×

NMB BANK
NIC ASIA

सीमा क्षेत्रमा बढ्दै सुरक्षा चुनौती, तेस्रो मुलुकका मान्छेको अवाञ्छित गतिविधि

काठमाडाैं | बैशाख ३, २०८१

NTC
पर्साको वीरगञ्ज स्थित नेपाल–भारत सीमा नाका । फाइल तस्वीर
Premier Steels

भारतमा आम निर्वाचन नजिकिएको समयमा नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने सम्भावित अवाञ्छित गतिविधि रोक्न नेपालले सतर्कता अपनाउनु पर्ने सुरक्षा स्रोतहरूले बताएका छन् ।

Muktinath Bank

सुरक्षा चुनौती सृजना गर्ने गरी सीमावर्ती क्षेत्रमा तेस्रो मुलुकका मान्छेको अवाञ्छित गतिविधि बढ्न थालेको स्रोतहरूले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतमा अप्रिल देखि जुन १ सम्म आम निर्वाचन हुँदैछ । निर्वाचनको समयमा सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती खडा गर्न केही अवाञ्छित तत्व लागि परेको स्रोतहरू बताउँछन् । चुनावको समयमा सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती सृजना गर्ने खालका गतिविधि रोक्न भारतले नेपालसँग आग्रह गरिसकेको छ । 


Advertisment
Nabil box
Kumari

गृहमन्त्री रवि लामिछानेसँग चैत्र १३ गते भएको भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सीमा क्षेत्रमा हुने आपराधिक घटना रोक्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

Vianet communication

भेटमा राजदूत श्रीवास्तवले सीमावर्ती क्षेत्रमा हुने साना अपराध नियन्त्रण र मानव ओसार–पसार समन्वयका लागि थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिएका थिए ।

राजदूत श्रीवास्तवले नेपालको सुरक्षा सुदृढीकरण तथा आतंक वाद नियन्त्रणका लागि आवश्यक पर्ने स्रोत–साधन उपलब्ध गराउन भारत इच्छुक रहेको बताएका थिए । 

चैत्र २८ गते मधेश प्रदेशमा भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सीमा क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्ने बारे समेत छलफल भएको थियो ।

गृहमन्त्री लामिछाने मधेश प्रदेशका आन्तरिक मामिला मन्त्री राजकुमार लेखी सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू सहभागी गोष्ठीमा भारतको चुनावको बेला सीमा क्षेत्रमा अवाञ्छित गतिविधि हुन नदिने बारे छलफल भएको थियो । 

भारतको चुनावको पूर्वसन्ध्यामा नेपालको सीमावर्ती क्षेत्रमा तेस्रो मुलुकका नागरिकको गतिविधि बढेको सुरक्षा स्रोतहरूले बताएका छन् । सीमा क्षेत्रमा कट्टरपन्थी पाकिस्तानी मुस्लिम नेपालका मदरसा र स्थानीयको घरमा बसेको सुरक्षा स्रोतको दावी छ । उनीहरूमाथि निगरानी समेत भइरहेको छ । 

तराईका सीमावर्ती क्षेत्रमा पुगेका तेस्रो मुलुकका ती व्यक्तिहरू पर्यटक भिसामा आएर नेपालमा बसाइ लम्बाइ रहेका सुरक्षा स्रोतको दावी छ । ‘त्यसरी तराईका सीमा क्षेत्रमा सक्रिय व्यक्तिहरू पाकिस्तान टर्की लगायत मुलुकबाट मस्जिदमा सहयोग जुटाउने र मुस्लिम बस्तीमा विकासको कुरा गरिरहेका छन’ स्रोतले भन्यो । 

उनीहरूले सुनसरीमा इस्लाम धर्मावलम्बीको मेला इज्त्तेमा (इस्लामी मण्डली)को लागि नेपालका स्थानीय मुस्लिम समुदायसँग लबिङ गरिरहेको स्रोतको दावी छ । यस्तो भेला सन् २०२१ मा सप्तरी जिल्लामा गरिएको थियो । त्यो बेला भारत, पाकिस्तान, बंगलादेश र गल्फ मुलुकका समेत कट्टरपन्थीहरू भेला भएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x