×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

पूर्वउपराष्ट्रपति पुत्र कारागार चलानदेखि माधवप्रति प्रचण्डको नरम नीतिसम्म

काठमाडाैं | बैशाख ८, २०८१

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश धरौटी रकम तिर्न नसक्दा कारागार चलान भएका छन् ।
रुपन्देही जिल्ला अदालतले पुनसँग शुक्रवार ४ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।
पुनले चार लाख धरौटी जम्मा गर्न नसकेपछि कारागार चलान गरिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।
सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका सात जनामध्ये ६ जनालाई रुपन्देही जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको थियो ।
००००
नेसनल पेमेन्ट गेट वे खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले लोकान्तरलाई जानकारी दिए ।
००००
कोशी प्रदेश सभाको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो ।

Muktinath Bank

प्रदेश सभा नियमावली बमोजिम नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीवार प्रदेश सभामा सो सङ्कल्प प्रस्ताव पेस गरेका थिए ।
००००
यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति लिएका हुन् । हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन् ।
००००
भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीलाई  काठमाडौँ महानगरपालिकाले  ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना बैंक दाखिला गर्न पत्र पठाएको छ । 
स्थानीय सरकार सञ्चालन ऐन  बमोजिम जरिवाना तोकिएको पत्रमा उल्लेख छ । 
००००
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभाको शुक्रवारको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले पठाएको अधिवेशन आह्वानसम्बन्धी पत्र सभामा सुनाएर बैठक स्थगन गरिएको हो । प्रतिपक्षी बेञ्च खाली भएपछि सभामुख कृष्णप्रसाद धितालले ६ मिनेटमै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरेका थिए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रदेखि कम्तीमा तीनवटा प्रदेशमा निर्णायक मत लिएर बसेको नेकपा एकीकृत समाजवादीलाई नचिढ्याउने नीति अख्तियार गरेका छन् । 
केन्द्रमा १० सिट तथा बागमती, सुदूरपश्चिम र मधेशमा पनि समीकरणका लागि निर्णायक रहेपछि समाजवादीलाई चिढ्याउनेभन्दा विश्वासमा लिएर हिँड्ने नीति उनले लिएका हुन् ।
००००
डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले राजनीतिक मुद्दा मिल्ने शक्तिहरूसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
महाधिवेशन आयोजक समितिका संयोजक डा बाबुराम भट्टराईको अध्यक्षतामा शुक्रबार पार्टी कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
००००
सभामुख देवराज घिमिरले प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
सिंहदरबारस्थित संसद् सचिवालयमा शुक्रबार आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
००००
छिमेकी मुलुक भारतमा जस्तै ५ वटा मुलुकमा प्रहरी सहचारी राख्ने प्रस्तावमा १० वर्षपछि मन्त्रिपरिषद् बैठकले संगठन व्यवस्थापन सर्वेक्षण (ओएनएम) समिति गठन गर्न स्वीकृति दिएको छ । 


Advertisment
Nabil box
Kumari

गत चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयलाई ओएनएम समिति गठनका लागि स्वीकृति प्रदान गरेको हो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x