×

NMB BANK
NIC ASIA

तपाईमा यस्तो समस्या त छैन ? हर्टअट्याकको जोखिम यसरी पत्ता लगाउनुहोस्

असोज १३, २०७५

NTC
Premier Steels

हृदयाघातका धेरै कारणहरु हुन्छन् । ती मध्ये प्रमुख कारणहरुमा धुम्रपानको सेवन र उच्च कोलेस्ट्रोल सबभन्दा प्रमुख २ कारणहरु हुन् ।

Muktinath Bank

नेपाल लगायत संसारका ५० भन्दा बढी देशहरुमा गरिएको एउटा रोचक अध्ययन (INTERHEART) को अनुसार यी दुई कारणहरु सबभन्दा बढी खतरनाक भएको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 ५५ वर्ष भन्दा बढीका पुरुष र ६५ वर्ष भन्दा बढीका महिलालाई हृदयाघातको खतरा बढी हुन्छ । 


Advertisment
Nabil box
Kumari

त्यसैगरी पुरुषलाई हृदयाघातको खतरा महिलामा भन्दा बढी भएको पाइन्छ । त्यसमा पनि ५० वर्ष भन्दा मुनिका महिलामा हृदयाघात कम हुने गरेको पाइन्छ ।

Vianet communication

 वंशानुगत (Genetic) वा मानसिक तनावलाई पनि हिजोआज हृदयाघातको महत्वपूर्ण कारणको रुपमा मानिन थालिएको छ ।

धेरैजसो अवस्थामा हृदयाघातको निश्चित कारण भेटाउन सकिन्छ । तर कहिलेकाँही हृदयाघातको कारण पत्ता नलाग्न पनि सक्छ ।

 लगभग ९० प्रतिशत भन्दा बढी बिरामीमा हृदयाघातको कारण पत्तालगाउन सकिन्छ । धेरैजसो अवस्थामा १ भन्दा बढी कारणहरु संगै भएका पाइन्छन् । 

हृदयाघातका अनेक कारणहरु मध्ये चुरोटको सेवन, उच्च कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप नै प्रमुख हुन् ।

निम्नलिखित समस्या रहेकाहरुमा हृदयाघातको सम्भावना बढी भएको बुझिन्छ । कसैलाई एक भन्दा बढी कारणहरु (रिस्क फैक्टर्स) छन् भने, हृदयाघातको खतरा झन बढी हुन्छ । 

के तपाई धुम्रपान गर्नुहुन्छ ?
के तपाईलाई मधुमेह छ ?
के तपाईलाई उच्च रक्तचाप छ ?
के तपाईको रगतमा कोलेस्ट्रोलको स्तर बढी छ ?
के तपाईलाई मोटोपना छ वा कम्मर वरिपरि धेरै बोसो छ ?
के तपाईको आमाबुबा, दिदीबहिनी वा दाजुभाईलाई हृदयाघात भएको छ ?
के तपाई अत्यधिक मदिराको सेवन गर्नुहुन्छ ?
के तपाईलाई डिप्रेसन वा मानसिक तनाव छ ?

धुम्रपानः धुम्रपानले ह्दयघातको खतरा २ देखि ४ गुणा बढाउछ । जति धेरै धुम्रपान गर्नुहुन्छ, ह्दयाघातको खतरा त्यति नै धेरै हुन्छ । 

सानै उमेरदेखि धुम्रपान गरेमा खतरा झन् बढी हुन्छ । मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल भएका व्यक्तिले चुरोट / बिडीको सेवन गरेमा ह्दयाघातको खतरा अत्यन्तै धेरै हुन्छ ।

उच्च कोलेस्ट्रोलः  उच्च कोलेस्ट्रोलले ह्दयाघातको खतरा लगभग ३ गुणा बढाउछ । कोलेस्ट्रोलको मात्रा रगतमा जति धेरैहुन्छ, ह्दयाघातको खतरा पनि त्यति नै बढी हुन्छ । 

युवा अवस्थामा देखिने ह्दयाघातका दुई प्रमुख कारणहरु मध्ये एउटा उच्च कोलेस्ट्रोल र अर्को धुम्रपान नै हो ।

मधुमेहः मधुमेहले ह्दयाघातको खतरा २ देखि ३ गुणा बढाउछ । लामो समयदेखि मधुमेह भएको व्यक्तिलाई यसको खतरा झन् बढी हुन्छ । 

मधुमेह रोगीमा रक्तचाप र कोलेस्ट्रोलको राम्रो नियन्त्रण नभएमा ह्दयाघातको खतरा झन बढी हुन्छ ।

उच्च रक्तचापः रक्तचापको नियन्त्रण नगरेमा ह्दयाघातको खतरा २ गुणा बढी हुन्छ ।

मोटोपनाः मोटोपना वा कम्मर वरिपरि धेरै बोसो भएमा ह्दयाघातको खतरा बढी हुन्छ ।

परिवारमा कसैलाई ह्दयाघात भएकोः आमाबुबा, दिदीबहिनी वा दाजुभाई कसैलाई कम उमेरमा (पुरुषलाई ४५ वर्ष वा महिलालाई ५५ वर्षभित्र) ह्दयाघात भएको छ भने, अन्य सदस्यालाई पनि ह्दयाघात हुने खतरा बढी हुन्छ ।

अत्यधिक मदिराको सेवनः नियमित रुपमा अत्यधिक मदिराको सेवन गर्नु वा एक दिनमै धेरै मदिराको सेवन गर्नु (Binge Drinking)  ले पनि ह्दयाघात निम्त्याउन सक्छ ।

डिप्रेसन वा मानसिक तनावः परिवार, कार्यालय वा अर्थ ब्यवस्थासग सम्बन्धित तनावले पनि ह्दयाघात निम्त्याउन सक्छ ।

 डिप्रेसनले पनि ह्दयाघात खतरा बढाउछ । तपाईलार्ईं पनि डिप्रेसन वा अत्यधिक मानसिक तनाव छ कि छैन बिचार गर्नुहोस् ।

यदि तपाईलाई माथि उल्लेखित १ भन्दा बढी (Risk Factors) कारणहरु  छन् भने, ह्दयाघातको खतरा धेरै गुणा बढी हुन्छ । 

यदी तपाईं सँग यस्ता केही जोखिमहरु छन्न र तपाईंले त्यस्लाई राम्रो नियन्त्रणमा राख्नु भएको छ भन्ने हार्ट अटेक को जोखिम अत्यन्त न्यून हुन्छ। खानपिन , जीवन शैली र  वा औषधी जुन माध्यम ले भएपनी यि जोखिम हरुलाई राम्रो नियन्त्रण मा सधैं राख्नु हार्ट अटेक रोक्ने सर्वोत्तम उपाएे मानिन्छ  I   
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x