×

NMB BANK
NIC ASIA

३३ किलो सुन प्रकरण : प्रहरी अधिकारीलाई ‘भगाएरै’ अदालत पुर्‍याइयो

बैशाख १३, २०७५

NTC
Premier Steels

विराटनगर, १३ वैशाख– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै तस्करी गरेर भित्रिएको ३३ किलो सुन प्रकरणमा जोडिएका प्रहरी अधिकारीलाई आज (बिहीवार) जिल्ला अदालत मोरङमा उपस्थित गराउने चर्चा थियो । 

Muktinath Bank

बहालवाला एसपीदेखि डिएसपी र सईसम्मका प्रहरी अधिकारी सुन तस्करीको प्रकरणमा अदालतमा उपस्थित हुन लागेको विषयमा सञ्चारकर्मीको चासो हुने नै भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मध्याह्नको १२ बजे अगाडि नै अदालत पुगेका सञ्चारकर्मीहरु ३३ किलाे सुन प्रकरणमा म्याद थप गर्न अदालतमा उपस्थित गराउन लागिएका प्रहरी अधिकारीको बाटो कुरेर बसेका थिए, तस्बिर खिच्न । 


Advertisment
Nabil box
Kumari

दिउँसोको साढे १ बजेको थियो, उच्च सरकारी वकिलको कार्यालय अगाडि एक गाडी आएर रोकियो । गाडीबाट ओर्लिएकाहरु सिधै अदालततर्फ हान्निए, ‘चोर बाटो’बाट । पत्रकारहरुले पत्तो नै पाएनन् उनीहरु नै ३३ किलो सुन प्रकरणमा जोडिएका प्रहरी अधिकारीहरु हुन भन्ने । 

Vianet communication

एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेल अदालतको पछाडिको बाटोबाट न्यायाधीशको कक्षमा पुगे । त्यहाँबाट पनि उनीहरु लुकाएरै उच्च सरकारी वकिल कार्यालयको च्याम्बरमा पुर्याइयो । 

त्यसपछि लुकेरै दायरी फाँटमा पुगे । दायरी फाँटबाट काम सकेर बाहिर निस्किने क्रममा पनि कम्ता जात्रा देखिएन । डिएसपी राउत त भागेरै गाडीसम्म पुगे । 

क्याप टोपी लगाएर अदालत पुगेका एसपी खनालको अनुहार मलिन देखिन्थ्यो । उनी टाउको निहुराएर हिँडिरहेका थिए । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख रहेका एसपी खनाललाई ३३ किलो सुन प्रकरणको छानवीन गरिरहेको गृह मन्त्रालयको समितिले बयान लिएपछि हिरासतमा राखि अनुसन्धान गर्न मोरङ पठाएको हो । यस्तै मंगलवार बयान दिन गृहमन्त्रालय पुगेर बेपत्ता भएका डिएसपी राउत पनि बुधवार राति नै गृह मन्त्रालयको समितिको सम्पर्कमा आइ बिहीवार बिहान बयान लिएर विराटनगर पुर्याइएका थिए । 

बिहीवार ३ जना प्रहरी अधिकारीको म्याद थप भएसँगै ३३ किलो सुन प्रकरण र त्योसँगै जोडिएको सनम शाक्य हत्याकाण्डमा पक्राउ परि हिसासतमा रहेका अभियुक्तको संख्या २७ पुगेको छ । 

३३ किलो सुनकाण्डमा संलग्नताको आशंकामा नेपाल प्रहरीका पूर्वडीआइजी गोविन्द निरौलालाई २ दिन अघि नै म्याद थप गरी  हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।  

उच्च श्रोतका अनुसार प्रहरी हिरासतमा ल्याइएका बाहेकका २ जना अभियुक्तहरु वीरगंज र २ जना पुर्बी काँकडभिट्टा नाकाबाट फरार भएका छन् ।  

३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहे पनि घटनाका मुख्य योजनाकार ‘गोरे’ भनिने चुडामणि उप्रेती भने अझै फरार छन् । गोरेका केही आफन्त पनि प्रहरीको खोजी सूचिमा छन् । प्रहरीले नियन्त्रणमा लिएका २७ जनाविरुद्ध जिल्ला अदालत मोरङमा ‘संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान’ मुद्धामा म्याद थप गरि अनुसन्धान भइरहेको छ । 

गत फागुन १९ गते सनम शाक्यको शव विराटनगर–३ मा लुकाएर भारत तर्फ लैजाँदै गरेको अबस्थामा  राखिएको स्करपीयो भित्र फेला परेको थियो । मोरङको उर्लाबारी घर भएका शाक्यको हत्या भएपछि ३३ किलो सुन प्रकरण बाहिर आएको हो । शाक्यकै आफन्तले प्रधानमन्त्रीसमक्ष उजुरी दिएपछि फागुन पहिलो सातादेखि गृह मन्त्रालयको समितिले छानवीन थालेको हो । समितिले अहिले ३८ जना विरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । 

को–को छन् हिरासतमा ?

३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा अहिले हिरासतमा रहेकामध्ये बालकृष्ण श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, लालबहादुर मगर, पुण्यप्रसाद लामा, कपिलराम गिरी, गोपाल कुमार श्रेष्ठ, भुुजुङ गुरुङ, हेमन्त गौतम, सम्बीर प्रसाद तोलाङ्गी, राजु महर्जन, टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, नरेन्द्र कार्र्कीे, लाक्पा शेर्पा, महाविर प्रसाद गोल्याङ चाचाजी, राजन थापा, राजेन्द्र कुमार शाक्य, गोविन्द निरौला, अमरमान डंगोल, तुलाराम थारु, राजन कुमार, माधव घिमिरे भनिने मदन प्रसाद घिमिरेलाई ११ गते म्याद थप गरिएको हो । बाँकी ४ मध्ये सञ्जीव शाक्यको बुधवार म्याद थपिएको हो । अन्य तीनजनाको भने आज (बिहीवार) म्याद थप गरिएको छ । 

म्याद थप गरी हिरासतमा रहेका व्यक्तिमाथि वैशाख १९ गतेसम्म अनुसन्धान गरी अदालतमा मुद्दा पेश गर्ने कार्यसूची रहेको मोरङ प्रहरीले जनाएको छ । 

प्रहरीलाई भ्याइ–नभ्याइ

जिल्ला प्रहरी कार्यालय मोरङले सनम हत्या तथा ३३ किलो सुनको सन्दर्भमा पक्राउ गरेका २७ जनाको अनुसन्धान गर्न सबै जनशक्ति परिचालन गरेको छ । त्यस्तै फरार रहेका अन्य व्यक्तिको खोजीमा पनि प्रहरी परिचालित भएपछि अहिले मुद्दाशाखामा  अनुसन्धान अधिकृत भेट्न मुश्कील पर्छ । 

अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले माताहतका कार्यालयहरुबाट ५ जना बढीलाई त्यही घटनामा अनुसन्धानको लागि झिकाईएको छ भने मुद्दा शाखामा रहेका ७ जना अनुसन्धान अधिकृत पनि सोही घटनाको अनुसन्धानमा ब्यस्त छन् । मोरङ प्रहरीको मुद्दा शाखामा काम गर्ने अधिकृतको संख्या कम भएपछि काठमाडौंलगायत बाहिरबाट पनि अधिकृतहरु झिकाइएको छ । 

एयरलाइन्सका कर्मचारी पनि हिरासतमा

प्रहरीले हराएको ३३ सुन प्रकरणमा अनुसनधान गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने नेपाल एयरलाइन्स, दुबई एयरवेज (फ्लाई दुबई) र थाई एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरी अनुुसन्धान अघि बढाएको छ ।  सुन ल्याउने काममा एयरलाइन्सका कर्मचारीको संलग्नता रहेको आशंकामा उनीहरुलाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको हो ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x