×

NMB BANK
NIC ASIA

लागूऔषधको 'हब' बन्दै धरान, यसरी बिग्रँदैछन् लाहुरेका छोराछोरी !

पुस ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

धरान ६ पुस– पछिल्लो समय राजधानी काठमाडौँ उपत्यका, पोखरा, नारायणगढ, बुटवल, धरान, बिराटनगर लगायतका शहरमा लागूऔषधको कारोबार तथा प्रयोग बढ्दै गएको पाइएको छ । 

Muktinath Bank

नेपाल प्रहरीले पक्राउ गरेको लागूऔषध, यसका कारोबारी र प्रयोगकर्ताको  तथ्याङ्क हेर्दा यी प्रमुख शहरहरुमा यस्ता धन्दा बढ्दै गएको देखिन्छ । बिगत केहि बर्ष यता पूर्वको सुन्दर नगरी धरान लागूऔषधको हबको रुपमा परिणत भइरहेको तथ्याङ्कले देखाउँछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

इलाका प्रहरी कार्यालय धरानका अनुसार आर्थिक बर्ष २०७१/७२ मा ६७ जनालाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा चलाइएको थियो । आर्थिक बर्ष ०७२/७३ मा यो संख्या बढेर १७१ पुग्यो । आर्थिक वर्ष ०७३/७४ मा व्यापक रुपमा लागूऔषध सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिए पनी युवामाझ लोकप्रिय शहर धरानमा यसको खासै प्रभाव नपरेको प्रहरीले जनाएको छ । 

Vianet communication
Laxmi Bank

इलाका प्रहरी कार्यालय धरानको रेकर्ड अनुसार यो आर्थिक बर्षमा २ सय २६  जनालाई मुद्दा चलाएको छ । यो बर्षको साउनदेखि मंसिरसम्म जम्मा चार महिनामा ९० जनालाई मुद्दा चलाइसकेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलका अनुसार यी सबै लागूऔषध ओसार–पसार र बेचबिखनमा संलग्न मानिसहरु हुन् । उनका अनुसार पक्राउ पर्ने अधिकांश १६ देखि २५ बर्ष उमेर समूहका छन् ।

ओसारपसारमा महिला, प्रयोग गर्ने लाहुरेका सन्तान 
धरानमा लागूऔषध ओसार–पसारमा पछिल्लो समय महिलाहरु संलग्न हुन थालेका छन् । ‘मोटरसाइकल तथा स्कुटरमा नेपाल–भारत सीमाना जोगबनीबाट लुकाइ छिपाइ ल्याएर धरानमा बिक्रीवितरण गर्ने महिलाको संख्या पनि बढ्दो छ,’ वडा प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव निरीक्षक जस बहादुर लिम्बुले लोकान्तरसँग भने । उनका अनुसार अहिले धरानमा लागूऔषध प्रयोग गर्नेमा अधिकांश लाहुरेका छोरा–छोरी छन् ।

‘सम्पन्न परिवारका सदस्य भएकाले खासै आर्थिक समस्या पर्दैन । त्यसैले उनीहरुले सजिलै लागूऔषध प्राप्त गर्न सक्छन । घरमा अभिभावक नहुने भएकाले सेवन गर्न पनि समस्या हुँदैन,’ लिम्बुले भने । 

त्यतिमात्र नभएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरिरहेका मेडिकल विध्यार्थीहरुले समेत लागूऔषध सेवन गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । केही मेडिकल हलहरुले पनि खुल्ला रुपमा लागूऔषध तथा लागूऔषध सेवन गर्न प्रयोग हुने सिरिन्ज (सुई) को बिक्रि गरेको भेटिएको छ ।

बस्तीमा पाइने, खोलाको किनारमा भेटिने 
धरान बजार र यस वरिपरी को क्षेत्रमा केहि यस्ता बस्तीहरु छन् जहाँका सबै व्यक्तिले लागूऔषध ओसारपसार र बिक्रीवितरण गर्छन् । पानबारा बस स्टेन्ड नजिकको सुकुम्बासी बस्ती र धरान–१७ रेल्वे लाइनमा रहेको सुकुम्बासी बस्ती लागूऔषध तथा घरेलु मदिरा बिक्रिवितरण हुने मुख्य ठाउँ हो । बेरोजगार समस्याले गर्दा यस क्षेत्रका प्राय सबै युवाको धन्दा भनेको जोगबनी गएर लागूऔषध किन्ने र धरानमा बेच्ने रहेको छ ।

धरानका सबैजसो लागूऔषध प्रयोगकर्ताको सेवन गर्ने स्थान भनेको खोलाको किनार र एकान्त स्थानहरु हुन् । पानबारा स्टेन्ड नजकैको खहरेखोलाको किनारमा आहिले पनि लागूऔषध प्रयोग गरिसकेका सुईका खोल र सुईहरु भेटिन्छन् ।

एचआइभी संक्रमण बढ्ने खतरा
वडा प्रहरी कार्यालयका धरानका प्रमुख जस बहादुर लिम्बुका अनुसार धरानमा करिब पाँच हजार लागूऔषध प्रयोगकर्ता छन् । जसमध्ये पनि अधिकांश कलेजका विधार्थी र कशोर किशोरीहरु छन् । उनका अनुसार करिब १० प्रतिशतको हाराहारीमा एचआइभी संक्रमितहरु छन् । धरान क्षेत्रमा प्रयोग गरिने लागूऔषध  भनेको सुईद्वारा लिइने नशा नै हो । जसको खुल्ला प्रयोगले संक्रमितको संख्या छिट्टै बढ्ने खतरा पनि रहेको छ ।

सीमामा कडाइ नहुँदा समस्या : प्रहरी 
धरानमा लागूऔषध भित्रिने मुख्य तीन बाटो छन् । धनकुटाको छिन्ताङ्ग र भोजपुरको हसनपुरबाट गाँजा र चरेस भित्रिन्छ । विष्णुपादुका क्षेत्रमा प्रसस्त गाँजा पाइन्छ । साथै यही बाटो भएर सुनसरीको झुम्का हुँदै लागूऔषध धरान ल्याइन्छ । इटहरी हुँदै धरान प्रवेश गर्ने बाटो नै लागूऔषध भित्र्याउने मुख्य बाटो हो ।
 
अधिकांश मात्रामा यो बाटो हुँदै लुपिजेसिक, एभिल, डाइजापाम, फेनेरागन, नोर्फिन, मोप्रोक्सिभन, एसपीजस्ता लागूऔषध धरान भित्रिने गरेको छ । र प्रहरीले पनि सबै भन्दा धेरै यहि बाटोमा नै लागूऔषध बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलका अनुसार भारतसँग खुल्ला सीमाना भएको कारणले गर्दा पनि सजिलै लागु–औषध नेपाल भित्रिने गर्छ । 

प्रहरीको क्षेत्रअन्तर्गत पर्ने सीमा क्षेत्रमा सुरक्षा जाँचमा कडाइ नहुँदा समस्या भएको उनी स्वीकार्छन् । ‘पर्याप्त जनशक्ति नहुँदा पनि समस्या परेको छ । चुनावको प्रेसर सकिएकोले जनचेतना कार्यक्रमसँगै नियमित जाँच कडा गर्छौं,’ नायव उपरीक्षक पौडेलले लोकान्तरसँग भने । 

पछिल्लो समयमा भारतको जोगबनीमै गएर लागूऔषध सेवन गरेर फर्किनेको संख्या पनि बढेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x