चैत २१, २०८०
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
दार्चुलाको व्याँसमा बन्ने हिमालय माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी र भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिव प्रशान्तकुमार सोनाले शुक्रवार संयुक्त रूपमा विद्यालय भवनको शिलान्यास गरेका हुन् । उक्त भवन निर्माणका लागि भारत सरकारले २.८२ करोड नेपाली रुपैयाँ उपलब्ध गराउने छ ।
‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत आवश्यक पर्ने अन्य सुविधासँगै दुई तले विद्यालय भवन, शौचालय, पर्खाल र प्रवेशद्वार निर्माणमा गरिने दूतावासले जनाएको छ ।
त्यसैगरी ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत ३.३७ करोड नेपाली रुपैयाँमा बनेको जनविकास माध्यमिक विद्यालयको नयाँ भवनको उद्घाटन गरिएको छ ।
दुहु गाउँपालिकामा बनेको भवनको गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिव सोनाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
दुई देशका सरकारबीच भएको सम्झौताअनुसार यी दुवै परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो ।
कार्यक्रममा बोल्दै दुवै गाउँपालिकाका अध्यक्षहरूले नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउँदै आएको सहयोगको खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।
नेपाल र भारतबीच बहुक्षेत्रीय सहकार्य हुँदै आएको छ ।
भारत सरकारको सहयोगमा बन्ने परियोजनाले नेपाली जनताको समुन्नतिमा मद्दत पुग्ने दूतावासको विश्वास छ ।
नेपाली शैक्षिक पूर्वाधारको विस्तारमा हातेमालो गर्न भारत सदैव तयार रहेको पनि दूतावासले जनाएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । साथै ४८९ वटा परियोजना सम्पन्न भइसकेका दूतावासले जनाएको छ ।
दूतावासका अनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना छन् । जसमा १० वटा परियोजना दार्चुलामा छन् ।
यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स उपलब्ध गराएको छ ।
यसका साथै ३०० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिसकिएको छ ।
जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कूल बस प्रदान गरिएको दूतावासले जनाएको छ । त्यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कूल बस दार्चुला जिल्लालाई उपलब्ध गराइएको थियो ।
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...