×

NMB BANK
NIC ASIA

संसदीय दलको बैठकमा ओली

एकीकृत समाजवादीले अराजनीतिक र दक्षिणपन्थी चरित्र देखायो : ओली

काठमाडाैं | बैशाख ३, २०८१

NTC
फाइल तस्वीर
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले अराजनीतिक र दक्षिणपन्थी चरित्र देखाएको आरोप लगाएका छन् । सुदूरपश्चिम सरकारमा वामपन्थी सत्ता समीकरणलाई समर्थन नगरेर कांग्रेसलाई समर्थन गर्नु अराजनीतिक चरित्र भएको ओलीको टिप्पणी छ । 

Muktinath Bank

सोमवार बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सुदूरपश्चिममा नेकपा एसको निर्णयले सही दिशामा उन्मुख राजनीतिलाई बिथोल्ने काम भएको बताए । ‘हिजो मात्र एस भन्ने पार्टी छ, त्यसले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन नसक्ने भन्यो । हामीभन्दा पृथक हुने हो भने कांग्रेसलाई जिताउने हो भने, यो समीकरणलाई कमजोर बनाउन नि:शुल्क सेवा गर्न सक्ने कुरा गर्‍यो । एकीकृत समाजवादी नामको पार्टीले अराजनीतिक निर्णय लियो, जुन सही दिशामा राजनीति फर्किंदै थियो’ ओलीले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एसको निर्णयले जनतामा आशंका पैदा गरेको ओलीले बताए । ‘विपक्षीको आशा पलाउने र जनतामा आशंका पैदा हुनेगरी कदम चाल्यो । बोली व्यवहार त्यस्तै थिए, हिजो व्यवहारमा प्रकट भयो । यस समीकरणबाट नगर्ने, कांग्रेस केन्द्रित समर्थन गर्ने । एस पार्टीको दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नांगो ढंगले प्रकट भयो’ ओलीले भने । 


Advertisment
Nabil box
Kumari

यसअघि नेकपा एसले कांग्रेसले समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षको उम्मेदवार लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने निर्णय गरेको थियो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x