भदौ २७, २०८०
सुन तस्करी सम्बन्धमा कर्मचारीमाथि धरपकड शुरू गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले काम ठप्प पारेका छन् । साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका क...
माघ २०, २०७४
प्रायजसो फुर्तिलो देखिने सन्ध्या अलि थकानमा जस्तो देखिन्थिन् । मैले उनको अनुभवबारे जान्न र केही अन्तरंग कुराकानी गर्न भनी बोलाएको थिएँ । मेरो अनुरोध मानी कुपण्डोलमा आउँदाको अवस्था हो यो उनको । आजभन्दा ६ महिनाअगाडि आफ्नो लिङ्ग परिवर्तन गरेकी हुनाले होला अलिक कमजोरजस्तो देखिएकी ।
मैले पहलो प्रश्न गरेँ -
अलि काली हुनुभएछ नि ?
होर ? हैन होला, म त यस्तै हो ।
आज त अलिक फरक हुनुुहुन्छ ?
हैन अलिक थकाई लागेको मात्र हो ।
यो मैले बाटैमा सोधेको प्रश्न थियो ।
यसभन्दा अगाडि तेस्रोलिङ्गी रहेकी सन्ध्याले थाइल्याण्डमा गरएर लिङ्ग परिवर्तन गराएकी थिइन् । हेटौंडामा जन्मेकी सन्ध्याले मानविकीमा प्लस टूसम्मको अध्ययन गरेकी छन् ।
केटाबाट केटी हुनु भो, कस्तो अनुभव गर्नुभएको छ ?
शुरुमा त अलि गह्रो नै भयो । पहिला केटा थिएँ (तेस्रोलिङ्गी केटा) अहिले पूर्णरुपमा केटी भएकी छु । म पहिलेदेखि नै केटीको जस्तो अनुभव गर्ने भएकाले खासै त्यस्तो परिर्तन भएको अनुभव गरेकी छैन, तर विषेशजस्तो लाग्छ अहिले ।
केटी नै किन बन्न मन लाग्यो ?
म सानैदेखि केटीको स्वभावकी थिएँ । सानो छँदा केटीहरुका कपडा लगाउने, मेकअप गर्ने, भाँडाकुटी खेल्ने गर्थेँ । म केटी हँु जस्तो लाग्थ्यो । केटाहरुको समूहभन्दा पनि केटीहरुको समूहमा खेल्न मन पथ्र्यो । पछि आएर थाहा भयो, केटाकेटी भन्दा अर्को पनि लिङ्ग हुँदोरहेछ ।
म तेस्रोलिङ्गी भन्ने कहिले थाहा पाउनुभयो ?
२०६३ सालमा एसएलसी दिइसकेपछि काठमाडौं आएँ, त्यसपछि बल्ल म तेस्रो लिङ्गी रहेछु भन्ने भयो । अझ ब्लू डाइमण्ड सोसाइटीमा आबद्ध भएपछि सेक्सुयालिटी र जेन्डर फरक हुँदो रहेछ भन्ने कुरा थाहा पाएँ ।
लिङ्ग परिर्वन गर्न कति खर्च लाग्दो रहेछ र कहाँ गएर गर्नुभयो ?
खर्च त १० लाखभन्दा बढी लाग्यो, अहिले पनि खर्च भइराखेको छ । मैले थाइल्याण्डमा गएर लिङ्ग परिवर्तन गराएकी हुँ ।
प्रेम प्रस्ताव आयो ?
आयो ।
लिङ्ग परिर्वतनपछि पनि आयो कि ?
हाहा, आयो किन न आउनु, धेरै जनाको आयो । मेरो ब्वाइफ्रेन्ड पनि छ । अहिले हामी रिलेशनमा छौं ।
लिङ्ग परिर्वनपछि सेक्स अनुभव लिनुभयो ?
लिएँ, किन नलिनु ।
कोसँग ?
मेरो पार्टनरसँग ।
पहिलो र अहिले के फरक छ यौन अनुभवमा ?
फरक त छ । पहिले अर्कै थियो, अहिले पूर्णरूपमा केटी भएकी छु । केटीको पूर्ण फिलिङ्स छ ।
तेस्रोलिङ्गीहरू प्रायःजसो यौन व्यवसायमा आबद्ध छन्, तपाईं पनि हुनुहुन्थ्यो, कस्तो हुन्थ्यो अनुभव ?
पीडादायी थियो । यो तेस्रोलिङ्गीको बाध्यता पनि हो । शुरुमा सानै थिएँ । कसरी यौन व्यवसायमा आएँ थाहा छैन । तर, अहिले म पूर्णरूपमा सामाजिक सेवामा लागेकी छु र अहिले केटी हुँ ।
अहिले पनि यौन व्यवसायमै रहेका तेस्रोलिङ्गीलाई के भन्नुहुन्छ ?
तेस्रोलिङ्गी भएर यौन व्यवसायमै लाग्नुुपर्छ भन्ने छैन, अन्य कुनै व्यवसाय गरेर पनि सम्मानजनक तरिकाले जीवन चलाउन सकिन्छ । ब्यूटीपार्लर, बुटिक, सिलाइकटाइ, व्यपार आदि गर्न मेरो अनुरोध छ ।
सुन तस्करी सम्बन्धमा कर्मचारीमाथि धरपकड शुरू गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले काम ठप्प पारेका छन् । साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका क...
काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खु...
काठमाडौं – कमलादिको गणेश मन्दिर छेउमै जमराको जुस बनाउँदै थिइन् डोल्मा गुरुङ । गोरखाकी डोल्माको दिनचर्या जमराको जुस बनाउँदैमा बित्छ । त्यसबाट उनले दैनिक १४–१५ सय रुपैयाँ कमाउँछिन् । बिहान ५ बजे...
मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...
काठमाडौं ४ - माघ तीनकुनेमा रहेको करिब ५० रोपनी खाली जग्गामा आधुनिक पार्कसहित विश्वको ठूलो मुर्ति बनाउने योजना महानगरले ल्याएपछि राजधानीबासी उत्साही भएका थिए । तर उक्त योजना अनुसार काम अघि बढेक...
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नक्सा जारी गरेपछि नेपाल र भारत दुवैतर्फबाट ‘प्रमाण जुटाउने युद्ध’ छेडिएको छ । नेपालका तर्फबाट कतिपय प्रमाणहरू मिडियामा छताछुल्ल भएपछि भारतले त्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...