मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
कास्कीमा पछिल्लो समयमा बैंकिङ कसुरका घटना बढेका छन् । तीन महिना यतामात्र कास्की प्रहरीमा दर्ता भएका घटनामध्ये बैंकिङ कसुरसम्बन्धी घटना ४०.७३ प्रतिशत रहेको पाइएको छ । पछिल्लो तीन महिनामा दर्ता भएका ४८१ घटनामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका घटना दर्ता भएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका १३ का ४५ वर्षीय पुरुषले सीजी सिमेन्ट खरिद गरि विक्रेतालाई २८ लाख ५८ हजार ७ सय ११ रुपैयाँको नबिल बैंकको चेक काटिदिए । उक्त चेक बाउन्स भएपछि पीडित केही दिन अघिमात्र कास्की प्रहरीमा निवेदन दिन आएका थिए ।
यस्तै अघिल्लो हप्तामात्र कास्की प्रहरीमा ४५ लाखको चेक बाउन्स भएको उजुरी दिन पोखरा ४ की एक महिला पुगिन् । जग्गा खरिद गर्न रकम आवश्यक परेपछि पीडितले पीडकलाई ४५ लाख रुपैयाँ उपलब्ध गराएकी थिइन् । पीडितले प्रभु बैंकको चेक गत वर्षको असोजमा दिएका थिए । ६ महिनापछि पनि आफ्नो रकम फिर्ता नपाएपछि मात्र पीडित अघिल्लो हप्ता कास्की प्रहरीमा उजुरी दिन आएकी हुन् ।
बैंकिङ कसुरबाट पीडित अर्का ५२ वर्षीय पुरुष २ लाख रुपैयाँ चेक बाउन्स भएको निवेदन लिएर कास्की प्रहरी पुगेका थिए । ७० वर्षका पुरुष पनि ३ लाख २० हजार रुपैयाँको चेक बाउन्स भएपछि उजुरी लिएर प्रहरीसमक्ष पुगेका थिए ।
यी सबै घटना कास्की प्रहरीमा एकैदिन दर्ता भएका हुन् । प्रहरीले उपलब्ध गराएको तथ्यांक र घटना विवरण हेर्दापनि पछिल्लो समय बैंकिङ कसुरका घटना बढ्दो छ । बैंकमा रकम नभएपनि चेक दिने र कारोबार गर्ने व्यक्तिगत नियतका कारण पनि बैंकिङ कसुरका घटना बढेको कास्की प्रहरी प्रवक्ता वसन्त शर्मा बताउँछन् ।
‘पछिल्लो चरणमा अधिकांश मानिसले चेक दिने, पैसा नहुने अवस्था बढी छ । पैसा नभएपछि बाउन्सको मुद्दामा उजुरी गने घटना बढिरहेका छन्,’ उनी भन्छन्, ‘चेक टाट्नु, पैसा नहुनु नियतको कुरा हो । कसैले अन्जानमा दिनुभएको रहेछ । पहिलो चरणमा छलफल गराउँछौँ । छलफलबाट निष्कर्ष निस्किएन भने कानूनी प्रक्रियामा जान्छौँ ।’
यस्तै योबाहेक कास्कीमा अनलाइन ठगीका घटना पनि बढेका छन् प्रहरीको तथ्यांक हेर्ने हो भने २०७९ साउनदेखि २०८० पुष १२ सम्मको तथ्यांकमा २९४ वटा अनलाइन ठगीका घटना दर्ता भएका छन् । अनलाइनबाट २ करोड ५९ लाख ५६ हजार ६७२ रुपैयाँ बराबरका ठगीका उजुरी कास्की प्रहरीमा दर्ता भएका छन् ।
यसैगरी वैदेशिक रोजगारी र अनलाइन सामान खरिद उपहार पाउने लोभ देखाएर ठगी भएका छन् । त्यस्तै कुकुर खरिद गर्न १० हजार ३०० रुपैयाँ पठाएर ठगीमा परेको घटना पनि प्रहरीमा दर्ता छन् ।
अनलाइनमार्फत सामान पठाइदिन्छु भनी डेढ लाखसम्म ठगिएको प्रहरीको विवरणले देखाउँछ । त्यस्तै बैंक खाता ह्याक गरेर पनि अनलाइन ठगी भएका छन् ।
पछिल्लो तीन महिनामा जिल्लामा १८८ वटा अनलाइन ठगीका घटना दर्ता भएका हुन् । जसमध्ये १७३ वटा घटना अनुसन्धानमा छन् । यो अवधिमा मात्र २ करोड ५३ लाख २१ हजार १३७ रुपैयाँ ठगी भएको प्रहरीमा निवेदन आएको छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...