×

NMB BANK
NIC ASIA

विश्वकप फाइनलका सम्झनलायक घटना

असार ३२, २०७५

NTC
Premier Steels

काठमाडौं– रुसको मस्कोमा आइतबार राति भएको फ्रान्स र क्राेएसियाबीचको खेलपछि फ्रान्स फेरि विश्व विजेता बनेर उदाएको छ । साथै फाइनल खेलमा सम्झनलायक घटना पनि भएका छन् । 
विवादित निर्णय, खेल हुँदैगर्दा मैदानमा मानिस छिरेर अवरोध, पहिलो आत्मघाती गोल, हाँस्यास्पद गोलकिपिङ्ग जस्ता घटना भए । 

Muktinath Bank

पहिलो आत्मघाती गोल


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


यो विश्वकपमा कुल १२ पटक आत्मघाती गोल भए । तर फाइनलमा आत्मघाती गोल भएको यो नै पहिलो पटक हो । क्रोएसियाका मारियो मान्जुकीले १८ औँ मिनेटमा नै आत्मघाती गोल गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

फ्रान्सका ग्रिजम्यानले प्रहार गरेको फ्रि–किक बल मान्जुकीले हेड गरेर क्लियर गर्न चाहन्थे, तर आफ्नै पोस्टमा गोल भयो र फ्रान्सले १–० को अग्रता लियो ।

Vianet communication

धेरै गोल 


प्रायः विश्वकपको फाइनलमा धेरै गोल भएको पाइँदैन र गोलका लागि खेलको अन्तिम समयसम्मै पर्खनु परेका इतिहास छन् । तर यो विश्वकपमा शुरुदेखि नै गोल भयो । फ्रान्सको चार र क्रोएसियाको दुई गरी यो फाइनलमा ६ गोल भयो । यो विश्वकपमा ६४ खेलमा १६९ गोल भयो ।

मैदानमा दौडिए दर्शक


फाइनल खेलमा चलिरहँदा मैदानमा केही मानिस छिरे । रुसको पंक रक ग्रुप  पुरी रिओटले त्यसको जिम्मेवारी लिएको छ । आफूहरुले मैदानमा छिरेर रुसमा भइरहेका धेरै राजनीतिक मुद्दामा विरोध जनाएको उनीहरुको भनाई छ ।

सुरक्षा स्टाफले उनीहरुलाई तत्काल मैदानबाट निकालेका थिए । मैदानमा छिरेका केही दुई टिमका खेलाडीसँग ठोक्किएका थिए ।

हाँस्यास्पद गोल


४–१ ले पछि परेको अवस्थामा फ्रान्सका गोलरक्षकले अपत्यारिलो र विचित्र खालको कमजोरी गरे, जसले क्रोएसियालई लाइफ लाइन दियो । सामुएल उमटिटीले कप्तान पनि रहेका गोलरक्षक लोरिसलाई बल पास दिए ।

लोरिस नजिकै रहेका मान्जुकीलाई छक्याउन बलसँग क्याजुअल्ली खेलिरहे । लोरिसले बल हाने तर त्यो यस्तो थियो कि अघि रहेका मान्जुकीको गोडामा पुग्यो र त्यसलाई मान्जुकीले गोलमा परिणत गरे । यो निकै कमेडी गोल थियो ।

भिएआरको प्रयोग 


भिडियो एसिस्टेन्ट रेफ्री, भिएआर प्रयोग गरिएको यो पहिलो विश्वकप फुटबल हो । समूह चरणका प्राय सबै खेलमा भिएआर प्रयोग भयो । त्यसपछि नकआउट चरणका अधिकांश खेलमा पनि यसले प्राथमिकता पायो ।
फ्रान्सले पेनाल्टी पायो ।

सामुएल उमटिटीले इभान पेरिसिकको हात तर्फ कर्नर फिल्क्डि गरे, सुरुमा रेफ्रीले पेनाल्टी दिएनन्, तर भिडियो एसिस्टेन्ट रेफ्रीसँगको लामो छलफलपछि रेफ्री स्क्रिनमा रि–प्ले हेर्न गए अनि फ्रान्सलाई पेनाल्टी दिए ।
एन्टोनी ग्रिजम्यानले गोल गरे ।

तर धेरै मानिस भिएआरप्रति आक्रोशित छन् । धेरै पटक हेरेपछि रेफ्री नेस्तोर पितानाले पेनाल्टी दिएका थिए । 

पेलेपछिका पहिलो किशोर गोलकर्ता


फ्रान्सका केलियन एमबाप्पे विश्वकपको फाइनल खेल्ने इतिहासको तेस्रो किशोर फुटबलर हुन् । उनी फाइनलमा खेलमा गोेल गर्ने दोस्रो किशोर खेलाडी बनेका छन् ।

उनी ब्राजिलका पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने पहिलो किशोर खेलाडी बनेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x