×

NMB BANK
NIC ASIA

उच्च पदस्थमाथि अख्तियारको आँखा: पूर्व मुख्यसचिव र आइजीपीसँग बयान र १३ पन्ने फारम !

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, १९ कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व तथा बहालवाल उच्चपदस्थ कर्मचारीमाथि आँखा लगाएको छ । आयोगले विगत दुई महिनादेखि झण्डै दुई सय जना बरिष्ठ अधिकारीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

सोही क्रममा आज पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षेत्री, पूर्व आइजीपी उपेन्द्रकान्त अर्याल, तत्कालिन उर्जा सचिव अर्जुनकुमार कार्की, बहालवाला सचिव गजेन्द्र ठाकुर काठमाडौं महानगरपालिकाका डिएसपीहरु धनपति सापकोटा र राजुनाथ पाण्डे लगायतसँग बयान लिएको छ ।

अख्यितयार स्रोतका अनुसार पूर्व मुख्यसचिव क्षेत्री र कार्कीले तत्कालिन उर्जा सचिवको रुपमा अख्तियारमा बयान दिएका हुन् । उनीहरुसँगै बहालवाला सचिव ठाकुरले पनि बयान दिएका छन् ।

विद्युत प्राधिकरणको ट्रान्सफर्मर खरिद प्रकरणमा दोषि देखिएको शंकामा अख्तियारले उनीहरुसँग बयान लिएको हो । प्राधिकरणमा भएको घोटलाको मुद्दा विशेष अदालतमा चलिरहेकै बेला उक्त मुद्दालाई प्रभावित गर्नेगरी कन्सलटेन्ट नियुक्त गरेको आरोप पनि उनीहरु माथि लागेको छ ।

विद्युत प्राधिकरणमा मध्यस्तताको भूमिकामा रहने भएकाले पूर्व मुख्य सचिव क्षेत्रीले पनि बयान दिएका हुन् ।
यस्तै अख्तियारले अकुत सम्पत्ति कमाएको अाशंकामा पूर्व आइजीपी अर्याल र काठमाडौं महानगरपालिकाका दुई जना डिएसपीसँग बयान लिएको छ । केही दिन अघि आइजीपी अर्यालले अख्तियारमा पुगेर १३ पन्ने सम्पत्ति विवरण समेत भरेका थिए ।

‘अख्तियारले २ सय जना विशिष्टहरुमाथि अनुसन्धान गरेको साँचो हो, सोही क्रममा आज उनीहरुले अख्तियारमा बयान दिएका हुन्,’ अख्तियार स्रोतले लोकान्तरलाई भन्यो, ‘बाँकी अनुसन्धानकै क्रममा छ ।’ सबैले आज अख्तियार पुगेर बयान दिएका हुन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x