×

NMB BANK
NIC ASIA

गण्डकीमा अन्योल

मुख्यमन्त्रीले मन्त्रालय फुटाए, सर्वोच्चले भन्यो– कामचलाउले दीर्घकालीन असर पर्ने काम नगर्नू

काठमाडाैं | चैत २९, २०८०

NTC
Premier Steels

गण्डकी प्रदेशका कामचलाउ मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वले मन्त्रालय फुटाउने निर्णय गरेको छ । 

Muktinath Bank

मंगलवारको मन्त्रिपरिषद्ले मन्त्रालय फुटाएर ९ वटा बनाइने निर्णय गरेको बिहीवार सार्वजनिक भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले गण्डकीमा मुख्यमन्त्रीसहित ७ सदस्यीय मन्त्रिपरिषद् छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य र कानून मन्त्रालय थप्न सिफारिस गरेको हो ।


Advertisment
Nabil box
Kumari

यता मन्त्रिपरिषद्को निर्णय सार्वजनिक हुनुअघि नै बुधवार सर्वोच्च अदालतले गण्डकीमा मुख्यमन्त्री अधिकारीलाई कामचलाउ सरकारको रुपमा रहँदै दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नलिन आदेश दिएको छ । तर मुख्यमन्त्री अधिकारीले यसअघि नै मन्त्रालय फुटाउने निर्णय लिएका छन् ।

Vianet communication

यस्तोमा उनको निर्णय अब के हुन्छ भन्ने अन्योलता छाएको छ । 

यसअघि तत्कालीन नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले गण्डकीमा मन्त्रालय थपेर १२ पुर्याएको थियो । मन्त्रालयको संख्या बढी भएपछि आलोचनासमेत भएको थियो । त्यसपछि नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्रीमा निर्वाचित भएर आएपछि आफ्नो नेतृत्वमा मन्त्रालय संख्या घटाउने बताएका थिए । सोहीअनुरुप उनले गण्डकीको मुख्यमन्त्री भइसकेपछि १२ मन्त्रालय घटाएर ७ बनाएका थिए । 

गण्डकीको मुख्यमन्त्रीमा दोस्रो इनिङ्स सम्हालिरहेका अधिकारीले मन्त्रालयको संख्या थप्ने निर्णय गरेका छन् । 

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाएर स्वास्थ्य बेग्लै मन्त्रालय बनाउने निर्णय गरेको हो । यस्तै, आन्तरिक मामिला मन्त्रालय फुटाएर कानुन मन्त्रालय थप्ने निर्णय भएको छ । 

बुधवार मात्र सर्वोच्च अदालतले गण्डकीमा मुख्यमन्त्री अधिकारीलाई कामचलाउ सरकारको रुपमा रहँदै दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नलिन आदेश दिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x