×

NMB BANK
NIC ASIA

बदलिएकी सरस्वती

‘अटिजम’ भएका बालबालिकाकी गुरुआमा

बुटवल | बैशाख १५, २०८१

NTC
Premier Steels

रूपन्देहीको तिलोत्तमाकी सरस्वती भण्डारीको काम नामअनुसारकै छ । विद्याकी देवी सरस्वतीजस्तै उनको काम शिक्षाको ज्योति नै फैलाउनु हो । उनी ‘अटिजम’ भएका बालबालिकाकी गुरुआमा हुन् । तर उनको भूमिका आमाको भन्दा फरक छैन ।  अब जाऔँ सरस्वतीको यहाँसम्म आइपुग्दाको विगततिर ।  

Muktinath Bank

सरस्वतीलाई आठ वर्षअघि आमा बन्दा खुशीको सीमा थिएन । जुम्लाहा दुई छोरा संयम र सत्यम जन्मिँदा सरस्वतीको परिवारमा छुट्टै रौनक छाएको थियो । संयम र सत्यम सरस्वती र उनका श्रीमान् अर्जुन न्यौपानेका आँखाका तारा जत्तिकै थिए । हुर्किदै जादाँ डेढ वर्षपछि संयमले अस्वभाविक प्रतिक्रिया देखाउन थाले । सरस्वती र अर्जुनले आत्तिएर संयमलाई चेकजाँचका लागि काठमाडौं लगे । कान्ति बाल अस्पताल गएर बालरोग विशेषज्ञलाई देखाए । चेकजाँचपछि चिकित्सकले संयममा अटिजमको समस्या रहेको बताएपछि सरस्वती छाँगाबाट खसेजस्तै भइन् । आफ्ना छोरालाई लिएर हजारौं सपना सजाइसकेकी उनी त्यो रात र त्यसपछिका कैयौं रात निदाइनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिकित्सकले अटिजम भएका बालबालिकाका अभिभावकले ट्रेनिङ (तालिम) लिनुपर्ने सुझाए । त्यसपछि सरस्वतीले सो तालिम लिइन् । स्नातक उतीर्ण गरेर बोर्डिङ स्कूल पढाउँदै गरेकी सरस्वतीको चाहना आयोग उतीर्ण गरेर स्थायी सरकारी शिक्षक बन्ने थियो । तर, छोरामा अटिजमको समस्या देखिएपछि उनको जीवनको गन्तव्य नै बदलियो । 
रफ्तारमा अघि बढिरहेको उनले जीवनको लक्ष्य बदलिए पनि बाटो सहज पक्कै थिएन । उनले विस्तारै आफ्नो मनलाई दरिलो बनाइन् । छोराको राम्रो हेरचाह गर्दै अघि बढिन् । परिवारबाट पनि ढाडस पाइन् । सोही बेला आफ्नै गृहनगरी तिलोत्तमाको मणिग्रामस्थित शान्ति नमूना माविले फरक क्षमता (सुस्त मनस्थिति) र अटिजम भएका बालबालिकालाई पढाउने विशेष विद्यालयको योजनासहित छुट्टै भवन निर्माण गरिरहेको थियो । 


Advertisment
Nabil box
Kumari

त्यही समयमा सरस्वतीले बुटवलको अटिजम केयर सेन्टरबाट प्यारेन्ट्स चाइल्ड ट्रेर्निङ प्रोग्राम (पीसीटीपी)को तालीम लिएर आफूले त्यस क्षेत्रमा अझै निखारिन् ।  लुम्बिनी प्रदेश सरकारले शान्ति स्कूलमा अटिजम भएका बालबालिकालाई पढाउने गरी करारका शिक्षकको विज्ञापन गर्यो । सरस्वतीले आवेदन दिइन् । पछि छनोटमा पनि परिन् । अटिजम हुनु असक्षम हुनु होइन र उनीहरूलाई अवसर दिए जिन्दगी बदल्न सकिन्छ भन्ने अठोट गर्दै उनले सो समस्या भएका बालबालिका पढाउन थालेकी छिन् । हाल आठ वर्षका छोरा संयमलाई सँगै लिएर सरस्वती विद्यालय जान्छिन् । अटिजम भएका बालबालिकालाई पढाउने शान्ति मावि देशकै पहिलो र एकमात्र सामुदायिक विद्यालयमा पर्छ । 

Vianet communication

null

शान्ति माविले गत वर्षदेखि अटिजमको पठन–पाठनको विशेष कक्षा सञ्चालन गरेको हो । एक प्रकारको अपांगता मानिने अटिजम भएका बालबालिकालाई पढाउने काम भारी (गाह्रो) हो । तर, सरस्वतीले अहिले यसलाई कुनै गाह्रो र भारी काम मानेकी छैनन् ।

‘शारीरिक हिसाबले अशक्त, मानसिक रूपमा अस्वाभाविक अटिजम भएका बालबालिकाकी गुरुआमा बन्न पाउँदा मलाई खुसी लाग्न थालेको छ,’ उनी प्रश्न गर्छिन्, ‘घरमा थुनेर राखिएका, परिवारको उपेक्षा सहेर बसेका र समाजमा हेलाहाँसो बनाइएका निर्दोष बालबालिका स्याहार्न पाएकी छु, योभन्दा खुसीको कुरा अर्को के हुन्छ ?’
  
अचेल उनी छोरासहित शान्ति स्कूलको अटिजम बालबालिका स्कूलमा पढाउन तल्लीन रहेकी भेटिन्छिन् । सात जनाबाट पढाउन थालेकी सरस्वतीको साथमा अहिले आफ्नो छोराजस्तै २० जना बालबालिका छन् । उनी अहिले तिनै बालबालिकाकी आमा बनेकी छिन् । जन्म त अरूले नै दिए । उनी कर्म दिने आमा बनेर ती बालबालिकालाई सिकाइरहेकी छिन् । ‘यिनै हुन् मेरा भविष्य, यिनको खुशीमा आफ्नो खुशी भेटाउँछु । यिनको हाँसोमा मेरा सम्पूर्ण पीडा हराउँछन् । यिनीहरूमा केही परिवर्तन ल्याउन सकेकोमा म आफैँ हर्षविभोर हुन्छु । कतिपटक आँखाबाट आँसु बग्छन्,’ बालबालिकातिर हेर्दै सरस्वतीले भनिन्, ‘यी सबै बच्चाको आमाजस्तै भूमिका निर्वाह गरेकी छु । स्कूलले पनि यस्ता बालबालिकालाई पढाउन ठूलो सपोर्ट गरेको छ ।’ 

सरस्वतीले पढाउने स्कूलमा अटिजम बालबालिका पढ्नेबारे बुझ्न अहिले दैनिकजसो अभिभावक आउने गरेका छन् । स्कूलमा विद्यार्थी थपिइराखेका छन् । यसबाट उनी खुसी छिन् । तर समाजले गरेका केही व्यवहारबारे पनि सरस्वतीको चित्त दुःखाइ छ । ‘फरक क्षमता भएका बच्चा स्याहार गर्दै पठाउँछु पनि भन्दा समाजले सहज मानेको थिएन । मेरै पनि यस्तो बच्चा पनि जन्मियो भनेर पछाडिबाट वचन लगाउनेहरू पनि थिए । यी सबैलाई चिर्दै म अघि बढेकी छु,’ उनले भनिन् ।
अटिजम भएका बालबालिकाको भविष्यका लागि सरस्वती अझै केही योजना बनाउने सोचमा छिन् । उनका अनुसार अटिजम भएका बालबालिकाको वृद्धि र विकासमा सबैले सहयोग गर्न चाहेका छन् । ‘बच्चा राखिदिन आग्रह गर्ने अभिभावकको संख्या बढ्दो छ । मन भएर पनि सबै बालबालिकालाई अटाउन सकेका छैनौं,’ उनी भन्छिन्, ‘मन बाँधेरै बालबालिका फर्काउनु परेको छ । विस्तारै स्कूलको पनि क्षमता बढाउँदै जाँला ।’ 

स्कूलमा अहिले यस्ता बालबालिकाले घरभन्दा राम्रो स्याहार पाएको सरस्वती दाबी गर्छिन् । उनका अनुसार कतिपय बालबालिकाले त्यहाँ पुनर्जन्म पाएका छन् । अटिजम शारीरिक अवस्था पुरानै भएपनि नेपालमा नयाँ रोग हो । शुरूमा चिकित्सकसमेत यो रोगबाट खासै जानकार थिएनन् । साधारण मानिसलाई थाहा हुने कुरै भएन । बिस्तारै पछि मानिसमा चेतना विकास हुँदै जाँदा र इन्टरनेटको सहयोगले बुझ्दै गएका छन् । ‘स्कूलमार्फत त्यस्ता बालबालिका पनि लेखपढ र सीपमूलक काम पनि गर्न सक्ने भएपछि मानिसमा उनीहरूप्रतिको धारणा नै फेरिएको छ,’ उनले भनिन् । चिकित्सकका अनुसार नशा र शरीरका तन्तुमा हुने गडबडीका कारण बच्चामा अटिजम हुन्छ । सुस्त मनस्थिति जस्तो देखिए पनि अटिजम भएका बालबालिका असाधारण क्षमताका हुने उनीहरूको भनाइ छ । ‘यस्ता बालबालिकामा विलक्षण क्षमता पनि भएको हुन्छ । सही किसिमको हेरचाह र शिक्षा–दीक्षा दिने हो भने उनीहरूको क्षमता बाहिर ल्याउन सकिन्छ,’ आफूले पाएको तालिमलाई उद्धृत गर्दै सरस्वती भन्छिन् । 

उनका अनुसार अहिले देशभर धेरै बालबालिका अटिजमबाट ग्रसित छन् । तर, राज्य र घरपरिवारले उनीहरूलाई एउटा पनि पुनःस्थापना केन्द्र खोल्न नसकेकोमा उनी गुनासो गर्छिन् । ‘राज्य त परै जाओस्, आफ्नो परिवारले पनि स्यहार गर्दैनन् । अपांगता हुनु अपराध होइन भन्ने घरपरिवार र आफ्न्तले अझै बुझ्न सकेका छैनन्,’ उनले भनिन् ।

सरस्वतीका अनुसार पहिले अटिजम भएका बालबालिकालाई पढाउने पाठ्यक्रम तयार गरेको थिएन । अहिले तयार भएको छ । अटिजम भएका विशेष बालबालिकालाई आवश्यक पर्ने साइकोथेरापीलगायत अन्य उपचार र स्याहार आवश्यक पर्छ । शान्ति स्कूलमा यी सुविधा छन् । यसर्थ सरस्वती यसलाई अटिजम उपचार केन्द्रजस्तै पनि मान्छिन् । सरस्वतीले स्कूलमा बालबालिकाका लागि आवश्यक हरेक संकेत सिकाउँछिन् । बच्चालाई हातले इशारा गर्दै तस्वीरबाट सिकाइने गरिन्छ । बच्चाहरू पनि सिक्दै गरेको उनी बताउँछिन् । 

गाउँ समाजमा धेरै बालबच्चामा अटिजम समस्या देखिएपनि यसबारे अभिभावक खुल्न नसकेको सरस्वतीको बुझाइ छ । अटिजम भएको समय (दुई वर्षभित्रै)मै थाहा पाएमा थेपारी गरेर धेरै व्यवहारमा परिवर्तन र सुधार ल्याउन सकिने उनले जानकारी दिइन् । ‘बच्चामा यस्तो समस्या देखिएका लुकाउनु हुँदैन । लुकाएर आफैँले हेरचाह गर्नुपरेका बालबच्चा र अभिभावक दुवैका लागि दुःख हुन्छ । यसर्थ, समस्यालाई स्वीकार गरी अरूलाई पनि बुझाउँदै लैजानु पर्छ,’ उनी आग्रह गर्छिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x