×

NMB BANK
NIC ASIA

विराटनगरमा एकैरात डाक्टरको घरदेखि क्याम्पससम्म चोरी

बैशाख १२, २०७५

NTC
Premier Steels

विराटनगर १२ बैशाख –विराटनगरमा पछिल्ला दिनहरुमा चोरीका घटमा बृद्धि हुँदै जान थालेको छ । दिन प्रतिदिन चोरीका घटना बढ्न थालेपछि प्रहरीमाथि चुनौति नै थपिएको छ । 

Muktinath Bank

गएराती मात्र विराटनगरका दुई छुट्टाछुट्टै स्थानमा चोरी भएको छ ।  विराटनगर १० तिनटोलीया स्थित जेनिथ कलेज नजिकै एक डाक्टरको घरमा र  महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगरमा चोरी भएको हो  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महेन्द्र मोरङ क्याम्पस विराटनगरको विविए संकायको प्रशासन शाखामा बिहान ४ बजेतिर चोरी भएको हो । 


Advertisment
Nabil box
Kumari

विविए संकायका निर्देशक एवम् प्राध्यापक नरेन्द्र दाहालका अनुसार क्याम्पस प्रशासनको गेटमा लगाइएको ६ वटा ताल्चा फुटाएर चोरी भएको छ ।  चोरहरुले एउटा ल्यापटप र क्यामारा चोरी गरेका छन् । क्याम्पस प्रशासनमा राखिएको सीसी क्यामरा समेत जडान गरिएको छ तर उक्त सिसी क्यामेराको तार समेत काटेर क्याम्पस प्रशासनले जनाएको छ । 
 
विराटगरको गोल्डेन हस्पिटलमा कार्यरत डा संजिव कुमार ठाकुरको घरमा पनि चोरी भएको छ । घरमा कोही नभएको मौका पारी रातको समयमा चोरहरुले घरको पर्खाल नाघेर घरमा चोरी गरेको प्रहरीको भनाई छ । 
 

Vianet communication

चोरहरुले घरमा रहेको ग्रिल र ढोकामा लगाएको ताल्चा तोडी चोरी गरेका थिए ।  डाक्टर सुत्ने कोठामा रहेको स्टिल दराजको ताला तोडेर सुनका गरगहना चोरी भएको बताइएको छ ।  चोरहरुले सुनको ३ वटा ब्रास्लेट एक थान सुनको सिक्री चोरी भएको डाक्टर ठाकुरले जानकारी दिए ।  आफूहरु  काम विशेषले विराटनगर बाहिर गएको मौकामा चोरी भएको उनले बताए । 
 
जिल्ला  प्रहरी कार्यालय मोरङले दुबै घटनामाथि  अनुसन्धान सुरु गरेको जनाएको छ ।  दुवै घटनाको बारेमा प्रहरीले चोरी गर्नेहरुको हुलिया पत्ता लगाइएको र गोप्य रुपमा अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी सुरेन्द्र सिटौलाले जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x