असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्वका छन्, जसमा गर्भाधानदेखि अन्त्येष्टिसम्मका संस्कार पर्छन् । यहाँ यिनै संस्कारमध्ये विवाह संस्कारको विशेषतालाई केलाउने प्रयास गरिएको छ ।
हाम्रो सनातनी विवाह पद्धतिअनुसार विवाहमा सातवटा विधि पूरा भएका हुन्छन् । यिनमा पहिलो कृत्यको नाम वाग्दान हो । वाग्दान भनेको वचन दिनु वा वचनबद्ध हुनु हो । पहिले पहिले विवाहको चाँजोपाँजो अविभावकले मिलाउँथे । यति बेला कन्य पक्षले वर पक्षलाई मेरी छोरी तपाईँका छोरालाई दिएँ भन्ने गरिन्थ्यो । यही नै वाग्दान विधि हो तर हिजोआज समय फेरिएको छ । केटा र केटीले जीवनसाथी आफैँले चुन्न थालिसेका छन् । तथापि प्रकारान्तरबाटै सही वाग्दानको कृत्य भने अहिले पनि कायमै छ ।
विवाह मण्डपमा केटा र केटीले आ–आफ्ना अविभावकको रोहवरमा वा रोहवरविना नै पनि देवीदेवता र अग्नि साक्षी राखी आफूहरू प्रणय सूत्रमा बाँधिएको भनेर जुन कसम खाएका हुन्छन्, अथवा कोर्ट म्यारिज भए अदालतका न्यायाधीशसँग जुन बोलकबोल गरेका हुन्छन् यसैबाट वाग्दानको कृत्य पूरा भइरहेको हुन्छ । मात्र फरक अविभावकले वाग्दान गर्दा छोरा र छोरीका लागि भनिएको हुन्छ भने आफैँले गर्दा हामी दुई भनेका हुन्छन् ।
यस संस्कारको दोस्रो कृत्य स्वयम्बर विधान हो । यो भनेको केटाकेटी आफैँले वर र वधू चुन्ने क्रिया हो । सत्य युगमा माता लक्ष्मीले विष्णुको स्वयंवर गरेकी थिइन् । त्रेतायुगमा सीताबाट रामको स्वयंवर भएको थियो । द्वापर युगमा रुक्मिणिले कृष्णको स्वयंवर गरेकी थिइन् । कलियुगमा सबैले त्यसैलाई पछ्याउँदै आएका छन् । स्वयंवरको माला आदानप्रदान गरिरहँदा उनीहरूले देवीदेवता, ऋषिमुनिहरू र इष्टमित्र साक्षी राखी आफू दुई पतिपत्नीको रूपमा एउटै बनेको कुराको सपथसमेत खाइरहेका हुन्छन् ।
विवाह संस्कारको तेस्रो कृत्यमा वरणीको विधान पर्छ । यो भनेको छोरी दिएर पठाउनृुपूर्व कन्यपक्षबाट वरको सम्मान खातिर गरिने संस्कार हो । चौथो कृत्यमा कन्यादानको विधान पर्छ । यसलार्ई कन्या हस्तान्तरण भन्न पनि सकिन्छ र यस शब्दले केटा हस्तान्तरण शब्दलाई पनि लिनुपर्र्ने हुन्छ । किनभने यति बेला हुने कृत्य भनेको वर वधूको एकआपसमा हस्तान्तरण नै हो । यसलाई पाणिगहण भन्ने गरिएको पनि पाइन्छ । यस शब्दले पनि यस्तै अर्थ दिरहेको हुन्छ ।
विवाहको पाँचौँ काम हो सिन्दुर दान । यहाँ केटाले केटीको स्युँदोमा सिन्दूर हालेर जीवनभर साथ पाउने आशा गरेको हुन्छ भने केटीले पूरा जीवन सुख–दुःखमा साथ दिने आश्वासन दिरहेकी हुन्छिन् ।
यसपछि आउँछ सप्तपदी वा लाजा होम, जसलाई छैटौँ कृत्यको रूपमा लिन सकिन्छ । यति बेला कन्या अगाडि र वर पछाडि बसेर विवाहमण्डप घुम्ने काम गर्छन्, जसलाई सात फेरो लगाउनु पनि भन्ने गरिएको छ । सप्तपदी कार्यमा लावा हवन गर्ने गरिन्छ । यो भनेको विकसित वा खिलेको वा प्रशन्नताको प्रतीक हो । यस कृत्यमार्फत् वरवधूले आफ्नो जीवन सँधैभरी यसैगरी फलोस्–फुलोस भन्ने कामना गरिहेका हुन्छन् ।
यति बेला वरले सदा सौभाग्यवती र मङगल दायिनी बनेर मेरो दुःख र सुखमा साथ दिने छ्यौं भन्ने कामना गरेको हुन्छ भने वधूले तिमीले एक पाइलो अघि बढ्दा म दुइपाइलो अघि बढेर साथ दिन पुगेकी हुन्छु भन्दै मैले यी साता पाइला अघि सारेकी छु यिनैले तिमीलाई ऐश्वर्यशाली बनाइदिने छु भन्नसमेत भ्याइरहेकी हुन्छिन् ।
अगाडि गएर चतुर्थी कृत्यसमेत गर्नुपर्ने हुन्छ । विवाह संस्कारमा गर्नुपर्ने यो अन्तिम संस्कार हो । यतिबेला वरवधूले वैदिक मन्त्रद्वारा आफूहरूले हाड, मासु, छाला र प्राणलाई एउटै बनाएका छौँ भनिरहेका हुन्छन् । त्यसैले यसरी बाँधिएको दाम्पत्य जीवनको साङ्गो दैवीविपत्तिबाहेक सितिमिति टुटेको उदाहरण छैन । अपवादमा केही भए छुट्टै कुरो ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...