×

NMB BANK
NIC ASIA

एक बोरा चामल ल्याउन १६ दिन !

कात्तिक २६, २०७४

NTC
Premier Steels

मुगु २६ कात्र्तिक – हुम्ला जिल्लाका खाद्य डिपोहरुमा चामलको अभाव भएको छ । चामल अभाव भएसँगै ७ दिनको पैदलबाटो हिडेर मुगुको गमगढी खाद्य संस्थाान शाखाबाट हुम्लावासीहरुले खसी, भेडा र खच्चरमा  बोकाएर धमाधम चामल ओसारी रहेका छन् ।

Muktinath Bank

खाद्य संस्था सिमिकोट शाखा र सर्केगाड डिपोमा चामलको अभाव भएपछि अधिकांस हुम्लीहरु मुगुबाट खाद्य लिन थालेका  हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुम्लाका अधिकांश स्थानीयहरूालई घरको अन्नले ६ महिना मात्र खान पुग्छ । हुम्लाको धेरैजसो ठाउँमा धान नै फल्दैन  । हुम्लाबाट सात दिन हिँडेर मुगुमा चाम लिन आएका सिमकोट गाउँपालिका ८ स्याडा गाउँका धन बहादुर बुढाले बताए ।  


Advertisment
Nabil box
Kumari

उनले घर फर्किन पनि ७ दिन नै लाग्ने बताए । दुई दिनमा भारी तयार गरेर घरबाट हिँडेको १६ दिनमा घर पुगिने उनले बताए ।

Vianet communication

खाद्य संकट भएपछि खार्पुनाथका ४५ बर्षिय नाना रावलले अब चामल ल्याउने नेतालाई आफूले भोट हाल्ने बताए । चुनाव आएपछि गाउँ आउने नेताले अनेक कसम खाने गरेपनि आफूहरुले वर्षेनी यस्तो समस्या झल्ने गरेको रावलले बताए ।

गाउँमा मोटरबाटोदेखि मन्सुली चामल पुर्याइदिने कसम खाएर चुनाव जितेका नेताहरुले गाउँको समस्यामा ध्यान नदिएको सिमकोटका चन्द्र बुढाले बताए । ‘कुहीएको मोटो चामल पर्याप्त ल्याएपनि हामी खुसी हुने थियौँ,’ उनले भने, ‘मसिनो मनसुली चामल चाहिँदैन । कम्तीमा हाम्रो भोकमारीको समस्या त टरोस् ।’

हुम्लाबाट मुगु आइपुगेकाहरुले भोट हाल्ने औंलामा हस्तरेखा मेटिन थालिसकेको भएपनि अहिलेसम्म विकास नभएको बताए । खाद्य संस्थामा चामल समेत नपाइने उनीहरुले बताए । हुम्लामा पाँच किलो चामल पाउन सिडियोको सिफारिसका लागि दिनभरी लाइनमा बस्नुपर्ने उनीहरुले बताए ।

‘हाम्रो जीवन कहाली लाग्दो छ,’ चन्द्रबहादुरले भने, ‘नेताहरु चुनाव जितेपछि काठमाडौं दगुर्छन् । हाम्रो दुःख कसैले हेरेन ।’ भोकमरीले गर्दा घरका गाईवस्तु र भाँडाकुँडा समेत बेचेर मुगुको चामलले १२ जना परिवार पाल्नु परेको नाना रावलले सुनाए । ‘नेतालाई भोट दियो, चामल त ल्याउँदैनन् । विकास कसरी ल्याउँथे,’ उनले भने ।

सुरबीर शाही, जीवन शाही, चक्रबहादुर शाही, लाल शाही, छक्कबहादुर लामा र गोरख बोगटीलाई हुम्लावासीले भोट दिएको भएपनि उनीहरुले मतदाताको मर्म नबुझेको हुम्ला उनापानी गाउँका दत्त फडेराले बताए  ।
 
‘चुनाव अघि नै जुन नेताले चामल दिन्छ हामी उही नेतालाई भोट दिन्छौ,’ फडेरा भन्छन्, ‘तर अब नेताको भर लाग्न छोडिसक्यो । कुनै पार्टीको पछि लाग्दैनौं ।’

सिमकोट खाद्य संस्थानमा चामल नपाउने र यता सर्केगाड खाद्य डिपोमा पनि चामल नभएपछि मुगु बाट चामल ओर्सादै पेट पाल्ने हुम्लीहरु आफ्नै नेता प्रति रुष्ट भएका छन् ।

धान, कोदो, चिनी, फापर, सिमि लगायत कात्तिके बालीले घरको भकारी भर्नु पर्ने बेला हुम्लीहरु मुगु बाट खाद्यको चामल लिएर भकारीमा हाल्दै छन् । यो पटक पनि हुम्लामा भोकमरी उत्पन्न भएको छ । 

सिचाईंको अभाव र आकाशे खेतीको भरमा परर्निभर हुम्लीलाई करिव तीन बर्ष यता देखि भोकमरीको ठूलो पिडा खेप्नु परेको छ । परिवार पाल्न पुख्र्यौली धनसम्पति बिक्री गर्दै उनीहरु छाकटार्न थालेका छन् ।
 
दशैं र तिहार सकिए लगत्तै मुगुबाट चामल ओर्सान हुम्लीहरुको लर्को नै लाग्न थालेको छ । मुगु खाद्य संस्थानको गोदाम अगाडि चामल बोक्ने हुम्लाका भेडा खसी च्याङग्रा खच्चरको हुल देखिएको छ ।
 
मृत्यु हुँदा र जन्मिदा २० किलो निशुल्क चामल समेत नपाएको र सरकारले झुट्टा कुरा गरिरहेको खार्पुनाथ गाउँका गोरखबहादुर बुढाले बताए । ‘काजकिरिया गर्न एक माना चामल पनि पाउँदैनौं, हाम्रो पीडा कसले सुन्छ ?’ उनले भने ।

हुम्लाको तल्लो भेग खार्पुनाथ, सर्केगार्ड, अदानचुली, चंखेली, दार्म, जैर लगायत गाउँपालिकाका हुम्लीहरु बाह्रैमास मुगु बाट चामल बोक्ने गरेका छन् ।

मुगुमा ३० किलो चामलको १२ सय ८० मुल्य पर्छ भने हुम्लाको सर्केगाड, रिप, उनापानी, खार्पुनाथ, लाली, पिउस लगायत बस्तीमा करिव ६ हजार र हुम्ला सिमकोट ८ स्याडा गाउँमा १ क्विन्टल चामलको ११ हजार मुल्य पर्ने गरेको छ । जसको मुगुमा ४३ सय मुल्य पर्छ । 

एक  किलो चामलको मुगुमा ४३ रुपैया छ भने हुम्लाका गाउँहरुमा १ सय २० पर्ने गरेको हुम्ली वासीको भनाइ छ । मूल्य भन्दा ढुवानी भाडा महंगोपर्ने गरेको उनीहरुले बताए ।

२ साता यतामात्रै हुम्ला वासीहरुले ८० क्विन्टल चामल मुगु खद्य संस्थाबाट ब्यक्तिगत रुपमा किनेर हुम्लातिर भेडा खच्चरबाट लगेको नेपाल खाद्य संस्थान मुगु शाखा प्रमुख भरत खनीयाँ ले लोकान्तरलाई बताए ।

हुम्ला सर्केगाड डिपोको चामल मुगु खाद्य शाखाबाट सर्केगाड सम्म लैजान प्रतिकिलो २९ रुपैयाँमा ठेकेदारले स्विकृत लिएका हुन् । तर उनलाई प्रतिकिलो ३५ रुँपैया पर्न गएकोले ढुवानीको कारण पनि  समयमा चामल पुग्न नसकेको खनीयाँले बताए ।

चामल ढुवानीको ठेक्का लिनलाई हानाथाप र धेरै प्रतिस्पर्धा भएकै कारण समयमा सम्वन्धित ठाउँ सम्म चामल पुग्न  सकिरहेको छैन ।

सडक संजालले नछोएको हुम्लामा हरेक बर्ष भोकमरीको समस्या पर्दा मुगुको गमगढी र बाजुराको कोल्टी बजारबाट चामल बोकेर परिवार पाल्नुपर्ने वाध्यता छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x