×

NMB BANK
NIC ASIA

इंग्ल्याण्डविरुद्ध हजार्डको त्यो गोल, जसले हजारौं बेल्जियनलाई दियो टिभी उपहार !

असार ३१, २०७५

NTC
Premier Steels

काठमाडौं –उपाधिको प्रबल दाबेदर मानिएको बेल्जियमको विश्वकप यात्रा तेस्रो हुँदै सकियो । तेस्रो स्थानका लागि शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्‍यो ।

Muktinath Bank

इंग्ल्याण्डले गोल गर्न नसकेको यही स्थितिमा खेलको चौथो मिनेटमा थोमस मेउनिरले गरेको गोल नै निर्णायक हुने थियो । तर ८२औं मिनेटमा इडेन हजार्डले गोल थपे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो गोल बेल्जियमको जीतमा जति महत्त्वपूर्ण थियो त्यो भन्दा महत्त्वपूर्ण विश्वकप हेर्न हालसालै टेलिभिजन खरिद गरेका बेल्जियनहरूका लागि थियो ।


Advertisment
Nabil box
Kumari

बेल्जियमस्थित टेलिभिजन निर्माता कम्पनी क्रिफेलले बेल्जियमको टोलीले विश्वकपमा १५ भन्दा बढी गोल गरेमा विश्वकपका लागि टिभी खरिद गर्ने दर्शकहरूलाई उनीहरूले तिरेको पैसा फिर्ता गर्ने घोषणा गरेको थियो ।

Vianet communication

इंग्ल्याण्डविरुद्ध हजार्डले गरेको गोल रुस विश्वकपमा बेल्जियमको सोह्रौं गोल हो ।

यससँगै क्रिफेलले विश्वकपको अफरमा टेलिभिजन खरिद गर्ने हजारौं दर्शकलाई पैसा फिर्ता गर्ने घोषणा गरेको छ ।

'हाम्रा हिरोहरूले विश्वकपमा १५ भन्दा बढी गोल गरेका छन् । अब हामी टिभी खरिद गर्ने हजारौं ग्राहकलाई पैसा फिर्ता गर्दैछौं,' क्रिफेलले आफ्नो ट्वीटर ह्याण्डिलमा लेखेको छ ।

टिभी कम्पनीको यस्तो अफरबारे बेल्जियन खेलाडीहरू पनि जानकार थिए ।

विश्वकपको राउण्डअफ सिक्स्टिनमा जापानसँग खेल्नुअघि बेल्जियन खेलाडी ड्राइस मेर्टेन्सले भनेका थिए - 'मेरा साथीले पनि नयाँ टेलिभिजन किनेका छन्, त्यसैले मैले यसबारे सोचेको छु । विश्वकपमा १६ भन्दा बढी गोल गरेर हाम्रा साथी र शुभचिन्तकहरूलाई टिभी उपहार दिन चाहन्छौं ।'

यस अवधिमा कतिजनाले टिभी खरिद गरे भन्ने कुराको यकित तथ्याङ्क क्रिफेलले सार्वजिनक गरेको छैन । मात्र उसले हजरौं ग्राहकले पैसा फिर्ता पाउने लेखेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x