चैत १५, २०८०
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
काठमाडौं, ९ वैशाख– सर्वोच्च अदालतले २०६८ सालमा नै पिरामिड शैलीको व्यापार अर्थात नेटवर्क व्यवसायमाथि प्रतिबन्ध लगाइसकेको छ । तर त्यसयता पनि पटक–पटक नेटवर्किङ व्यवसायका नाममा ठगी गर्ने गिरोह प्रहरी फन्दामा परेका छन् ।
प्रहरीले श्रृंखलाबद्ध उजागर गरेको घटना हेर्दा नेपालमा अझै पनि नेटवर्किङ धन्दा चलिरहेको पुष्टि हुन्छ ।
वैशाख ५ गते बुधवार मात्रै पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेटवर्किङ व्यवसायका नाममा ठगी गर्ने आईबोस ग्लोबल मार्केटिङ कम्पनीको पर्दाफास गर्यो । शुरुमा सीआईबीले पिरामिड शैलीमा नेटवर्किङ व्यवसाय गरिरहेको आरोपमा काठमाडौंको चुच्चेपाटीमा रहेको कम्पनीबाट सञ्चालकसहित ६६ जनालाई पक्रिएको थियो । सीआईबीका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार त्यसमध्ये ५९ जना भने सामान्य सदस्यमात्र रहेका देखिएपछि छाडिएको छ । बाँकी सात जनालाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ठगीमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेमा कम्पनी सञ्चालक काभ्रे पाँचखालका राजकुमार दंगाल, दोलखा लामिडाँडाँका नारायण सिवाकोटी, रामेछाप बखालीका भक्तबहादुर नेपाली, रामेछापकै रविन नेपाली, सोलुखुम्बुका प्रदिप राई, रामेछापकी तिर्सना सुनुवार र सामेछापकै पुर्णबहादुर श्रेष्ठ छन् । सीआईबी प्रमुख डीआईजी पुस्कर कार्कीका अनुसार, उनीहरूले आईबोस ग्लोबल मार्केटिङको सदस्य बनाएर ७ हजार ८ सय २४ जनालाई ठगी गरेको भेटिएको छ ।
यद्यपि यो अहिले सम्मको तथ्याङ्क मात्र हो, यसभन्दा पनी ठगिनेको संख्या बढ्न सक्ने भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका यिनीहरूले विगत ढेड वर्षदेखि ठगी गर्दै आएका थिए । आईबोस त एउटा पछिल्लो उदाहारण मात्र हो । यसअघि यस्तै प्रकारका नेटवर्कका नाममा ठगी गर्ने थुपै्र गिरोहहरूको मुखुण्डो उदाङ्गी सकेको छ ।
यस्तो छ नेटवर्किङ ठगीको १५ वर्षे श्रृंखला
श्रृंखला १ – गोल्डक्वेस्ट
झण्डै १५ वर्षअगाडि ३५ हजार तिरेर सदस्य बनेबापत सुनको सिक्का पाउने र त्यसबापत धेरै नाफा हुने प्रलोभनमा नेपालमा गोल्डक्वेस्ट नामको ठगी धन्दा शुरु भएको थियो । यसको मुख्य कार्यालय हङकङमा नै थियो । भारतीय नागरिकको प्रत्यक्ष संलग्नतामा नेपालमा १० हजारभन्दा बढी ठगिएको खुलेपछि सन् २००३ मा यसमा प्रतिबन्ध लाग्यो । यसमा संलग्न मुख्य नाइके भने पक्राउ नै परेनन् ।
श्रृंखला २ – युनिटी लाइफ
वि.सं. २०६० सालमा युनिटी लाइफ इस्योरेन्सको नाममा उही शैलीको ठगी धन्दा शुरु भयो । युनिटीले बिमा, स्वास्थ्य लगायतका प्रलोभनमा पारेर ३ लाख ५० हजार सदस्यबाट पाँच अर्बभन्दा बढी रकम उठाएर ठगी गरेको खुल्यो । साथै २०६७ मा युनिटीका सञ्चालक काशी गुरुङ, विष्णु क्षेत्री, कृष्ण क्षेत्रीलगायत कारबाहीमा परे ।
श्रृंखला ३ – हर्बो इन्टरनेसनल
हर्बो इन्टरनेसनल नेटवर्कले पनि हर्बल सामग्री व्यापारको आवरणमा ठगी गरेको खुल्यो । प्रहरी छापापछि हर्बो इन्टरनेसनलसमेत बन्द नै भयो । लगत्तै सर्वोच्च अदालतले २०६८ मा पिरामिड शैलीको व्यापारमाथि प्रतिबन्ध लगायो ।
श्रृंखला ४ – क्यूनेट
२०७४ असारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, सीआईबीले क्यूनेट नामक नेटवर्किङ व्यवसाय बाट करोडौं रकम ठगी भएको भन्दै यसका संलग्न १ सय २ जना पक्रिएको थियो । त्यसमध्ये १४ जनालाई त प्रहरीले मुद्दा नै चलायो । त्यसमा चिकित्सक, इन्जिनियर र चार्टर्ड एकाउन्टेन्ट व्यवसायमा सक्रियको संलग्नता भेटिएको थियो ।
श्रृंखला ४ – आइबोस ग्लोबल मार्केटिङ
गत बुधबार प्रहरीले उजागर गरेको आईबोस नेटवर्किङ व्यवसायबाट पनि करोडौं रकम ठगी भएको खुलेको थियो । आईबोसको सदस्य बन्नका लागि शुरुमा १५ हजार ९ सयदेखि ८० हजारसम्मको सामान किन्नुपथ्र्यो ।
सीआईबीका प्रवक्ता श्रेष्ठका अनुसार, पैसा तिरेवापत सदस्यले सामान त पाउँथे तर, मूल्यभन्दा आधा बराबरको मात्रै । त्यसपछि उनीहरूलाई थप सदस्य बनाएर कमिसन आउने लोभ देखाइँदै आएको थियो । यी त केही ठूला नेटवर्किङ गिरोह मात्र हुन् । यो बीचमा बीडब्लूबीएललगायत थुप्रै साना नेटवर्किङ ठगी गर्नेहरू पलायन भइसकेका थिए ।
सीआईबीका डीआईजी कार्कीका अनुसार, यस्ता गिरोहले एकाएक ठूलो आम्दानी गर्न सकिने भनेर सर्वसाधारणलाई भ्रममा पारेर ठगी रहेका छन् । यस्ता गिरोहको फन्दामा पर्नेमा सामन्य परिवारका व्यक्तिदेखि उच्च घरानियाहरू समेत रहेका छन् । अझ यस्ता गिरोहको अन्तर्राष्ट्रिय कनेक्सन समेत देखिएको छ । हङकङ, बैंकक, मलेसिया, इन्डिया लगायतमा समेत नेटवर्क ठगीको जालो फैलिएको अनुसन्धानबाट देखिएको छ ।
यसरी हुन्छ नेटवर्कबाट ठगी
शुरुमा यस्तो व्यवसायमा तोकिएको पैसा तिरेर सदस्य बन्छन् । ती सदस्यले पनि पुन: नयाँ सदस्य बनाउनुपर्ने हुन्छ । अनि त्यसबापत पुरानोलाई सिमित कमिसन आँउछ । तर यसका लागि सदस्य संख्या मिलाउनुपर्ने हुन्छ ।
प्रहरीका अनुसार यसरी सदस्य बनाउँदै जाँदा माथिल्लो लेयरका कर्मचारीले तल्लो लेयरकालाई ठग्दै जान्छन् । यसबाट सिमित व्यक्ति मालामाल हुन्छन्, धेरैजसो ठगिन्छन् ।
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...