकवादको मुद्दामा संयुक्त राष्ट्र संघ, जी ७, जी २०, ब्रिक्स र एससीओ होस्, आतङ्कवादविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायले सामूहिक पहल गर्नेमा कुनै पनि फोरममा दुईमत छैन । कुनै पनि कारण आतंकवादको समर्थनलाई जायज मान्न सकिन्न भनेर धेरै बहुपक्षीय दस्तावेजहरूमा लेखिएको छ । 

अमेरिका र रुस बीच जतिसुकै तिक्तता भएपनि मस्कोमा नियोजित आतंकवादी हमला हुँदैछ भन्ने बारेमा यदि अमेरिकासँग जानकारी थियो भने मस्कोलाई पहिल्यै सचेत गराउनुपर्ने थियो ।

रसियाले यस कार्यको लागि युक्रेनलाई जिम्मेवार ठहराउने वास्तविक सम्भावनालाई रोक्नको लागि पनि अमेरिकाले त्यो सूचना मस्कोलाई दिनुपर्थ्यो ।

रुसले युक्रेनमाथि डोनबासमा रुसी नागरिकमाथि ज्यादती गरेको आरोप लगाउँदै आएको छ । मे २०१४ मा द्वन्द्वको प्रारम्भिक दिनमा ओडेसाको एउटा भवनमा रुसी समर्थकहरूले आफूमाथि आगो लगाएको घटनालाई पनि यतिबेला युक्रेनीहरूले प्रचार गरिरहेका छन् ।

हालसालै मस्कोले किभलाई क्रिमियन ब्रिजमा दुईवटा बम विष्फोटसहित धेरै आतंककारी हमला गरेको आरोप लगाएको छ, जसमा धेरै रुसी नागरिक मारिएका थिए । मस्कोले दार्शनिक अलेक्जेन्डर डुगिनकी छोरी पत्रकार दर्या डुगिना लगायत रूसी सार्वजनिक व्यक्तित्वहरूको हत्या गरेको आरोप पनि युक्रेनमाथि लगाएको छ ।

धेरैले मस्को आक्रमणको लागि इस्लामिक आतंककारी संगठन आइएसआइएस जिम्मेवार छ भन्ने अमेरिकाको दाबीमाथि प्रश्न उठाइरहेका छन् ।

प्रश्न उठाउनेहरूले अमेरिकाको नियत रुसमा भएको आतंककारी हमलामा युक्रेनको संलग्नताबाट ध्यान हटाउनु रहेको विचार व्यक्त गर्छन् ।

निस्सन्देह रूसले सिरियामा इस्लामिक स्टेट विरुद्ध लडाई लडिरहेको छ र आइएसआइएससँग जोडिएका अरू संगठनले पनि यो आक्रमणको योजना बनाएको हुन सक्छ ।

यो आक्रमणको योजना राष्ट्रपतिको निर्वाचनलाई लक्षित गरी चुनावअघि नै बनाइएको पनि हुन सक्छ । तर यो हमला चुनावअघि गरिएको भए थप रुसी जनता पुटिनको पक्षमा हुने तर्क पनि गरिएको छ ।

रूसलाई युक्रेन विरुद्धको कारबाही बढाउन ठूलो आतंकवादी हमलाको बहाना चाहिँदैन । राष्ट्रपति म्याक्रोनले युक्रेनमा फ्रान्सेली सेनाहरू पठाउन तयार भएपछि रुसी गुप्तचर प्रमुख नारीस्किनले फ्रान्सका जनरल पियरे शीलले बाल्टिकको ले ले मोन्डेमा शक्ति देखाउन खोजेको आरोप लगाएका थिए ।

युक्रेनमा नेटोको हस्तक्षेप समर्थन गर्ने राष्ट्रहरू, युक्रेनलाई एफ १६ आपूर्ति गर्ने कदम, फ्रान्स र नेटोमाथि कारवाही गर्ने रुसको चेतावनी र युक्रेनमा बिग्रंदै गएको सैन्य द्वन्द्वका कारणहरू हुन् । युक्रेनमा बढ्दै गएको आन्तरिक सैन्य द्वन्द्वलाई पनि रुसले नजिकबाट हेरिरहेको छ ।

युक्रेनले आधिकारिक भाषामा मस्को आक्रमणबाट आफूलाई टाढा राख्न सक्छ । बरु राष्ट्रपति जेलेन्स्कीले पुटिन र रुसलाई गरेको गालीले युक्रेन थप कमजोर हुनेछ ।

रूसका लागि पूर्व भारतीय राजदूत केनवाल सिबालले रसिया टुडेका लागि गरेको विश्लेषणलाई लोकान्तरका लागि ईश्वर अर्यालले भावानुवाद गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x