×

NMB BANK
NIC ASIA

मानव बेचबिखनको नयाँ स्वरूप

रोजगारीको प्रलोभनमा विदेश लगेर शोषणः १० महिनामा २४ मुलुकबाट साढे ६ सय बढीको उद्धार

काठमाडाैं | बैशाख ६, २०८१

NTC
Sarbottam
Premier Steels
Marvel

नुवाकोट घर भई काठमाडौंको बालाजु (बाइपास) बस्ने ३२ वर्षीया शर्मीला (नाम परिवर्तन) विदेश गएर पैसा कमाउने अभिलाषा थियो । घरेलु कामदारका रूपमा नेपाली महिला ओमान जान पाइने थाहा पाएकी शर्मीलाले एजेन्टको खोजी गर्न थालिन् । 

Muktinath Bank

शर्मीलाको भेट बालाजुमै आकाश राना भन्ने विष्णुबहादुर रानासँग भयो । शर्मीलाले आफ्नो आर्थिक स्थितिबारे रानालाई सबै सुनाइन् । तर, राना पेशेवर मानव तस्करी गर्ने गिरोहका एजेन्ट हुन् भन्ने जानकारी शर्मीलालाई भएन । त्यसको फाइदा रानाले उठाए । साधारण लेखपढ मात्रै गर्न जान्ने शर्मीलाले ओमान जान रानालाई साढे दुई लाख रुपैयाँ बुझाइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मासिक ८० देखि ९० हजार रुपैयाँ तलब हुने झुटो आश्वासन रानाले शर्मीला र उनको परिवारलाई दिएका थिए । गत भदौ २६ गते शर्मीला ओमनको मस्कट उडिन् । त्यहाँ पुगेपछि उनलाई वेश्यावृत्ति हुने फ्लाटमा पुर्‍याइयो । रानाले शर्मीलालाई घरमा बच्चाको हेरचाह गर्ने भनेर झुटो बाचा गरेका थिए । तर, शर्मीलाले त्यहाँ नारकीय जीवन भोग्नुपर्‍यो । 


Advertisment
Nabil box
Kumari

शर्मीला मस्कट पुगेपछि त्यहाँका एजेन्टहरूले उनको मोबाइल र पासपोर्ट कब्जामा लिए । त्यहाँ शर्मीलाजस्ता अन्य नेपाली महिलाहरूलाई पनि त्यसैगरी झुटो आश्वासनमा पुर्याइएको थियो । उनीहरू पनि यौन दुर्व्यवहारको सिकार भइरहेको शर्मीलाले भेटिन् । मस्कटको एउटा घरको कोठामा ३६ दिनसम्म बन्धक बनाएर शर्मीलामाथि जबर्जस्ती वेश्यावृत्ति गर्न लगाइयो । जसोतसो एउटा एजेन्टसँग शर्मीलाले नेपाल फर्किन बिन्ती चढाइन् । ऐजेन्टले नेपाल फर्किन फेरि दुई लाख ५० हजार रुपैयाँ चाहिने बताए । शर्मीलाले नेपालमा रहेका परिवारलाई पैसा पठाउन लगाइन् । 

Vianet communication
Laxmi Bank

गत कात्तिक २ गते शर्मीला नेपाल फर्किइन् । उनले नसोचेको पीडा खेप्नुपर्यो । अरु नेपाली महिलाले पनि आफूले भोगेको पीडा खेप्नु नपरोस् भनेर शर्मीलाले रानाविरुद्ध प्रहरीमा उजुरी दिने निधो गरिन् । उनले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दिइन् । ब्यूरोका प्रहरीले गत चैत ९ गते रानालाई पक्राउ गर्यो । शर्मीलाले रानाबाहेक अन्य एजेन्ट र मानव तस्करीका दलालहरूको नाम जाहेरीमा उल्लेख गरेकी छिन् । ब्यूरोले अन्य व्यक्तिहरूको खोजी गरिरहेको छ । 

०००

काठमाडौंबाट साथी भेट्न पोखरा हिँडेकी बाग्लुङ घर भई काठमाडौंको बबरमहल बस्दै आएकी रीना (नाम परिवर्तन)ले बसमा यात्रा गर्दा चिनेको एक व्यक्तिको भर पर्दा ६ लाख रुपैयाँ त गुमाइन् नै उनी यौन शोषणको सिकार हुन पुगिन् । 

घटना गत फागुनको हो । बहिनीको उपचारका लागि पैसाको जोहो गर्न रीना साथीहरूसँग गुहार माग्दै थिइन् । त्यही सिलसिलामा रीना साथीलाइ भेट्न पोखराको बसमा चढेकी थिइन् । एउटै सीटमा बसेका नवलपरासी कावासोतीका दुर्गाबहादुर पौडेलसँग उनको भेट भयो । पौडेलले रीनाको बहिनीको कुरा सुनेपछि दयालु स्वभाव देखाए । बहिनीको मृगौला फेर्न ७० लाख आफूले जोहो गर्ने आश्वासन रीनालाई दिए । पोखरा हिँडेकी रीना पौडेलसँग बुटवल जाने बसमा चढिन् । बुटवल पुगेपछि रीनासँग उनले विवाह गरे । बहिनीको उपचारका लागि पैसाको जोहो भयो ।

बाँकी ६ लाख रुपैयाँ ल्याउ भनेर पौडेलले रीनासँग मागे । उनले एटीएमबाट पैसा झिकेर पौडेललाई दिइन् । भारतको दिल्लीमा घुम्न जाने बहानामा पौडेलले रीनालाई उतै लगे । त्यहाँ एजेन्टलाई डाक्टर भनेर रीनासँग परिचय पनि गराए । त्यही बीचमा रीनालाई शंका लाग्यो । उनी भागेर नेपाल आइन् । उनले मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थालाई समेत जानकारी गराएकी थिइन् । ती संस्थाकै सूचनामा पौडेलसमेत नेपाल आएको सूचना पाएपछि ब्यूरोको प्रहरी टोलीले उनलाई भक्तपुर नगरपालिका –१७ दूधपाटीबाट नियन्त्रणमा लियो । गत चैत ६ गते पक्राउ परेका पौडेलले यसअघि पनि रीनालाई फकाएजसरी अन्य महिलाहरूलाई भारत पुर्याएको अनुसन्धानबाट खुलेको छ । 

०००

अमेरिका लैजाने भनेर यूएई, थाइल्याण्ड, फिलिपिन्स, जाम्बिया, सिँगापुरलगायत देशमा अलपत्र छाडेर पीडितबाट लाखौं रकम कुम्ल्याउने मध्येका पूर्वी रुकुम नाथीगाडका मुदुल भन्ने हस्त गौतम पक्राउ परेपछि मानव तस्करी गिरोहको पर्दाभास भयो । उनले पूर्वी रुकुमका धेरै युवाहरूलाई अमेरिका लैजाने भनेर लाखौं रुपैयाँ उठाएका थिए । अमेरिकाको टेक्सासमा बस्दै आएका गौतमले आफ्ना विश्वासिला पाँच जना पात्रहरूलाई नेपाल, दुबई, सिंगापुर, फिलिपिन्स, थाइल्याण्ड, श्रीलंका, कोलम्बिया, लेटिन अमेरिकालगायत मुलुकमा राखेर मानव तस्करीको धन्दा चलाउँदै आएका थिए ।

नेपालबाट यी मुलुकमा युवाहरूलाई लैजाने र भिसाका लागि रकम चाहियो भनेर परिवारलाई दबाब दिई पैसा पठाउन लगाउने कार्यमा गौतमले एजेन्टहरूलाई दबाब दिन्थे । पैसा नपठाए नेपाली युवाहरूलाई बन्धक बनाउने, कुटपिट गर्नेजस्ता यातना दिने काम गर्थे । मानव बेचबिखन तथा ओसारपसार र संगठीत अपराधका ५ वटा मुद्दामा फरार भएका गौतम पक्राउका लागि प्रहरीलाई त्यति सजिलो थिएन । उनी हवाई रुटबाट नेपाल आउँदा पक्राउ पर्ने डरले भारतको दिल्ली हुँदै सडक मार्ग हुँदै आउँथे । गत भदौ २० गते रूपन्देहीस्थित नेपाल–भारत सीमाबाट गौतम पक्राउ परे ।

६ जना पीडितले ब्यूरोमा उजुरी दिएपछि प्रहरी गौतमको खोजीमा जुटेको थियो । यी पीडितबाट अमेरिका लैजाने भन्दै दुई करोड रुपैयाँ उठाइसकेका गौतमले दुई सय जना भन्दा धेरै युवाहरूलाई अमेरिका पठाएको बयान ब्यूरोमा दिएका थिए । भिजिट भिसामार्फत् नेपाली युवाहरूलाई विभिन्न मुलुकमा लगेर अलपत्र छाडी मानसिक एवं शारीरिक यातना दिने कार्यमा संलग्न गौतम पक्राउ परेपछि अन्य पीडितहरू समेत ब्यूरोमा उजुरी दिन पुगेका थिए । 

०००

यो आर्थिक वर्षमा मानव तस्करीसँग सम्बन्धित रहेका यी केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । नेपाल प्रहरीले यो आर्थिक वर्षमा मानव तस्करको फन्दामा परेर विदेशमा पुगेका ७ सय ४९ जनाको उद्धार गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता एवं एसपी ज्ञानेन्द्र प्रसाद फुयालका अनुसार नेपालबाट विभिन्न २४ वटा मुलुकमा मानव तस्करी हुँदै आएको देखिन्छ । विशेषगरी पीडितहरू नेपाल आएर ब्यूरोमा उजुरी गरेपछि थप रहस्यको पर्दाफास हुने गरेको देखिन्छ । ब्यूरोका अनुसार सबैभन्दा बढी भारतमै बढी मानव तस्करी हुने गरेको आँकडाले पुष्टि गर्छ । फुयालका अनुसार यो आर्थिक वर्षमा भारतमा विभिन्न बहानामा पुर्याइएका तीन सय २४ जना महिला, पुरुष र बालबालिकाको प्रहरीले उद्धार गरेको छ । महिला र बालिकालाई काम लगाइदिने बहानामा जबर्जस्ती वेश्यावृत्तिमा लगाउने गरेको ब्यूरोका अनुसन्धानबाट खुलेको छ । 

भारतपछि धेरै नेपालबाट हुने मानव तस्करीका घटनामा कुवेत दोश्रो स्थानमा आउँछ । कुवेतबाट मात्रै यो आर्थिक वर्षमा ब्यूरोले एक सय एक जनाको उद्धार गरेको छ । महिलाहरूलाई घरायसी कामका लागि भनेर एजेन्टले पठाउने र पछि बन्धक बनाएर यौन हिंसाको सिकार बनाउने गरेको पीडितहरूले ब्यूरोमा दिएको बयानमा उल्लेख छ । श्रीलंका, इराक, ओमन, दुबई, केन्याजस्ता मुलुकमा पनि मानव तस्करी हुँदै आएको प्रहरी आँकडाले देखाउँछ । अमेरिका लैजाने सपना देखाएर दुबई र श्रीलंकामा लामो समय बन्धक बनाएर राखी परिवारबाट पैसा पठाएपछि मात्रै पीडितलाई घर फर्काइदिने गरेको ब्यूरोका प्रवक्ता एसपी फुयाल बताउँछन् ।

उनले भने, ‘अधिकांश त उजुरी दिनै आउँदैनन्, एजेन्टले पैसा फिर्ता नगरेपछि मात्रै पीडितहरू प्रहरीमा आएर हारगुहार गर्ने गरेको देखिन्छ ।’ यसका लागि सरकारले भिजिट भिसामा कडाइ गर्नुपर्ने उनी बताउँछन् । ब्यूरोले समेत परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमा भिजिट भिसाको कडाइ गर्न सुझाव दिइसकेको छ । तर, भिजिट भिसामा नेपालीहरूलाई अमेरिका लैजाने बहानामा एजेन्टले मोटो रकम लिएर अलपत्र पारेका घटना बेलाबखत सार्वजनिक भइरहेका छन् । फुयालका अनुसार प्रहरीमा सूचनामा नआएका र विदेशमा दुःख पाएर बसेका नेपालीको संख्या यकिन हुन सकेको छैन । तर, पीडितहरूले नेपाल आएर दिएको बयान अनुसार सयौं नेपाली प्रताडित छन् । 

आन्तरिक दुर्दशा डरलाग्दो
ब्यूरोले गत चैत २७ गते बर्दिया बाँसगढी नगरपालिका–१ की मुनु गुरुङ नाम गरेकी महिलालाई पक्राउ गर्यो । तारकेश्वर नगरपालिका–११ हिलेटोलमा पश्चिम युना खाजा घर सञ्चालन गरी बस्ने गुरुङले सात जना नाबालिकाहरूलाई यौनजन्य क्रियाकलापमा लगाएकी थिइन् । ब्यूरोले उक्त सूचना पाएपछि युवतीहरूको उद्धार गर्यो । साधारण पढेलेखेका र आर्थिक रूपमा विपन्न र गरिब परिवारका नाबालिकाहरूलाई काममा लगाइदिने बहानामा खाजा घरमा ल्याएर राखेकी गुरुङले शुरूशुरूमा वेटरको काम लगाएकी थिइन् । पछि प्रलोभन र धाकधम्की दिएर यौनजन्य क्रियाकलापमा लगाउने गरेको पीडित नाबालिकाहरूले प्रहरी बयानमा खुलाएका छन् ।

ब्यूरोका प्रवक्ता फुयालका अनुसार यो एउटा उदाहरण मात्रै हो । काठमाडौं उपत्यकाका केही होटल तथा रेष्टुरेन्ट र खाजा घरमा गोप्य रूपमा यौनजन्य क्रियाकलाप हुँदै आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर, यथेष्ट प्रमाण नहुँदा प्रहरीले सूचनाका आधारमा मात्रै छापा मापरेर पीडितको उद्धार र पीडकलाई कानुनी दायरमा ल्याउने गरेको ब्यूरोले जनाएको छ । ब्यूरोले नेपाल भित्रबाट ९० जनाको उद्धार गरेको छ । जसमा ६० जना महिला र ३० जना बालिका रहेका छन् । ‘आवरणमा खाजा घर, होटल र रेष्टुरेन्ट देखिन्छ तर, केहीको काम यीसँगै महिला र बालिकाहरूमाथि जबर्जस्ती यौनजन्य क्रियाकलाप गर्न लगाउने गरेको पाइएको छ,’ फुयालले लोकान्तरसँग भने,‘ काठमाडौंबाट बसमा चढाएर कपिलवस्तु पुर्‍याई जबर्जस्ती बलात्कार गरेका घटना पनि ब्यूरोको सूचनामा आएका छन् ।’ ​

चालु आर्थिक वर्षमा मानव बेचबिखन तथा तस्करी भएका मुलुक र उद्धार संख्या
भारत – ३३४
कुवेत – १०१
किर्किस्तान – ६
लिबिया – १७
ग्रिस – १
केन्या – १२
इन्डोनेसिया – १०
म्यानमार – २८
मलावी – ९
चीन – २
श्रीलंका – २९
इराक – २५
दुबई – २४
ओमन – ४१
कम्बोडिया – १
सिरिया – २
लावस – ५
बु्रनाई – २
जोर्डन – १
मलेसिया – १
कतार – १
घाना – १
थाइल्याण्ड – ५
माल्दिभ्स – १

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x