कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उच्च अदालत विराटनगरले जबरजस्ती करणी मुद्दाका प्रतिवादी ‘सिद्धबाबा’ भनिने धर्मगुरु कृष्णबहादुर गिरीलाई ३० दिनभित्र अदालत उपस्थित हुन आदेश दिएको छ ।
उच्च अदालतका न्यायाधीश नरेशकुमार चौधरी र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले गिरीलाई अदालत झिकाउन आदेश गरेको हो ।
३० दिनभित्र गिरीलाई अदालतमा उपस्थित हुन आदेश भएको उच्च अदालत विराटनगरका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।
अदालतको आदेश गरेपछि पत्र समेत काटिसकेको छ । गिरीले पत्र बुझेपछि अदालत उपस्थिति हुनुपर्नेछ ।
अदालत उपस्थित नभए ३० दिनपछि पेशी चढ्ने र त्यसपछि अदालतले फैसला गर्ने कानून व्यवसायीहरूले बताए ।
यसअघि सुनसरी अदालतले आरोपित गिरीलाई गत वर्ष भदौ २७ गते सफाइ दिएको थियो ।
आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको आरोप उनीमाथि छ ।
अदालतले उनलाई दोस्रोपटक सफाइ दिएको हो । त्यसअघि उक्त मुद्दामा २०७७ साल मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई पहिलोपटक सफाइ दिएको थियो ।
यद्यपि, उच्च अदालतले पुनः प्रमाण बुझी फैसला गर्न आदेश दिएर मुद्दा सुनसरी अदालतमा पठाएपछि न्यायाधीश कोइरालाको इजलासले २७ भदौ २०८० मा सफाइ दिएको थियो ।
अदालतमा गिरीको महिला अनुयायीसँगको अडियो संवादलाई प्रमाणको रुपमा पेश गरिएको थियो । तर मुख्य प्रमाणको रुपमा पेश भएको सो ‘अडियो रेकर्ड’ परीक्षण गर्ने व्यक्तिको योग्यता नै नपुगेको उल्लेख गर्दै गिरीलाई सफाइ दिने फैसला अदालत गरेको थियो ।
त्यसपछि सरकारी वकिलको कार्यालयले जिल्लाको फैसलाविरुद्ध उच्च अदालत गएको थियो ।
२०७६ कात्तिक ४ गते काठमाडौंबाट आएकी महिला अनुयायीलाई सिद्धबाबाले आफ्नो कुटीमा बोलाएर करणी गरेको दाबीसहित २०७६ मंसिर ११ गते प्रहरीमा जाहेरी दर्ता भएको थियो ।
मध्यरातमा भेट्न आउनु भनेर बोलाएपछि गएकी महिलालाई गिरीले जबर्जस्ती करणी गरेको आरोप छ ।
अदालतमा गिरीले महिलासँग गरेको सम्वादलाई अडियो प्रमाणको रुपमा पेश गरिएको थियो । तर मुख्य प्रमाणको रुपमा पेश भएको ‘अडियो रेकर्ड’परीक्षण गर्ने व्यक्तिको योग्यता नै नपुगेको उल्लेख गर्दै जिल्ला अदालतले गिरीलाई सफाइ दिएको थियो ।
जिल्ला अदालतको फैसलाको पूर्णपाठमा अडियो रेकर्डको आवाज मिले पनि परीक्षण गर्ने नेपाल प्रहरीका कर्मचारीले कुनै विश्वविद्यालयबाट डिग्री नलिएको र अडियोको विश्वसनीयतामा पनि प्रश्न उठेका कारण प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने उल्लेख छ ।
पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि सिद्धबाबाले विराट नर्सिङ होमको बेडबाट महिलालाई फोन गरेर ‘अब त्यस्तो हुँदैन, त्यस्तो भयो भने लिङ्ग काटेर फालिदिन्छु’ भन्दै माफी मागेको अडियो सार्वजनिक भएको थियो ।
प्रहरीको विधिविज्ञान प्रयोगशालामा परीक्षण गर्दा सिद्धबाबाको आवाजसँग प्रमाणको रुपमा पेश भएको अडियो ७६.९ प्रतिशत मिलेको थियो ।
तर अदालतमा वकपत्र गर्दा परीक्षण गर्ने प्रहरी अधिकृतले अडियो परीक्षणको तालिम लिएको तर कुनै विश्वविद्यालयबाट अडियो अनुसन्धानमा डिग्री नलिएको बयान दिएका थिए ।
परीक्षण गर्ने अधिकृतको डिग्री नभएका कारण प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने फैसला गरेको थियो ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...