×

NMB BANK
NIC ASIA

कांग्रेसबीच झण्डै कुटाकुट

कांग्रेसकाे कोशी संसदीय दल बैठकमा बबन्डरः मुख्यमन्त्री कार्की र भूपेन्द्र राईबीच पाखुरा सुर्कासुर्की

विराटनगर | बैशाख ५, २०८१

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा बबन्डर भएको छ ।

Muktinath Bank

मुख्यमन्त्री केदार कार्की र निवर्तमान सचेतक भूपेन्द्र राईबीच बुधवार हात हालाहालको अवस्था आएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राईलाई कुट्न मुख्यमन्त्री कार्की सुर्किएर गएका थिए । त्यसपछि राईले पनि उसै गरेर मुख्यमन्त्री कार्कीमाथि जाइलाग्न खोजे । तर उनलाई अरुले छेकेकाले कुटाकुट हुन नपाएको एक सांसदले बताए ।


Advertisment
Nabil box
Kumari

बिहान १० बजे बोलाएको बैठक १२ बजेपछि मात्रै बसेको थियो । मुख्यमन्त्री कार्की कुम्भ मेलामा गएर आएपछि बैठक लम्बिएको  थियो । यसले गर्दा उनी दिउँसो साढे ३ बजेतिर बैठकमा गएका थिए । बैठकमा कार्की नेतृत्वको सरकार बचाउनु हुँदैन भन्ने आवाज संस्थापन  र कृष्णप्रसाद सिटौला पक्षका सांसदले गरेका थिए । यसको जवाफ मुख्यमन्त्री कार्कीले दिन थालेपछि हात हालाहालको स्थिति आएको एक सांसदले बताए ।

Vianet communication
Laxmi Bank

मुख्यमन्त्रीसँग झगडा गर्ने राई सिटौला पक्षका सांसद हुन् । 

‘मुख्यमन्त्री आउनुभन्दा अगाडिदेखि नै सरकारको बचाउ गर्न नहुने भनेर बहुमत सांसदले भनिरहेका थिए,’ एक सांसदले भने ‘उहाँ आएपछि बैठकमा माहोल परिवर्तन भयो ।’

बैठकमा मुख्यमन्त्री कार्कीले सरकारलाई पार्टीले असहयोग गरेको भनेर चर्को आवाज उठाएका थिए । उनले आफ्नो विपक्षी गुटमा रहेका सांसदलाई घुमाउरो पारामा भन्न थालेपछि पूर्वसचेतकसमेत रहेका भूपेन्द्र राईले उल्टै सरकारले पार्टीसँग समन्वय नगरेको आरोप लगाएका थिए । 

‘सरकारले चाहिँ समन्वय कसरी गरेको छ, बजेटमा पार्टीसँग छलफल गरेको छ ? भन्दै उनले प्रश्न गरे । राईले यसो भनेपछि मुख्यमन्त्री र उनीबीच हात हालाहालको अवस्था आएको ती सांसदले बताए । ‘झण्डै ५ मिनेट जति चर्काचर्की भएपछि हात हालाहालको अवस्था बनेको थियो,’ उनले भने ‘हामीले उठेर दुवैलाई छेक्यौं ।’

सांसद राईले भने बैठकमा छलफल मात्रै भएको बताएका छन् । ‘छलफलको विषयमा चर्को स्वर निस्कियो होला बैठकमा यस्तो हुन्छ,’ उनले भने, ‘बैठकभित्र भएका कुरालाई तीतो–मीठो गर्न हुँदैन । 

वर्तमान सरकारले पार्टीसँग समन्वय नगरेको भन्ने विषयमा चर्काचर्की परेको प्रमुख सचेतक गोपाल तामाङले पुष्टि गरे ।

विवादबीच बैठकले विपक्षीले संसद्मा दर्ता गराएको संकल्प प्रस्तावको फेस गरेर जाने निर्णय गरेको छ । यस्तै कांग्रेस नेतृत्वको सरकार बचाउनका लागिपर्ने निर्णयसमेत भएको छ । वर्तमान सरकारलाई बर्खास्त गरे कानूनी सहायता खोज्ने निर्णय पनि गरिएको प्रमुख सचेतक तामाङले जानकारी दिए । मुख्यमन्त्री कार्कीले ‘अदालत जान्छु’ भनेपछि कानूनी बाटो रोज्ने निर्णय गरिएको एक सांसदले बताए । 

मध्यावधिमा जान हुँदैन भनेपछि मुख्यमन्त्री कार्की बैठकमा आक्रोशित बनेको संस्थापन पक्षका नेताहरूले बताएका छन् ।  

संसदीय दलका नेता उद्धव थापाले मध्यावधिमा जाने पक्षमा आफू नभएको स्पष्ट पारे ।

‘बहुमत सांसदले मध्यावधिमा नजाने भनेर बैठकमै भनेका छन्,’ उनले भने, ‘यसर्थ, कांग्रेस मध्यावधिमा जाने पक्षमा छैन ।’ उनले अर्को बैठकमा मध्यावधिमा नजाने निर्णय गर्नेसमेत बताए । 

यस्तै बैठकमा विपक्षीहरूले संसद् सचिवालयमा दर्ता गराएको संकल्प प्रस्ताव परिमार्जन गरेर मात्रै सदनमा पेस गर्ने पनि सहमति भएको छ । बुधवार बसेको कार्यावस्था समितिको बैठकमा माओवादी केन्द्र र एमालेबीच संसद् सचिवालयमा दर्ता गराएको संकल्प प्रस्तावलाई परिमार्जन गर्ने सहमति भएको थियो । बिहीवार टेबल गर्ने र शुक्रवार सभामुखले निर्माणार्थ पेस गर्ने सहमति भएको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x