×

NMB BANK
NIC ASIA

धादिङका महिला नेतृ– सिफारिसमा परे तर उम्मेदवार बनेनन्

कात्तिक २०, २०७४

NTC
Premier Steels
धादिङ, ३ कात्तिक– आइतबार धादिङमा राजनीतिक दलहरुले तामझाँमका साथ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि उम्मेदवारहरुको मनोनयन दर्ता गराए । तर प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनको मनोनयनमा पुरुष उम्मेदवार मात्रै परेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालले धादिङबाट दुुई–दुुई जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएपनि केन्द्रबाट भएको टिकट बाँडफाडमा यी महिलाहरुको नाम स्वीकृत भएनन् ।

नेपाली कांग्रेसले क्षेत्र नम्बर २ को क बाट कांग्रेस नेतृ कल्पना अधिकारी र क्षेत्र नंबर १ ख बाट कल्पना इटनीको नाम केन्द्रमा पठाएको थियो । यस्तै एमालेले पनि क्षेत्र नंबर २ क पार्वती खाँड राई र ख बाट इन्दिरा ढुुंगानाको नाम पठाएको थियो । तर केन्द्रबाट नै महिलाहरुको नाम स्वीकृत नगरेपछि महिला नेतृहरुले प्रतिनिधि सभा र प्रदेश सभाा उम्मेदवार बन्न पाएनन् ।

संविधानले ५० भन्दा धेरै प्रतिशत महिलाहरुको अधिकार स्थापित गरे पनि १० प्रतिशत महिलाहरु पनि चुनावमा लड्ने अधिकारी नपाएको कांग्रेस नेतृ कल्पना अधिकारीले बताइन् ।

उनले लोकान्तरसँग भनिन्,‘ नेपाली राजनीतिको मैदानमा हामी अधिकार पाप्तीको लागि लडिरहेकै हौं । वास्तव मै यो जुंगाको लडाइ हो । हामीले हाम्रो अधिकारको लागि अझै ५० औ वर्षसम्म लडिरहनुपर्ने जस्तो देखिएको छ । संविधानले दिएको अधिकारलाई मिलाउन समानुपातिक ाट लाने प्रचलन मात्रै छ । यसले महिलाको मनोवल झन् घटाइरहेको छ ।’

यस्तै नयाँ शक्ति केन्द्रकी केन्द्रीय सदस्य कल्पना धमलाले पनि अहिलेको राजनीतिक पार्टीहरुले सत्ता र शक्तिमा केन्द्रीत भएको भन्दै महिलालाई कार्यकारी अधिकार दिन दलहरु तयार नभएको बताइन् ।

उनले भनिन्,‘ पुरुष मानसिकता मै केन्द्रित रहेर यो देशको कानूून बनेको छ, पाटीको सिद्धान्त बनेको छ, अनि कसरी दिनुहुुन्छ । धादिङ मात्रै हैन देशभर पनि ३३ प्रतिशत महिला प्रत्यक्ष तर्फबाट पुग्दैनन् । समानुुपातिक बाट मात्रै महिलाहरु आउने हुन्छन् ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x