माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
काठमाडौं, २५माघ–नेपालकै जेठो वीर अस्पतालको आकस्मिक कक्षको प्रवेशद्वार अगाडि ठूलो होडिङ बोडमा एक फार्मेसीको प्रचार गरिएको छ । आरफ फार्मेसीको होडिङबोडमा लेखिएका सेवाका अक्षरहरु आकर्षक देखिन्छन् । आरफ अगाडिबाट होडिङबोड आकर्षक देखिए पनि टहरामा संचालन गरिएको महंगो फार्मेसीका औषधि भने भुइँमा असरल्ल देखिन्छन् ।
बिरामीको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने जटिल रोगका औषधिहरु फार्मेसीको पछाडिपट्टि खुल्ला जमिनमा अव्यवस्थित रुपमा राखिएको छ । बुधवार लोकान्तरकर्मी वीर अस्पताल पुग्दा फार्मेसीका एकजना कर्मचारी च्यातिन लागेको पुरानो त्रिपालले खुल्ला ठाउँमा रहेको औषधि र स्लाइनहरु ढाकछोप गर्दै थिए ।
फार्मेसीले घाम र पानीबाट जोगिने गरी सुरक्षित भण्डारण गर्ने कक्ष बनाएर औषधिहरु राख्नुपर्ने सरकारी मापदण्ड छ । तर यो फार्मेसीमा औषधि र स्लाइनहरु लथालिङ्ग तरिकाले राखिएको देखिन्छ ।
वीर अस्पतालमा उपचारको लागि आउने अधिकांश बिरामीले यस्तै फार्मेसीको औषधि प्रयोग गर्छन् । औषधि लिन फार्मेसीमा आउने विरामीलाई फार्मेसीकै फर्मासिस्टहरुले घाम र पानीबाट औषधिलाई जोगाउँनु भन्दै सुझाव दिन्छन् । तर उनीहरुले आफंैले भने औषधिलाई वेबारिशे ढंगले राखेका छन् ।
औषधि बेच्ने फर्मासिस्टहरुलाई औषधि र स्लाइनहरुलाई घाम पानीबाट जोगाउन पर्छ र औषधिको व्यवस्थित तरिकाले भण्डारण गर्नुपर्छ भन्ने राम्रो ज्ञान छ । तर औषधि भने पुरानो त्रिपालमुनि छन् ।
काठमाडौंका अन्य अस्पताल अगाडि सञ्चालनमा रहेका फार्मेसीको हालत पनि उस्तै छ । आरफ फार्मेसीमा कार्यरत कर्मचारीहरु औषधि भण्डारको अवस्था देख्दा आफुलाई पनि अप्ठ्यारो लाग्ने बताउँछन् ।
औषधि र स्लाइनलाई सफा स्थानमा राम्रोसँग भण्डार नगर्दा त्यसको प्रभाव कम हुने भएपनि फार्मेसीले सुरक्षित भण्डारणमा उचित ध्यान नदिएको फार्मेसीका एक कर्मचारीले लोकान्तरलाई बताए ।
‘औषधि र स्लाइनहरु घामपानीबाट जोगाएर व्यवस्थित सँग राख्नुपर्छ । जथाभावी रुपमा राखियो भने यसले पनि काम गर्दैन भन्ने त थाहा छ । आफैलाई लाज लाग्छ, यहाँ सबैकुरा व्यवस्थित छैन,’ उनले लोकान्तरसँग भने, ‘हामीले फार्मेसी संचालकलाई त भनेका छौं औषधि र स्लाइनहरु खुल्ला ठाउँमा राख्दा विग्रन्छ भनेर । तर खै अस्पतालको कमजोरी हो कि संचालकको लापरबाहिले गर्दा हो औषधिको भण्डार गर्ने ठाउँ नै बनाइएको छैन ।’
वीर अस्पतालको जग्गा र भवनमा रहेको यो फार्मेसी संचालनमा आएको सात वर्ष भइसकेको छ । अस्पतालले टेण्डर आब्हान गरेर त्यहा फार्मेसी संचालन गर्ने अनुमति दिएको हो । भूकम्पले भवन भत्किएर औषधिको भण्डार कक्ष भनिए पनि आरफको संचालक नारायण प्रसाद ढुंगानासँग मासिक आठलाख रकम लिएर फार्मेसी संचालन गर्न दिएको छ ।
अस्पताललाई मासिक आठ लाख रकम बुझाउने फार्मेसी संचालक ढुंगानाको ध्यान औषधिको व्यपारमा मात्रै छ । अव्यवस्थित रुपमा रहेको औषधिलाई उचित भण्डारण गर्ने उनको सोच नै छैन ।
खुल्ला ठाउँमा औषधि र स्लाइन राख्दा विग्रदैन ? किन व्यवस्थित तरिकाले भण्डार नगर्नुभएको ? भन्ने लोकान्तरको प्रश्नमा संचालक ढुंगानाले भने, ‘चर्को घाम लाग्दा र पानी पर्दा त्रिपालले छोप्छौं । दिनमा ३०, ३५ काटुन स्लाइन व्यपार हुन्छ । धेरै समय राख्नु पर्दैन त्यसैले विग्रदैन । भारतको बैंगलुरदेखि आउँने स्लाइन र औषधिहरु विग्रने भए त बाटोमा पनि विग्रिन्थ्यो होला नि !’
औषधिको व्यवस्थित भण्डार गर्ने ठाउँ नै नभएको भवनमा अस्पतालले टेन्टरबाट आफुहरुलाई संचालन गर्न दिएको भन्दै फार्मेसी सञ्चालकले अस्पाताले जस्तो ठाउँ दियो त्यस्तैमा औषधि व्यापर गर्दै आएको बताउछन् ।
घाम, पानी र ओसिलोबाट जोगाउन पर्ने औषधि र स्लाइन खुल्ला ठाउँमा राखेर विक्री हुँदा पनि सरोकारवाला निकाय भने आँखा चिम्लिएर बसेको छ ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...