×

NMB BANK
NIC ASIA

यातायात व्यवसायी र सरकारबीच कुरा मिल्यो, असोज ५ गतेबाट दशैंका लागि टिकट बुकिङ

भदौ ३१, २०७५

NTC
Premier Steels

काठमाडौं – सरकारले नेपालीहरूको महान पर्व दशैंका लागि सार्वजनिक सावारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ । सरकार र यातायात व्यवसायीबीच पटक-पटक भएको छलफलपछि आगामी असोज ५ गतेदेखि टिकट बुकिङ खुला गर्ने सहमति भएको हो । 

Muktinath Bank

सरकारले रोक्का गरेर राखेको यातायात समितिको नाममा रहेका खाता तत्काल खोल्न सरकारले सहमति जनाएसँगै अग्रिम टिकट खोल्न व्यवसायीहरू सहमत भएका हुन् । खाता रोक्का हुँदा व्यवसायीहरूको ठूलो रकम खातामै अड्किएकाले समन्वय गरिदिने यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्ण उपाध्यायाले जनाकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भाडा बढाउनुपर्ने माग राखेका व्यवसायीहरू दशैंको मुखमा नराम्रो सन्देश जाने भनेपछि दशैंपछि मात्रै भाडा बढाउन सहमत भएका हुन् । विभागका सूचना अधिकारी उपाध्यायले भने, ‘व्यवसायीसँग बुकिङ खोल्ने विषयमा सहमति जुटेको छ । भाडा बढाउने अहिलेसम्म टुंगो छैन तर, दशैंको मुखमा नराम्रो सन्देश जानेपछि उनीहरू पछि कुरा गर्नेगरी अग्रिम बुकिङ खुलाउन सहमत भएका हुन् ।’


Advertisment
Nabil box
Kumari

यातायात विभागले भदौ २४ बाटै अग्रिम बुकिङ खुलाउने विषयमा विभागका अधिकारी र व्यवसायीबीच २ पटक वार्ता भए पनि सहमति हुन सकेको थिएन । आइतबार तेस्रोपटक बसेको बैठकले अग्रिम बुकिङको सहमति गरेको हो ।

Vianet communication

नेपाल यातायात राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने, ‘अहिले महान पर्व दशैंलाई मध्यनजर गदै बुकिङ खुला गरेका हौं । सरकारसँग बाँकी विषयमा छलफल भइरहेको छ ।’

सामान्य अवस्थामा राजधानी उपत्यकाबाट दैनिक १८ सयदेखि २ हजार सार्वजनिक सवारी बाहिरिन्छन् भने दशैं तिहारको समयमा ४ देखि ५ हजार सवारी साधन आवतजावत गर्छन् ।

यो वर्षको दशैंमा २० लाख यात्रु राजधानीबाट बाहिरिने अनुमान गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x