×

NMB BANK
NIC ASIA

विदेशीको निसानामा नेपाली बालक, १ वर्षमा पाँचजना यौनदुराचारी पक्राउ

चैत ३०, २०७४

NTC
Premier Steels

काठमाडौं, ३० चैत–विदेशी नागरिकसँग भेट हुनसाथ नजिक हुँदै उनीहरुको संगत गर्न खोज्ने नेपालीको संख्या कम छैन । तर, केही विदेशी त्यस्ता छन् जो समाजसेवारुपी भेषमा आएर अपराध कर्ममा लागेका छन् । पछिल्लो १ वर्षमा मात्र नेपाल प्रहरीले बाल यौनदुराचारको आरोपमा ५ जना विभिन्न देशका नागरिकलाई पक्राउ गरेको छ । 

Muktinath Bank

प्रहरी अनुसन्धानबाट उनीहरु भ्रमण, समाजसेवा लगाएतको बहाना बनाएर नेपालमा बाल यौनदुराचारका लागि आउने गरेको खुलेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो १ वर्षमा घटेका घटना


Advertisment
Nabil box
Kumari

घटना नम्बर–१ 

Vianet communication

२०७४ चैत २४ गते शनिवार, बाल यौनदुराचारको आरोपमा काभ्रेको मण्डदेउपुरबाट ६० वर्षीय क्यानेडियन नागरिक पिटर जोन डाल्गिल्स पक्राउ परे ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीका प्रमुख डिआइजी पुस्कर कार्कीका अनुसार, ६० वर्षीय क्यानेडियन नागरिक पिटर जोन डाल्गिल्सले नेपाली बालबालिकालाई प्रलोभनमा पारी यौनदुराचार गर्दै आएका थिए । प्रहरीले विषेश सूचनाको आधारमा छापा मारी १२ र १४ वर्ष उमेरका २ नेपाली पीडित बालकलाई समेत उध्दार गरेको थियो । 

को हुन् पिटर जोन डाल्गिल्स ?

गैर नाफामूलक संस्था स्ट्रिट किड्स इन्टरनेशनलका संस्थापक रहेका पिटर सन् २००२ मा राष्ट्रसंघको बाल श्रमविरुद्धको कार्यक्रमका प्रमुख सल्लाहकार थिए । त्यसपछि २०१० देखि २०१४ सम्म यूएन हाबिटाटको अफगानिस्तान प्रतिनिधि रहेका यीनले अहिले हिमालयन कम्युनिटी फाउण्डेसन चलाएका छन् । यीनले द्वन्द्व पीडित, बाल मजदूर तथा सडक बालबालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै ३ वटा मानार्थ विद्यावारिधिसमेत प्राप्त गरेका छन् । यौनदुराचार अभियोगमा नेपामा पक्राउ परेका उनी हाइ प्रोफाइलका विदेशी नागरिक हुन् । 

घटना नम्बर २ 

२०७४ पुस २९ गते, भोटेवहालस्थित एक घरमा छापा मारि प्रहरीले जर्मनी नागरिक ६३ वर्षीय हान्स जुर्गेन गुस्ताभ दाहम पक्राउ गरेको थियो । उनी २ जना नेपाली बालकलाई आफ्नो कोठामा लगेर यौनदुराचार गरिरहेको अवस्थामा पक्राउ परेका थिए । प्रहरीले दुईजना नाबालकलाई उद्धार गरेको थियो ।

घटना नम्बर ३

२०७४ कार्तिक २३ गते, कोटेश्वरको एक होटलमा नेदरल्याण्डका नागरिक ७५ वर्षीया हेन्रीकुस एड्रिनस जोसेपस क्रियुजेसेन एकजना बालकसँग अप्राकृतिक मैथुन गरिरहेको अवस्थामा पक्राउ परे । प्रलोभनमा परि दुराचार सहँदै आएका बालकलाई प्रहरीले उद्धार गरेको थियो । 

घटना नम्बर ४

२०७४ भदौ २१ गते, सिआइबीले काठमाडौंको ठमेलको एक होटलबाट एकजना नेपाली बालकलाई उद्धार गर्‍यो । उनलाई नेपाल भ्रमणमा आएका अष्ट्रेलियन नागरिक ४५ वर्षीय केन्डलर मार्कुसले ललाइफकाई तथा विभिन्न प्रलोभन देखाएर यौनदुराचार गरिरहेको सीआइबीको अनुसन्धानबाट खुलेको थियो । प्रहरीको अनुसन्धानमा मार्कुस सन् २०१४ देखि २०१७ सम्म चारपटक नेपाल आइसकेको र उनी यौन दुराचारजन्य गतिविधिमा संलग्न हुन पटक पटक नेपाल आउने गरेको समेत खुलेको छ ।

घटना नम्बर ५
 

२०७४ असार १५ गते, ठमेलको ज्याठास्थित एक होटलबाट एक बालकलाई उद्धार ग¥यो र जर्मन नागरिक अल्बर्ट फ्रेड क्लिनिकलाई प्रहरीले पक्राउ गर्‍यो । ६३ वर्षीया फ्रेड क्लिनिकले नेपाली बालकलाई ललाईफकाई यौनदुराचार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

यस बाहेक १४ जना नेपाली बालबालिकलाई यौनदुराचार गरेर फरार भएका फ्रान्सका मिस्टर ग्रेर्ड फिलिप गतबर्ष फ्रान्समै पक्राउ परेका थिए । उनी फ्रान्समा पनि कुख्यात बाल यौनदुराचारीका रुपमा चिनिएका थिए । उनी पटक पटक नेपाल आएर बाल यौनदुराचारमा संलग्न रहेको सिआइवीको रेडर्कमा उल्लेख छ । २०७१ मा यौनदुराचारीका रूपमा इन्टरपोलको सूचीमा समेत रहेका क्यानेडियन नागरिक अर्नेस्ट फेनविक म्याकइन्टोस पुल्चोकबाट दुई बालबालिकालाई यौनदुराचार गरेको आरोपमा पक्राउ परेका थिए । 

यौन दुराचारीको नजर गरिव देशमा 

‘ग्लोबल स्टडी अन सेक्सुअल एक्सप्लोइटेसन अफ चिल्ड्रेन इन ट्राभल एण्ड टुरिजम’ नामक एक अध्ययन प्रतिवेदन अनुसार, विश्वका जुनसुकै देशका यौनदुराचारीको निशानामा नेपालका बालबालिका रहेको देखिन्छ । 

उक्त प्रतिवेदनले अन्य एशियन देशका बालबालिकासमेत असुरक्षित रहेको उल्लेख गरेको छ । नेपाल, कम्बोडिया, हाइटी, होण्डुरस, केन्यासहितका मुलुकमा बालबालिका यौनदुराचारीको निशानामा रहेको प्रतिवेदनमा उल्लेख छ । 

निशानामा गरिव बालबालिका

प्रहरीका अनुसार विदेशी बाल यौनदुराचारीको कब्जाबाट उद्धार गरिएका र सामान्य आर्थिक अवस्थाको परिवारका सामान्य परिवारका बालबालिका रहने गरेका छन् । 

अझ दुर्गम गाउँका, सडक बालबालिका र होटलका काम गरिरहेका बालबालिकाहरु दुराचारीहरुको नजरमा पर्छन् । 

प्रहरी अनुसन्धानबाट अधिकांश बालबालिकालाई दुराचारीले प्रलोभन देखाएर फसाउने गरेको देखिएको छ । गत २४ गते मात्र काभ्रे मण्डन देउपुरमा पक्राउ परेका क्यानेडियन नागरिकले यौनदुराचार गरेका दुई बालक सामान्य गरिब परिवारको भएको सिआइबीका प्रमुख डिआइजी पुस्कर कार्की बताउ“छन् । उनका अनुसार, सडक बालबालिकाका साथै अनाथ र सामान्य मजदुरका सन्तानहरु विदेशी बाल यौनदुराचारीको निशानामा पर्ने गरेका छन् । 

यौनदुराचारीको शिकार ‘बालक’

डीआईजी पुस्कर कार्कीका अनुसार, अहिलेसम्म नेपालमा पक्राउ पक्राउ परेका बाल यौनदुराचारीहरु पुरुष भएको र उनीहरुबाट उद्धार गरिएका बच्चाहरु पनि पुरुष लिङ्गकै छन् । पक्राउ परेका दुराचारीहरुले बालबालिकाबाट लिङ्ग स्पर्स, मुख मैथुन, शरीर तथा आफ्ना यौन अंगहरु स्पर्स गराउने जस्ता कार्यहरु गराउने गरेका खुलेको छ । दुराचारीले पीडित बालबालिकालाई आफैस“ग सुताएर यस्तो कार्य गराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अहिलेसम्मका उदाहारण हेर्दा नेपालमा बाल यौनदुराचारीको अभियोगमा पक्राउ परेका सबैजसो दुराचारीहरुको चाहाना अप्राकृतिक मैथुन देखिएको छ । 

यस्तो छ कानूनी व्यवस्था 

मुलुकी ऐनको महल १४ जबर्जस्ती करणीको ९ (क) मा बाल यौनदुराचार अपराधमा अधिकतम १५ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफिकको क्षतिपूर्ति हुनसक्ने कानूनी व्यवस्था छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x