×

NMB BANK
NIC ASIA

मैत्री यातायातले भित्र्यायो विद्युतीय सवारी

बुटवल | चैत २२, २०८०

NTC
Premier Steels

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो । 

Muktinath Bank

 बिहीबार जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्रीले मैत्री यातायातको सेवा शुभारम्भ गरे ।  मैत्री यातायातले गुल्मी पश्चिमको सिमलटारीदेखि तम्घास, पाल्पा, बुटवलदेखि सुनौलीसम्म सेवा प्रदान गर्ने प्रालिका सञ्चालक तिलाचन पाण्डेयले जानकारी दिए । तम्घासदेखि बुटवलसम्मको भाडा प्रतिव्यक्ति ५६५ रुपैयाँ रहेको छ । १४ जनाको सिट क्षमता, वाइफाइ, सिसिटिभी र जिपिएस सुविधा रहेका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भाडा कम, सुविधा धेरै प्रदान गरेर स्वच्छ प्रतिस्पर्धात्मक नागरिकमैत्री सेवा प्रदानमा प्रालिले जोड दिने सञ्चालक समिति अध्यक्ष शंकरप्रसाद गौतमले जानकारी दिए । उनले डिजेल गाडीको तुलनामा २५ प्रतिशत भाडा कम रहेको बताए । प्रालिले तम्घास र रिडीमा चार्जिङ्ग स्टेशन निर्माण गरेको छ । प्रालिका आफ्नै टिकट काउन्टर हुनेछन् । मैत्री यातायातको प्रधान कार्यालय मैत्री बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय तम्घासमा राखिएको छ । 


Advertisment
Nabil box
Kumari

मैत्री यातायात प्रालिमार्फत १३ जनाले साढे पाँच करोड लगानी गरेका छन् । उनीहरूको लागि मैत्री बहुउद्देश्यीय सहकारी संस्थाले करिब साढे चार करोड कर्जा प्रवाह गरेको मैत्री बहुउद्देश्यीय सहकारी संस्थाका सचिव हरिप्रसाद पोख्रेलले बताए । 

Vianet communication

उनका अनुसार कर्जाको लागि मैत्री बहुउद्देश्यीय सहकारी संस्थाको शेयर सदस्य हुन आवश्यक छ । प्रालिले १३ लाख बराबरको चार्जर मैत्री बहुउद्देश्यीय सहकारी संस्थालाई प्रदान गरेको छ । त्यसबाट प्राप्त हुने आम्दानी पनि सहकारीका सबै शेयर सदस्यलाई प्राप्त हुने पोख्रेलले बताए । 

मैत्री बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको २१ वर्षमा करिव १४ हजार शेयर सदस्य र १० करोड ३४ लाख ६३ हजार तीन सय शेयर पुँजी निर्माण गरेको छ । भने कुल ७५ करोड ८९ लाख ४१ हजार आठ सय ७४ रुपैयाँ कुल पुँजी निर्माण गरेको छ । ‘भनेको मान्ने’ व्यक्तिहरूको सहभागितामा ग्रामीण भेगमा वित्तीय परिपूर्ति र सदस्यको जीवनस्तर उठाउने उद्देश्यले ०५८ सालमा सहकारी स्थापना गरिएको थियो ।

 यस्तै गुल्मी तम्घासबाटै आँगन सेवा यातायात प्रालिले पनि १५ वटा विद्युतीय गाडीहरू सञ्चालन गर्दै छ । प्रालिका सञ्चालक किरण कुँवरका अनुसार गाडीहरू बुकिङ्ग भइसकेकाले केही समयमै सेवा प्रारम्भ हुनेछ । प्रालिमार्फत ३० जना युवाहरूले लगानी गरेका छन् । प्रतिव्यक्ति करिब दश लाख लगानी गरिएको कुँवरले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

बैशाख ५, २०८१

नेपालमा सबैभन्दा बढी खोजिएको स्मार्टफोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविध...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x