×

NMB BANK
NIC ASIA

शिख नमूना आवासीय विद्यालयमा कम्प्युटर विज्ञान पढाउन प्रवासीको सहयोग

म्याग्दी | चैत १७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान पढाउन प्रवासमा रहेका म्याग्दीवासीले १३ लाख रुपैयाँ सहयोग जुटाएका छन् ।

Muktinath Bank

आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान पठनपाठन गर्न स्थायी ठेगाना शिख भई हाल बेलायत बसोबास गर्ने दानबहादुर गर्बुजाको संयोजनमा सहयोग जुटाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यालयका प्रधानाध्यापक केदार कार्कीले प्रवासमा रहेकाहरू मिलेर २० थान डेस्कटप कम्प्युटर सहयोग गरेको बताए । 'ग्रामीण क्षेत्रको विद्यालयमा प्रविधिमैत्री आधुनिक शिक्षा प्रदान गर्न कम्प्युटर विज्ञान विषय पढाउने तयारी गरेका छौं', उनले भने, 'विदेशमा रहेका विद्यालयका पूर्वविद्यार्थी, अभिभावक र शुभचिन्तकले सहयोग रकम जुटाउनु भएको छ ।'


Advertisment
Nabil box
Kumari

घनश्याम तिलिजा र लालबहादुर पाइजाका परिवारले शुक्रवार ४ थान कम्प्युटर विद्यालयलाई हस्तान्तरण गरेका छन् । १६ थान कम्प्युटर केही दिनमै विद्यालयमा ल्याउने तयारी छ ।​

Vianet communication
Laxmi Bank

शिख उपल्लोस्वारा घर भई हाल बेलायत निवासी घनश्याम तिलिजाको परिवारले तीन थान डेस्कटप कम्प्युटरका लागि रु एक लाख ९५ हजार, विद्यालयको अतिरिक्त क्रियाकलाप कोषलाई रु दुई लाख नगदसहित चार थान भलिबल, बास्केटबल र एक थान भलिबलको नेट गरी कुल रु. दुई लाख ३६ हजार सहयोग गरेका हुन् ।​

शिख मूलपानी घर भई हाल बेल्जियम निवासी लालबहादुर पाइजाको परिवारबाट एक थान डेस्कटप कम्प्युटर, आमा समूहलाई रु २० हजार, छात्रावासका लागि रु दश हजार गरी रु ९५ हजार सहयोग गरेका विद्यालयले जनाएको छ । 

कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयले गण्डकी प्रदेश सरकारको सहयोगमा छात्रावास सुविधा प्रदान गरेको छ ।

हाल ३० जना विद्यार्थीले छात्रावासको सुविधा लिएका छन् ।

प्रदेश सरकारले प्रतिविद्यार्थी दैनिक रु ६५ का दरले आवासीय विद्यार्थीलाई सहयोग गरेको छ ।

अपुग रकम दाताहरूको सहयोगमा जुटाइएको छ । विद्यालयमा एक सय ६७ विद्यार्थी अध्ययनरत छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x