×

NMB BANK
NIC ASIA

चिकित्सा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेकोमा गगनले दिए शिक्षामन्त्रीलाई इलामबाटै धन्यवाद

काठमाडाैं | चैत २९, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको भन्दै शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद दिएका छन् । बिहीवार सामाजिक सञ्जालमा लेख्दै थापाले प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्कसहितका विषयलाई व्यवस्थित बनाउन पनि माग गरेका छन् । 

Muktinath Bank

‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षा मन्त्रीज्यूलाई धन्यवाद ! आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बीचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैँमा सकारात्मक छ । प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन्,’ थापाले फेसबूकमा लेखेका छन्, ‘त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ । यससँगै प्रतिवेदनले आधार र कारण खुलाएरै जस–जसलाई कारवाहीको सिफारिस गरेको छ त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास छ  र यो सत् प्रयासमा हाम्रो साथ रहने प्रतिबद्धता पनि !’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महामन्त्री थापा यतिबेला इलाम– २ को चुनावी अभियानमा पुगेका छन् । त्यहीँबाट उनले शिक्षामन्त्री श्रेष्ठलाई सामाजिक सञ्जाल​मार्फत धन्यवाद दिएका हुन् ।


Advertisment
Nabil box
Kumari

इलाम पुगेर महामन्त्री गगन थापाले देशलाई सम्हाल्ने पार्टीको नेतृत्व चाहिएको बताएका थिए ।

Vianet communication

बिहीवार फाकफोकथुम गाउँपालिका–३ आमचोकमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई सम्हाल्ने नेतृत्व कांग्रेसले मात्र गर्न सक्ने दाबी गरे ।

महामन्त्री थापाले विभिन्न जातिले उठाएको पहिचानको मुद्दालाई सम्हालेर लैजाने दल कांग्रेस नै भएको जिकिर गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x