बैशाख १३, २०८१
रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...
काठमाडाैं | चैत २९, २०८०
विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरिरहेको चीनको बेइजिङ फरेन स्टडी युनिभर्सिटीको टोली बुधवार वाल्मीकि विद्यापीठ पुगेको छ । यसअघि त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौं विश्वविद्यालयसँग सहकार्यका लागि सम्झौता गरिसकेको चिनियाँ टोली बुधवार नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)सँग सम्झौता गर्न वाल्मीकि पुगेको हो ।
नेसंविका उपकुलपति प्राध्यापक डा यादवप्रकाश लामिछाने तथा बेइजिङ फरेन स्टडी युनिभर्सिटीको परिषद् अध्यक्ष प्राध्यापक डा वाङडिङ्ग हुवाबीच सहकार्यसम्बन्धी पाँच बुँदे सम्झौतामा बिहीवार हस्ताक्षर भएको छ । सम्झौताअनुसार नेसंवि र फरेन स्टडीबीच विद्यार्थी आदानप्रदान गरिने छ । साथै दुवै विश्वविद्यालयले एकअर्काका प्राध्यापक, प्राज्ञिक व्यक्तित्व तथा शैक्षिक प्रशासनका अधिकारीलाई समेत आदनप्रदान गर्नेछन् ।
यसैगरी दुवै विश्वविद्यालयले संयुक्त रूपमा डिप्लोमा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमसमेत सञ्चालन गर्नेछन् । सम्झौताअनुसार दुवै विश्वविद्यालयले आवश्यक ठानेका क्षेत्रमा संयुक्त अनुसन्धान गर्न सहकार्य गर्नुका साथै दुवै विश्वविद्यालयसँग रहेका शैक्षिक सामग्री र सूचनासमेत आदनप्रदान गरिने सम्झौतामा उल्लेख छ ।
सम्झौता कार्यान्वयनका लागि दुई विश्वविद्यालयबीच थप गृहकार्य गरिने, आर्थिक पक्षसम्बन्धी विषयमा छुटै परामर्श गरिने तथा सम्झौताले नसमेटेका पक्षमा थप परामर्श गरी छुटै सम्झौता गरिने पनि सम्झौतापत्रमा उल्लेख छ । सम्झौताको अवधि पाँच वर्षको रहने र दुवै पक्षको लिखित सहमतिपछि नवीकरण हुने उल्लेख छ ।
हस्ताक्षर कार्यक्रममा बोल्दै चिनियाँ विश्वविद्यालय परिषद्का अध्यक्ष प्राध्यापक हुवाले सम्झौताले दुई विश्वविद्यालयबीच मात्र नभई नेपाल र चीनबीचकै दौत्य सम्बन्धमा नयाँ आयाम थप्ने बताए । विश्वका एक सय ८५ देशका प्रमुख विश्वविद्यालयसँग फरेन स्टडी युनिभर्सिटीले यस प्रकारको सम्झौता गरिसकेको उनले जानकारी दिए ।
प्राध्यापक डा हुवाले दुई विश्वविद्यालयबीच गहन सहकार्यका लागि दुवैले प्राज्ञिक ज्ञानको आदानप्रदान गर्नुपर्ने र एकअर्काको देशमा प्रत्यक्ष भ्रमणसमेत शुरू गर्नुपर्ने बताए । यसैगरी अनुसन्धानको क्षेत्रमा दुवै विश्वविद्यालयबीच सहकार्य गरिनुपर्ने धारणा उनको थियो ।
चिनियाँ विश्वविद्यालयले संस्कृत र नेपाली भाषामा अध्ययन गर्नतर्फ विशेष रुचि देखाएको हुवाले बताए । संस्कृत भाषाको अध्ययन अध्यापनका दृष्टिले नेसंविको महत्व विश्वव्यापी रहेको धारणा उनको थियो ।
नेसंविका उपकुलपति लामिछानेले संस्कृत भाषाप्रति चिनियाँ प्राज्ञहरूको मोह सम्मान योग्य भएको बताउँदै दुई विश्वविद्यालयबीच आगामी दिनमा गहन सहकार्य हुने विश्वास व्यक्त गरे ।
सम्झौता हस्ताक्षर समारोहमा फरेन स्टडी युनिभर्सिटीका तर्फबाट अध्यक्ष हुवाका साथमा एसियाली तथा अफ्रिकी अध्ययन स्कुलका अध्यक्ष छू ए, निर्देशक हे जेङ्ग र त्रिभुवन विश्वविद्यालय स्कूल अफ एसियन स्टडिजकी निर्देशक जिङ्ग युन (इन्दिरा)को उपस्थिति थियो ।
रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...