पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई जातका पछि नलाग्न आग्रह गरेका छन् । इलामको चुलाचुलीमा बुधबार भएकाे कोणसभालाई सम्बोधन गर्दै उनले एमालेका उम्मेदवारलाई मत माग्दा जातीय कुरा नगर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमाले पहिचानविरोधी नभएको स्पष्ट पार्दै जातका पछि नलाग्न आग्रह गरेका हुन् ।
इलाम–२ मा यही वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन आग्रह गर्दै उनले एमालेले जति अन्य कसैले पनि दलित, मुस्लिम र जनजातिलाई अवसर नदिएको दाबी गरे ।
‘जातीय आधारमा नभइ बिनाभेदभाव, योग्यता, क्षमताको आधारमा मूल्यांकन गरेर साथीहरू माथि पुगेका छन्,’ उनले भने, ‘त्यसकारण सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा सबै जुटौं । ’
जनतालाई दिने सेवा सुविधा र जिम्मेवारी बोक्ने उम्मेदवार सुहाङबाहेक कोही नभएको पनि ओलीले दाबी गरे । उनले स्व सुवास नेम्वाङले दिएको योगदान नबिर्सन पनि आग्रह गरे ।
राजनीतिमा सहीलाई सही भन्न सक्नुपर्ने बताउँदै ओलीले त्यसमा सुवास सँधै अगाडि रहेको उनले बताए । ‘ज्ञान, क्षमताको हिसाबले सुवासजी सबैका गुरु हुनुहुन्थ्यो । उहाँको असामयिक निधन भएपछि उहाँको क्षेत्रमा उहाँकै छोरालाई उम्मेदवार बनाएका छौं । उहाँको मर्मलाई बुझेर अलमलमा नपरी, भ्रममा नपरी मतदान गर्न पनि आग्रह गर्दछु,’ उनले भने ।
गठबन्धन र समीकरणले देश सँधै चल्न नसक्ने समेत बताएका छन् । ‘सँधै समीकरण र सधैँ गठबन्धनले देश चल्दैन,’ उनले भने, ‘मिसन– ८४ मा निर्णायक राजनीतिक राष्ट्रिय शक्तिको रुपमा हामीले देखाउनु पर्छ ।’
अब पनि अनेक प्रकारको जोड–घटाउ र मिलजुल गरेर, बहुमत पुर्याएर देश चल्न नसक्ने ओलीले स्पष्ट पारे । अहिले भने देशलाई बचाउन मात्रै समीकरण गरेको उनको भनाइ थियो ।
इलाम–२ मा एमालेका सुहाङ र नेपाली कांग्रेसका डम्बर खड्काबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
विशेषगरी पहिचान पक्षधरले एमाले र ओलीलाई पहिचानविरोधी बताउँदै आएका छन् । उनले मंगलबार यसैको सफाइ दिएका हुन् ।
इलाम–२ मा पहिचान पक्षधरले पनि डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार छन् ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...