×

NMB BANK
NIC ASIA

थाइल्यान्ड–म्यान्मार सीमा शहरनजिकै फेरि झडप शुरू

काठमाडाैं | बैशाख ९, २०८१

NTC
Premier Steels

बैंकक– एक साताको शान्तिपछि म्यान्मारको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको एउटा महत्त्वपूर्ण व्यापारिक केन्द्र नजिकै पुनः झडपहरू शुरू भएको एक सशस्त्र समूहका प्रवक्ता र थाई सेनाले शनिवार बताएका छन् । 

Muktinath Bank

सन् २०२१ मा सेनाले लोकतान्त्रिकरूपमा निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यान्मा द्वन्द्वको चपेटामा परेको छ । यसै महिनाको प्रारम्भमा म्यान्मारको व्यापारिक केन्द्र म्यावाडी वरपर भीषण लडाइँ शुरू भएको थियो र सेना सहरमा आफ्नो स्थितिबाट पछि हट्न बाध्य भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत साता यस क्षेत्र अधिकांश शान्त रहेको थियो र स्थानीय बासिन्दाले कुनै लडाइँ नभएको बताएका थिए । यद्यपि एउटा क्षेत्रीय गुटले शुक्रवार जारी स्थितिमाथि ‘गहिरो चिन्ता’ व्यक्त गरेको थियो । 


Advertisment
Nabil box
Kumari

जुन्ताविरोधी करेन नेसनल युनियन (केएनयू)का अनुसार पहिलेका झडपहरूमा केही सैनिकले म्याडवाड्डीलाई थाइल्यान्डको शहर माई सोटसँग जोड्ने एउटा पुलमुनि शरण लिएका थिए । केएनयूका प्रवक्ता पडोह साव ताव नीले म्यावाडीमा समूहले जुन्ताविरुद्ध लडिरहेको पुष्टि गरे । यद्यपि उनले थप विवरण दिएनन् । 

Vianet communication

शनिवार बिहान सीमामा तैनाथ थाई सेनाको एउटा एकाइले पुलमुनि जुन्ता सैनिकलाई निशाना बनाउने बलहरूसँग झडप भइरहेको बताएको छ । राजम्नु स्पेसल टास्क फोर्सले फेसबूकमा भनेको छ, ‘अहिले लडाइँ जारी छ, कुनै क्षतिको जानकारी प्राप्त भएको छैन ।’

दोस्रो मैत्रीपूर्ण पुलमुनि सशस्त्र बलहरूले सैनिकहरूविरुद्ध ‘ड्रोन’ तैनाथ गरेको राजम्नु स्पेसल टास्क फोर्सले बताएको छ । नगदको अभावमा रहेको म्यान्मारको सेनाका लागि म्यावाडी प्रमुख व्याापरिक विन्दु हो । थाई टास्क फोर्सले पुल बन्द भएको पुष्टि गर्दै त्यहाँ आफ्ना सैनिक उभिएको बताएको छ । 

थाई विदेशमन्त्री पर्नप्री बहिधा–नुकाराले ट्विट गर्दै शुक्रवार राति भएको झडपको रिपोर्टपछि स्थितिलाई नजिकबाट नियालिरहेको बताएका छन् । 

व्यापारिक शहर म्यावाडीका पोस्टहरूबाट सैनिकहरूलाई हटाउने निर्णय जुन्ताका लागि ठूलो झट्का थियो । यसबाट हालका महिनामा जुन्ताले धेरै घाटा बेहोर्नुपरेको छ । जुन्ताका लागि म्यावाडी विशेष महत्त्वपूर्ण छ । यहाँबाट अप्रिलसम्मको १२ महिनामा एक अर्ब १० करोड डलरभन्दा बढीको व्यापार भएको थियो ।

म्यावाडीका एक ट्रक चालकले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा आफूले झडपहरूको आवाज सुनेको बताए । ‘लडाइँ सहरमा नभएर सहरबाहिर भएको छ, हामीले अहिलेसम्म केही सुनेका छैनौँ ।’ स्थानीय थाई मिडियाले शनिबार बिहानै थाइल्यान्डमा प्रवेश गर्नका लागि लाइनमा उभिएका मानिसहरूको भिडियो साझा गरेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x